सुचना, समाचार र मनोरन्जन

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं :

यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ। खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ ।ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ ।

फिल्ममा रेखा थापा,पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी,समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,राजाराम पौडेल, किरण केसी, अंशु महर्जन,विनोद पौडेल,आशा भुुषाल,शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.