सुचना, समाचार र मनोरन्जन

हिरोलाई टक्कर दिने रेखाको राजनितिमा छलाङ

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा हिरोका रुपमा आफुलाई स्थापित गरेकी अभिनेत्री हुन् रेखा थापा । उनको पहिलो फिल्म ‘हिरो’बाट नै दर्शकको मनमुटुका बसेकी रेखा आफुलाई हिरोइन्को रुपमा मान्दिनन् । पहिलो फिल्मबाट नै ‘बोल्ड’का रुपमा दर्शकमाझ चिनाएकी रेखाका हरेक फिल्म सन्देश मुलक नै हुन्छन् । महिला कमजोर होइन आँटिलो र साहशिलो बन्न सिकाउँछ । रेखाका हरेक फिल्ममा रेखाको चर्चा हुन्छ भने उनको अपोजिटमा अभिनय गर्ने पात्र ओझेलमा पर्दै आएका छन् । उनका हरेक फिल्ममा रेखा हिरो नै हुन्छिन् ।

उनले फिल्ममा डेव्यु गर्नुभन्दा अघि अभिनेत्री जल शाह,विपना थापा,निरुता सिंहको रुनाधुनाको जमना थियो । हलमा दर्शकको आँखामा आँसु आएको प्रशस्तै देखिन्थ्यो । जव, रेखा थापाले फिल्म ‘हिरो’मा अभिनय गरिन् दर्शकको मुड रेखातर्फ मोडिन थालेको थियो । पहिलो फिल्मबाट नै हिरोको क्यारेक्टर समाएकी रेखाको ‘बोल्ड’ शैलीले दर्शकको मन जित्न सफल भयो । उनी फिल्ममा डेब्यु गरेपछि त्यसबेला चलेका अभिनेत्रीहरु विस्तारै ओझेल पर्न थाले । दर्शकले रेखा भएको फिल्म हेर्न थालेपछि फिल्म निर्माणकर्ताको नजरमा रेखा पर्न थालिन् । रेखाका फिल्मले लाखौ कमाउन थालेपछि निर्माणकर्ताको नजर रेखामा पर्यो । त्यसपछि रेखाले नेपाली फिल्म क्षेत्रमा एकछत्र आफ्नो राज जमाएर बसिन् ।
रेखाले खेलेको फिल्ममा नारीको आवाज बोल्न थाल्यो । रेखा आफैले निर्माण गरेका फिल्म फिल्म‘रुद्रप्रिया’र‘मलिका’ महिला लक्षित निर्माण थियो । महिला केन्द्रि फिल्म भएका कारण युवतीहरुमा साहस बढेको देन्खिन्छ ।

फिल्ममा हिरो तर,राजनितिमा नि ?

रेखा फिल्ममा मात्र होइन राजनितिमा पनि उत्रिकै चर्चामा छिन् । हालै सकिएको राप्रपा नेपालको महाधिवेशनमा पनि रेखाले वर्षौ देखि राजनितिमा लागेका नेताहरुलाई छायाँ पारेकी छन् । उनले राप्रपाको महाधिवेशनमा महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिइन् । रेखाले उम्मेदवारी दिनुभन्दा अघिबाट चर्चा बटुलिरहेकी थिइन् । तर, उनको प्रतिष्पर्धामा रहेकी कुन्ती शाही भने चर्चाभन्दा बाहिर रहेकी थिइन् । वर्षौ देखि राप्रपामा बसेर राजनिति गरेकी कुन्तीलाई रेखाले आछ्यु आछ्यु पारिनन् । कुन्तिले २ हजार ८ मत प्राप्त गर्दा रेखाले १६ सय ४० मत प्राप्त गरिन् ।
रेखालाई राप्रपाको महाधिवेशनमा हराउन निर्वतमान अध्यक्ष कमल थापा देखि उनका नजिकका मान्छेहरु लागि परेका थिए । अन्ततमा कमल थापा र रेखा थापाले नै हार बेहोर्नु परेको छ । फिल्ममा मात्र नभएर राजनितिमा उनले धेरैलाई छायाँमा पारेको स्पष्ट देखिन्छ । अभिनेत्री थापाको यो पहिलो राजनिति यात्रा भने होइन् । आजभन्दा १२ वर्षअघि तत्कालीन नेकपा माओवादीसँग नजिक थिइन् । त्यो समयमा माओवादीले राखेको विरोधसभामा सिंहदरबारअगाडि अध्यक्ष प्रचण्डसँग नाचेपछि रेखाको सर्वत्र चर्चामा आएकी थिइन् । उनी माओबादी निकट राजनितिमा हामफालेकी थिइन् । यो समयमा प्रचण्ड र रेखाको डान्स चर्चामा रह्यो ।

माओवादी निकट रहेकी रेखालाई माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा रेखालाई पर्साबाट उठाउने निर्णय ग¥यो तर उनको मतदाता नामावलीमा नाम नभएपछि रेखा उम्मेदवार बन्नबाट बन्चित बनेकी थिइन् । ५ वर्ष अघि रेखा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन् । रेखालाई फूलमाला लगाएर भव्य कार्यक्रमका बीच कमल थापाले पार्टीमा स्वागत गरेका थिए । उनले ५ वर्षपछि राप्रपाबाट नै महिला महामन्त्रीको उम्मेदवारी दिएकी हुन् ।

तर, उनको चर्चामा भने कमि आएको छैन । राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी रेखालाई पाटीमा भित्राएका कलम थापाले नै विरोध गर्दै सामाजिक सञ्जालमा ‘नो कमेन्ट’ लेखेका थिए । उनीहरुबीच दोहोरी नै चलेको थियो । तर, यस विषयमा भने रेखालाई फाइदा नै भएको देखिन्छ । यो रेखाको हार नभएर जित भएको मान्न सकिन्छ राजनितिक धरातलमा ।

कमेन्ट्स
Loading...