सुचना, समाचार र मनोरन्जन

साताको सात तस्बिर

हेर्नुहोस् सात तस्बिर

  •  
  •  
  •  
  •  

प्रेम थापा,
पोखरा /

साताको सात तस्बिर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।

 

विपती बाजा बजाएर आउँदैन । अचानक आउने भएकाले वर्षातको समयमा सुरक्षित हुनुपर्ने आवश्यकता छ । विगत केही दिनको भारी वर्षाका कारण पोखराका विभिन्न ठाउँ जलमग्न भएका छन् । समयमै स्थानीय सरकारको ध्यान पुगोस् ।

पोखराको कमलपोखरी स्थित बस्ती

 

फेवाताल र लेकसाइडको प्रचारप्रसार धेरै गरिएको छ । तर फेवाताल पारि अनादु भन्ने गाउँमा कसैको नजर पुगेको छैन । जति गरेका छन्, त्यहिँका स्थानीयले गरेका छन् । पर्यटकलाई सम्भावना बोकेको ठाउँ हो अनादु । त्यसैले यसको प्रचारप्रसारमा समेत ध्यान पुर्याउनुपर्ने आवश्यकता छ ।

फेवाताल पारिको अनादु गाउँ

 

थाप्लोमा गरिबी लेखेपछि कस्को के नै लाग्ने रहेछ र ? कोही आलिसान महलमा रमाइरहेका छन् । हरेक दिन नयाँ लुगा लगाइरहेका छन् । कसैलाई यसरी फ्याँकिएको फोहोरबाट लगाउने लुगा छान्नुपर्ने अवस्था छ । चाडबाड के हो अत्तोपत्तो छैन । गास, बास र कपास जस्तो आधारभुत आवश्यकता पुरा गर्न नसक्ने जनताको नेपालमा कमी छैन ।

पोखराको डम्पिङ साइडमा लगाउने लुगा छान्दै

 

पोखरामा भलको उचित निकास नहुँदा वर्षातका बेला नागरिकले सास्ती खेप्नुपरेको छ । नाली निर्माण गरी भलको व्यवस्थापन गर्न सकेको खण्डमा दुर्घटना कम हुन्थ्यो, सडक खाल्डाखुल्डी हुन्नथे । अब पनि समयमै सरकारको ध्यान पुगेन र स्थानीयबासी सचेत नभएको खण्डमा पोखरामा ठूलो क्षति हुने सम्भावना देखिन्छ ।

पोखरा गौडाकोमुख स्थित मुख्य सडकमा वर्षातको पानीले गर्दा आवत जावतमा कठिनाई

 

एक बुबाका लागि सन्तान सबै भन्दा प्यारो हुन्छ । आफु भोकै बसेर भएपनि सन्तानको पेट भर्न उ जस्तोसुकै समस्यासँग पनि जुझ्नसक्छ,पीडाहरु खेप्दै सन्तानको खुशीमै रमाइरहेको हुन्छ ।

सन्तानप्रति बुवाको माया

 

साढे दुई दशक भारतीयको निजी लगानीमा संचालन हुँदै आएको मणीपाल अस्पतालको विक्रीको अहिले चर्को आलोचना छ । ५० वर्ष पछि सरकारलाई हस्तान्तरण हुने गरी संचालन भएको मणीपाल बिचमा एकाएक नेपालका निजी व्यवसायीलाई बिक्री गर्न थालेपछि आलोचना भएको हो ।

पोखरा फुलबारी स्थित मणीपाल अस्पताल

 

प्यास मेटाउन पानीको आवश्यकता परेपछि फोहोरको समेत हेक्का हुँदैन । तिर्खा मेटाउन हरेक तिकडम गर्नुपर्ने हुन्छ । कसैलाई पानी फालफाल छ भने कसैलाई पिउन समेत पुगेको छैन । संघीयता आएपछि एक घर एक धाराको नारा घन्किए पनि पुरा अझै हुन सकेको छैन ।

पोखराको डम्पिङ साइडमा खानेपानीको जोहो गर्दै एक व्यक्ति
कमेन्ट्स
Loading...