सुचना, समाचार र मनोरन्जन
Tiger Cup

संसद बन्ने सपना अधुरै रहेपछि रेखाले भनिन् : यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन

काठमाडौं : 

अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाको सांसद बन्ने सपना अधुरै रहेको छ । मोरङ क्षेत्र नं. ३ मा राप्रपा पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थापा पराजित भएपछि सांसद बन्ने सपना अधुरै रहेको हो । उनी नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माका सामु हार बेहोरेकी हुन् । सुनिलले ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दा रेखाले १० हजार ९ सय ८९ मत प्राप्त गरिन् ।

पहिलो पटक संघीय निर्वाचनमा प्रतिस्पर्धा गरेकी रेखाले पराजय बेहोरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै राजनीतिमा जित्नु वा हार्नुको अर्थ नरहने बताएकी छन् ।

उनले निर्वाचित उम्मेदवार शर्मालाई बधाई दिँदै लेखेकी छन्, ‘मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाई र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सुःख–दुःखमा उहाँ सधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु ।’

‘उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक नभए पनि निर्वाचित एक जना मात्र हुने बताउँदै उनले अगाडि लेखेकी छन्, ‘राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि ।’

कमेन्ट्स
Loading...