सुचना, समाचार र मनोरन्जन

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

  •  
  •  
  •  
  •  

रुपा सुनारविरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्ने ६ अनलाइन समाचार पोर्टल बन्द हुने भएका छन् । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने समाचार पोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

काउन्सिलले खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ। सुनारले आफूविरुद्ध भ्रामक समाचार लेखेको भन्दै ९ मिडियाविरुद्द काउन्सिलमा उजुरी दिएकी थिइन् ।

यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए ।

कमेन्ट्स
Loading...