काठमाडौं :
शान्ति श्री परियार र कुमार गौतमको स्वरमा रहेको म्युजिक भिडियोमा चर्चित कलाकार रोशनी कार्कीलाई दर्दनाक अवस्थामा प्रस्तुत गरिएको छ ।
माया प्रेमलाई बिछोडको रुपमा प्रस्तुत गरी बनाईएको भिडियो पोखरा र आसपासको क्षेत्रमा छायंकन गरिएको हो। कुमार गौतमको कथा बस्तुमा सुवास अंगाईले निर्देशन गरेका हुन्। गणेश सापकोटाको छायंकन रहेको गीतलाई नयन शर्माले लेखेका हुन् ।
