एजेन्सी । साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज भएको छ । हालै सार्वजनिक भएको ट्रेलरमा रविलाई एक्सनको साथमा कमेडी र रोमान्सका दृश्यमा देख्न सकिन्छ । यहि ११ फेब्रुअरीमा रिलिज हुने फिल्म ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित रहेको छ ।
यस फिल्ममा रविका साथमा मिनाक्षी चौधरी, डिम्पल ह्यातीका साथमा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । यस फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् । निर्माणपक्षका अनुसार फिल्म देशभर रिलिज गर्न लागिएको हो ।
