सुचना, समाचार र मनोरन्जन

कांग्रेस महाधिवेशनको दौडधुपमा फिल्म निर्देशक रेनशा बान्तवा राई

काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई दौडधुपमा लागेकी छन् । उनी यति बेला इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिदै राजनितिमा सक्रिय हुने संकेत दिएकी हुन् ।

उनले समाजसेवाका लागि राजनीति गर्न चाहेको र राजनीतिमा युवापुस्ता आउनुपर्नेमा जोड दिइन् । यसैले उनी राजनीतिमा सक्रिय हुन लागेको बताएकी छन् । रेनशा कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार बान्तवाकी छोरी हुन् । रेनशाद्धारा निर्देशत दोस्रो फिल्म ‘आई एम ट्वान्टी वान’ रिलिजको तयारीमा छ ।

कमेन्ट्स
Loading...