काठमाण्डौं : गायक राजु सापकोटा र गायिका रजनी लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘ हितको माया ‘ सार्वजनिक भएको छ । रजनी लामाको प्रस्तुतीमा रहेको सो गीतमा आफ्नो मायालु भेटेपछी खुसीको सिमा नरहने रोमान्टिक कथा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा राजु सापकोटा र रिना थापा मगरको अभिनय रहेको छ भने गीतमा शब्द र संगीत पनि गायक सापकोटा कै रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश खड्काको छायांकन र लक्ष्मण चौहानको सम्पादन रहेको छ ।