सुचना, समाचार र मनोरन्जन

हेटौडाका रुम्बालाई मोडलिङ मोह

काठमाडौं । नेपाली युवायूवतीमा पछिल्लो समय मोडलिङ मोह बढेको छ । यहि मोडलिङ मोहमा होमिएका छन् मकवानपुर हेटौडा स्थायी घर भएका चन्द्र सिंह रुम्बा । सानै उमेरदेखि सिर्जनशिल कार्य प्रति रुचि राख्दै आएका रुम्बा पछिल्लो समय मोडलिङमा भविस्य खोन्दैछन् ।

British college

उनका अनुसार मोडलिङ क्षेत्रमा आउनु पुर्व यता कसरी प्रवेश गर्ने भन्ने मेसो पाउँन सकेका थिएनन् । मनोरञ्जन क्षेत्रमा केही गर्ने लक्ष्य राखेका उनले शुरुवाती दिनमा मनोरञ्जनको कुन क्षेत्रमा काम गर्ने भन्नेमा अन्यौलमै रहेको सुनाएँ । त्यही अन्योलताका बीच उनले मोडलिङ पेशा रोजेको बताए । कामको हिसाबले चलचित्र क्षेत्र वा मोडलिङमा काम गर्नु गाह्रो हो । तर, आर्थिक हिसाबले चाहिँ मोडलिङ फाइदा जनक हुने हिसावले उता लागेको बताए ।

मोडलिङबाट राम्रै कमाई गरिरहेका रुम्बा यतिबेला दुवईमा छायांकन भइरहेको एउटा भिडियोमा अभिनय गरिरहेका छन् । ‘तीन वर्षपछि फर्किआउछु…’ बोलको गीतको भिडियोमा अभिनय गरिरहेका रुम्बालाई चलचित्र निर्देशक बेद प्रसाद भुर्तेलले निर्देशन गरिरहेका छन् । यहि भिडियोको सिलसिलामा अहिले दुवै जना उतै रहेका छन् ।

संख्यात्मक भन्दा पनि गुणात्मक भिडियोमा काम गर्न रुचाउने मोडल रुम्बा भन्छन्,‘ आफुले गरेको काम पछिसम्म सम्झना योग्य रहोस् । राम्रो ब्यानरका चलचित्रमा काम पाइयो भने काम गर्न तयार रहेको छु । कमसल ब्यानरका चलचित्रमा काम गरियो भने कसैले नोटिस गर्दैनन् । त्यस कारण यता अभिनय गर्ने मुड छैन ।’ तेश्रो चरणको कोभिडका कारण सबै क्षेत्रको काम ठप्प हुँदा ‘गीत, संगीत, श्रष्टा सर्जक कलाकार प्राविधिक यी सबै समस्यामा परेका छन् । असहज वातावरणमा पनि स्वास्थ्य मापदण्ड अपनायर छायांकन कार्यलाई निरन्तरता दिनुपर्ने उनको भनाईछ ।

कमेन्ट्स
Loading...