सुचना, समाचार र मनोरन्जन

गायिका रेखा शाहको ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक (भिडियो)

पोखरा / 

चर्चित गायिका रेखा शाहको ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक भएको छ । संचारकर्मी तथा लेखक भूपेन्द्र खडकाको रचना रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा संगीत सुगम पोखरेल रहेको छ । पोखरेल आफै गायक हुन् । शाहले उक्त गीतलाई आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छिन् ।

गीतमा संगीत संयोजन सुजिल कर्माचार्यको रहेको छ । नितिन चन्दले म्युजिक भिडियो निर्देशन गरेका छन् । अभिनयमा गायिका शाहलाई नै देख्न सकिन्छ ।
गायिका शाहले गायन र अभिनय एकअर्काका परिपूरक रहेको उल्लेख गरेकी छिन् । रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादनमा तयार भिडियोलाई काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

कमेन्ट्स
Loading...