सुचना, समाचार र मनोरन्जन

पोखराका रोटरीको संयुक्त बृक्षरोपण

पोखरा । पोखरालाई कर्मथलो बनाएर सामाजिक कार्यमा लागिपरेका रोटरी क्लबहरुले संयुक्त रुपमा बृक्षरोपण कार्यक्रम गत शनिबार सम्पन्न गरेका छन् । रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउन, रोटरी क्लब अफ अन्नपूण, रोटरी क्लब अफ पोखरा फिस्टेल, रोटरी क्लब अफ पोखरा लेकसाइड, रोटरी क्लब अफ लेखनाथ र रोटरी क्लब अफ न्यूरोड पोखराको संयुक्त पहलमा रुपा गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा ६०० विरुवा रोपिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै रुपा गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष नारायण गुरुङले अघिल्लो बर्षमात्रै आफ्नै वडाको तालबेसीमा ७४ लाख रुपैयाँको लागतमा २०० भन्दा बढी घरधुरीलाई खानेपानी उपलब्ध गराएको रोटरीले यो बर्ष पर्यावरण संरक्षणका लागि चाँप, कपुर, रुद्राक्ष, निम, अशोक लगाएतका बृक्षहरुको रोपण गर्ने कार्यक्रमको प्रशंशा गरे । त्यसैगरी रोटरी जोन चार का एसीस्टेन्ट गर्भनर तेजनाथ न्यौपानेले यसरी क्लबहरु संयुक्त रुपमा काम गर्नुले अझ थप प्रभावकारीता बढेको औल्याउँदै बृक्षारोपणको कार्य रोटरीको फोकस एरीया रहेको समेत प्रष्ट पारे ।

रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष जयमोहन भट्टराइले विरुवा रोपने मात्रै नभएर यसको गोडमेल र मलजलका लागि समेत समय समयमा उक्त स्थानमा आएर रेखदेख गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रम रुपाकोट पोखरा सम्पर्क मञ्चसँगको सहकार्यमा भएको थियो ।

कमेन्ट्स
Loading...