काठमाडौं :
नेपाली फिल्मका अभिनेता अभिनेत्रीले आफ्नो फिल्म रिलिजका समयमा अनेक फण्डा अपनाउने गरेका छन् । अझ नेपाली हिरोइन्हरु कि त प्रेममा परेका नाटक गर्छन कि त फिल्म हलमा पुगेर दर्शकसँगै रुन्छन् । यो बीचमा अभिनेत्री पुजा शर्मालाई रोएरै फिल्म चलाउछिन् भन्ने आरोप लाग्दै आएको छ । केहि समय अघि उनले आफ्नो फिल्म ‘समालिन्छ कहिले मन’को पत्रकार भेटघाट कार्यक्रममा आफु रोएर फिल्म नचलाउने उद्घोष गरेकी थिइन् ।
तर, यहि शैलीलाई फिल्म‘हिजो आजका कुरा’ की अभिनेत्री ऋचा शर्माले अपनाउन थालेकी छन् । कान्तिपुर टेलिभिजनको रियालिटी शो ‘कमेडी च्याम्पियन’की जज समेत बनिसकेकी शर्माले बुधबार काठमाडौंमा फिल्म‘ हिजो आजका कुरा’को प्रिमियर कार्यक्रममा धरधरी रोइन् । उनी रुनुको कारण पारिवारिक रहेको बताइएको छ । केहि समय अघि आफ्नी आमालाई गुमाएकी ऋचाले आमाका बारेमा केहि कुरा सोधेका थिएन । अरुलाई हँसाउदै आएकी ऋचा कार्यक्रम संचालकले निकालेपछि ऋचाले आफ्नो आँशु रोक्न सकिनन्। आमा सम्झेर रोएकी ऋचालाई आफु समालिन निकै कठिन परेको थियो । तर, कार्यक्रम सञ्चालक र उनकी साथी रिमाले सम्झाउने कोसिस गरेका थिए ।
उनी कार्यक्रममा नै रोएपछि पत्रकारले रोएर फिल्म चलाउने ट्रेन्डका बारेमा प्रश्न राखेका थिए । उनले आफु रुदा फिल्म चल्छ भने रुन तयार रहेको बताईन् ।
‘रोएर फिल्म ब्लकबस्टर हुन्छ भने धरधरी रोइदिन्छु,‘उनले भनिन्,‘ फिल्म राम्रो कन्टेन्टले नै चल्ने हो । म मेरो आफ्नो पारिवारिक कारणले रोएकी हुँ । फिल्म चलाउनलाई हैन।’
ऋचा शर्माले अभिनय गरेका केहि फिल्म बाहेक अन्य सफल हुन सकेका छैनन् । फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीका रुपमा समेत चिनिएकी अभिनेत्री शर्मालाई नेपाली फिल्म क्षेत्रमा बोल्ड पर्सनालिटिको रुपमा हेरिने गरिएको छ । उनी आफुलाई लागेका कुरा स्पष्ट भन्ने र पाएको चरित्रमा जीवन्त भर्ने अभिनेत्रीको रुपमा लिइदै आएको छ ।
साकार पन्तले निर्देशन गरेको यो फिल्म आगामी असोज २८ गतेबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ । बुधबार काठमाडौंमा ट्रेलर कार्यक्रम राखेर पत्रकारलाई फिल्मको बारेमा जानकारी गराइएको थियो । यस फिल्ममा ऋचा शर्माका साथमा सन्तोष पन्त,रमा थपलिया, रिमा विश्वकर्मा, दिव्यदेव, जेबिका कार्की लगायतको अभिनय रहेको छ । फिल्म पन्त फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।