सुचना, समाचार र मनोरन्जन

साताको सात तस्बिर

हेर्नुहोस् सात तस्बिर

  •  
  •  
  •  
  •  

प्रेम थापा,
पोखरा /

साताको सात तस्बिर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।

 

तीज महिलाहरुका लागि खास पर्व हो । वर्षदिन टाढाटाढा रहेका दिदीबहिनीहरु नजिकै रहने समय पनि हो । एक अर्कासँग सुखदुख साटी हर्सउल्लासका सात यो पर्व मनाउने गरिन्छ । छमछमी नाँचले तीजको रौनकतालाई अझै महत्व दिलाएको छ ।

तीजमा छमछमी नाच्दै गरेका महिला दिदीबहिनीहरु

 

ढुंगाको छानो माटोले लिपेको भित्तोको घर आजकल विरिलै पाइन्छ । सिमेन्टका जंगलहरु जताततै भेटिन थालेका छन् । मौैलिकता बोकेका घरहरु हराउँदै गएका छन् । संरक्षण गर्ने समेत कोही भेटिदैन । विकासका नाममा विनास गर्नु रिति जस्तै भएको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक स्थित पुरानो घर

 

सबै रमझममा रमाइरहँदा म बुढो भने दुई छाक टार्न फोहोर संगालीरहेको छु । क्यार्नु पेटका लागि जे पनि गर्नुपर्दो रहेछ । खोई सरकारले भत्ता दिन्छ भन्ने गर्थे अहिले सम्म पाको होइन । वृद्धभत्ता पाए पनि पापी पेटलाई शान्त मिल्नेथ्यो । तर यसमा पनि राजनीति भएको देख्दा उदेक लाग्छ ।

जिविकोपार्जनका लागि एक वृद्ध फोहोर संगाल्दै

 

प्राकृतिक सुन्दरताले भरिएको छ पोखरा । डाँडाकाँडाहरुमा पनि पर्यटकहरुको आकर्षण बढ्दो छ । सुन्दरताको शहरको रुपमा परिचित पोखराको अर्को विशेषता काहुँ धरहरा हो । जहाँबाट पोखराको दृश्य लोभलाग्दो देखिन्छ ।

काहुँ धरहराको सन्ध्याकालिन दृश्य

 

पोखराका खोलानाराहरुले पनि एक चित्रण प्रस्तुत गरेका छन् । तालको शहरको रुपमा पोखरा परिचित त थियो नै अब झरना र यहाँका खोलानालाहरुले पनि पर्यटकलाई आकर्षण गराउने भएका छन् । खाँचो छ त प्रचारप्रसारको ।

पोखरा १९ चितेपानीमा अवस्थित भोटीखोला ड्याम

 

प्राकृतिक विपती बाजा बजाएर आउँदैन । एक्कासी आउँछ विनास गर्छ । त्यसैले हामीले सजकता अप्नाउनुपर्ने आवश्यकता छ । घर निर्माण गर्दा माटो परिक्षण गरेर मात्र निर्माण गरिएको खण्डमा विपतीबाट बच्न सकिन्छ । बाढीपहिरो र डुबानका कारण वर्षेनी कास्कीका विभिन्न ठाउँमा क्षति हुने गर्छ । आगामी समयलाई पनि ख्यालमा राखी सुरक्षित वातावरण तय गर्नुपर्ने हुन्छ ।

भारी वर्षाका कारण पोखरा कमलपोखरी स्थित बस्ती डुबानमा परेपछि उद्धार गर्दै सैनिक जवानहरु

 

खराको ड्याम्पीङ साइड अस्तव्यस्त हुँदा नजिकका बस्तीमा असर पुगेको स्थानीयहरु बताउँदै आएका छन् । यसको व्यवस्थापन गर्नुपर्ने दायित्व पोखरा महानगरपालिकाको हो । फोहोरका नाममा वर्षेनी करोडौं कर महानगरले उठाउँदै आएको छ । तर ड्याम्पिङ साइड व्यवस्थित नहुँदा समस्या पनि उत्तिकै बेहोर्नुपर्ने अवस्था छ ।

अस्तव्यस्त पोखराको ड्याम्पिङ साइड

 

 

कमेन्ट्स
Loading...