सुचना, समाचार र मनोरन्जन

‘ह्यारी कि प्यारी’मा रेखा थापाको आइटम डान्स : धरहरामा गरिन् यस्तो बबाल

काठमाडौ : 

लामो समयपछि अभिनेत्री रेखा थापा फिल्म ‘ह्यारी कि प्यारी’मार्फत आइटम नृत्य गरे र फिल्म क्षेत्रमा फर्किकी छन् । बिहिबार निर्माण युनिटले काठमाडौंको सिटी सेन्टरमा अवस्थित बीग मुभिजमा फिल्मको आइटम गीत ‘धरहरा’ सार्वजनिक गरेको हो । सोही गीतमा अभिनेत्री रेखालाई आकर्षक तथा बोल्ड नृत्यमा देख्न सकिन्छ । उक्त गीतमा कम्मर ठोक्किएपछि काठमाडौंको धरहा हल्लिएको भाव व्यक्र गरेको छ ।

डाक्टर भोला रिजालले निर्माण गरेको फिल्ममा मिना पोखरेल निरौला र सपन कुमार राइको स्वर, शिखर सन्तोषको संगीत रहेको छ । जसमा डाक्टर भोलाकै शब्द रचना गीतमा सुन्न सकिन्छ छ । गीत रिलिज कार्यक्रममा डाक्टर दम्पती नै उपस्थित भएका थिए । फिल्मको कथा अनुसार नै आफुले गीत सिर्जना गरेको रिजालले बताए ।

वी.आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मलाई डाक्टर रिजालकै छोरा डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन् । यो फिल्मबाट कपिलले निर्देशनमा डेब्यु गरेका छन् । यस फिल्मको गीतमा हास्य अभिनेता जीतु नेपाल र विजय बराललाई रेखा थापाका साथमा देखिएका छन् ।

जितुले आफुले यो फिल्मको गीतमा नाच्न पाउँदा असाध्यै खुसी लागेको बताए । कार्यक्रममा उपस्थित भएका जीतुले आफुले यो गीतमा नाच्नका लागि निकै टेक खाएको स्मरण गरे ।

‘यो धरहरा बोलको गीतमा मैले निकै टेक खाएको छु ।तर मसँगै नाच्ने विजय बरालले एकै टेकमा ओके गर्दा मलाई निकै समस्या परेको थियो,’उनले हास्दै भने,‘पहिलो पटक रेखा थापासँग नाच्न पाउँदा पनि आफु अत्यन्तै खुसी भएको छु । किनभने यस अघिका फिल्ममा रेखासँग स्कृन सेयर गर्दा नाच्नको त परे जाओस डाइलक समेत बोल्न पाएको थिइनँ ।’

अभिनेत्री रेखा थापाले यो फिल्ममा आइडम डान्स गर्न पाउँदा आफु एकदमै खुसी भएको बताईन् । आफुले फिल्ममा संघर्ष गर्दाको समयमा डाक्टर रिजालको फिल्म धेरै धेरेको र पछिल्लो समयसँगै काम गर्न पाउँदा आफुलाई हर्ष भएको बताईन् ।

गीत रिलिजको कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुपस्थित रहिन् । उनी रिलिजको तयारीमा रहेका अर्को फिल्म ‘तिम्रो मेरो साथ’को प्रमोशनका लागि राजधानी बाहिर रहेकी थिइन् ।

यस फिल्ममा साम्राज्ञी,जीतु र विजय बरालका साथमा लक्ष्मी गिरी,सुभास गजुरेल,रन्जना भट्टराईए लगायतको मुख्य भूमिका रहेको छ । सुदिप बरालको छायांकनमा बनेको यस फिल्ममा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

त्यस्तै फिल्मको लेखनमा सुदीप बराल,गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक कपिल रिजालले मिलेर लेखनका हुन् ।

कमेन्ट्स
Loading...