एजेन्सी :
भारतिय फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । एसएस राजामौली निर्देशित फिल्म उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको हो ।
यस फिल्ममा राम चरण र जुनियर एनटीआरका साथमा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको अभिनय रहेको छ । गत मार्चमा रिलिज भएको फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो ।
यो फिल्म विभिन्न भाषा अर्थात तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको थियो । फिल्मले सर्वाधिक कमाइ गरेको थियो ।
