सुचना, समाचार र मनोरन्जन

‘मोदिबेनी’मार्फत ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीको कमब्याक

काठमाडौँ :

फिल्म ‘मोदिबेनी’बाट अभिनेत्री रेजिना उप्रेतकी कमब्याक भएकी छन्। निर्माण टिमले बिहिबार रेजिना उप्रेती अनुबन्धित भएपछि फिका लागिको कलाकारको लाइनअप पुर्ण भएको हो ।

हाल कार्यशालामा रहेको यसै फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका थिए।

यता अभिनेत्री रेजिनाले पनि झण्डै ९ वर्षपछि कमब्याक गर्न लागेकी हुन्। उनले पछिल्लो फिल्म ‘वरदान’मा ’लिड रोल’मा अभिनय गरेकी थिइन् । दुई कार्यकाल कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यसबीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु चलचित्रमा अभिनय भने गरिरहेकी थिइन् ।

छायाङ्कनमा जाने तयारीमा रहेको यस फिल्ममा उप्रेतीले दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।फिल्ममा रेजिना र दिलीपका अलवा सरोज खनाल,कमलमणी नेपाल, जीवन भट्टराई,सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतका कलाकारको अभिनय रहनेछ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन्।

आनन्द बिक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । करिब पैँतिस–चालिस वर्ष अघि र हालको कथालाई मिश्रणमा यो फिल्म निर्माण हुन लागेको हो। निर्माण टिमका अनुसार यो फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्नेछ ।

उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन रहने यो फिल्ममा श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेज डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।

Leave A Reply

Your email address will not be published.