सुचना, समाचार र मनोरन्जन

असारे महोत्सवमा रमाएका स्वदेशी देखि विदेशी पर्यटक (तस्बिर सहित)

सन्तोष बस्याल, प्रेम थापा पोखरा :

बर्खाको समय भएकाले असारमा अक्सर पर्यटकको कमी पाइन्छ । हिउँदो भन्दा बर्खामा पोखरा आउने पर्यटकमा कमी छ । तर पनि हर सिजनमा पोखरा खुल्ला रहेको जानकारी दिलाउन पोखरामा रोपाई महोत्सवको आयोजना गरिएको छ । पोखरा पर्यटन परिषदको आयोजना, पोखरा महानगरपालिका वडा १३ र २८ को सह-आयोजनामा काहुखोला कसेरीमा आयोजना गरिएको महोत्सवमा पर्यटक रमाइरहेको दृश्य देख्न पाइयो ।

सिमित पर्यटकको संख्या भएता पनि उनिहरु रमाइरहेका थिए । हिलोमा छुपुछुपु खेल्दै नेपाली गीत संगीतमा नाचेका पनि थिए । रोपाइ महोत्सवमा आयोजित घैटो फुटाई प्रतियोगिता, रस्सी तानातान प्रतियोगिता लगायत दौड प्रतियोगितामा विदेशी पर्यटकको सहभागिता रहयो । नेपाली खाजा सेलरोटी सङ्गै दहीचिउरा समेत चाखे । पराम्परागत शैलीमा रोपाई गरिएको दृष्यलाई उनिहरुले आफ्नो सेलफोनको क्याम्रा बाट समेत कैद गरेका छन ।

नेपाली पन्चेबाजामा समेत नाचिरहेका थिए । यस्तै, रोपाई महोत्सव हेर्न दर्शकको घुइँचो लाग्यो । ग्रामिण भेग भएकाले पनि दर्शकको उपस्तिथि बाक्लो देखिन्थ्यो । कसेरी, आर्वा, कालिका लगायतका गाउँबाट समेत महोत्सवको अवलोकन गर्न झरे । पोखराको बजार क्षेत्रबाट समेत ठूलो संख्यामा कसेरी पुगेका थिए । मौसमले पनि साथ दिएका कारण चर्चित लोकदोहोरी गायक प्रकाश सपूतको प्रस्तुतिले दर्शक झुमेका थिए । १८ औं संस्करणको रोपाई महोत्सवलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

उनले पोखरा पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको अपिहार्यतालाई दर्शाएका छन् । मेयर आचार्यले पोखरा सबैका लागि सधैं खुला रहेको जनाए ।

“पोखरामा एक पछि अर्को कार्यक्रम भएको छ । जसले पोखराको प्रचारप्रसारमा टेवा पुग्छ । यस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भुमिका खेल्नेछ ।” – उनले भने ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बाह्य पर्यटकलाई आकर्षण गर्ने हेतुले नै रोपाई महोत्सवको आयोजना गरिएको जनाए । उनले हरेक वर्ष नयाँपन दिलाई नयाँ ठाउँमा रोपाई महोत्सवको आयोजना गरिने समेत उल्लेख गरे ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds