सुचना, समाचार र मनोरन्जन

पोखरामा दौड प्रतियोगितामा सम्पन्न

पोखरा/ पोखरामा सम्पन्न दश किलो मिटर महिला÷पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा  महिला दश किलो मिटर दौडमा ५१ मिनेट ३८ सेकेण्डमा दुरी पार गदै नेपाली सेनाकी समेकली जैसी प्रथम, ५३ मिनेट ११ सेकेण्डमा दुरी पार गदै गोमा पुन द्धितिय र ५५ मिनेट ५३ सेकेण्डमा दुरी पुरा गदै मनसरा कुमाँल तृतिय स्थान बनाउन सफल भइन्।

त्यस्तै ,पुरुष दश किमी दौडमा नेपाली सेनाका नरेन्द्रसिंह राउत प्रथम भएका छन्। उनले ३३ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए। दोस्रोमा ४० मिनेट ५ सेकेण्डमा दुरी पार गदै रामजी बस्नेत भए भने निरज भटट क्षेत्री ४० मिनेट १५ सेकेण्डमा दुरी पुरा गदै तेश्रो स्थान बनाउन सफल भए।

प्रतियोगितामा विद्यालयस्तरीय छात्रा तर्फको ५ किमि प्रतिस्पर्धामा कास्की मोर्डनाइज्डकी यमुना थापा, संगीता विक, दिलमाया पुलामी क्रमश प्रथम दोस्रो र तेस्रो बने।

छात्र तर्फको ५ किमि प्रतिस्पर्धामा प्रविन शेर्पा, मनोज रोकामगर, विमल पुन मगरले पहिलो, दोस्रो र तेस्रो स्थान बनाउन सफल भए।

छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ र महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेतालाई १५, १० र ७ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता छात्रा तथा छात्र एवं खुल्ला तर्फका महिला तथा पुरुष धावकहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार सदस्य सचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बानियाँ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नगदसहित पदकतथा प्रमाणपत्र वितरण गरेका थिए ।

दौडमा विद्यालय प्रतिस्पर्धामा ३३२ जना, खुल्ला महिला तथा पुरुष तर्फ ३०० जना सहभागिता रहेको थियो।

कमेन्ट्स
Loading...