सुचना, समाचार र मनोरन्जन

साताको सात तस्बिर

हेर्नुहोस् सात तस्बिर

  •  
  •  
  •  
  •  

प्रेम थापा,
पोखरा /

साताको सात तस्बिर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।

 

साउन भगवानको शिवजीको महिना । सोमबार व्रत बसी शिवको पुजाआराधना गर्ने प्रचलन हिजो देखिको नै हो । अन्तिम सोमबार अझ खास हुन्छ ।

पोखराको केदारेश्वर मन्दिरमा नाचगान गर्दै एक महिला

 

भोको पेटलाई भर्न आहाराको जुरुरी पर्दो रहेछ । संघीयता अरुलाई आए पनि हाम्रा घाउ पुर्ने गरी आएन । आखिर दुई छाक टार्न रोटीको जोहो गर्नै पर्ने हुन्छ ।

पोखरामा पेटका लागि डोकोमा फलफुल बेच्दै व्यवसायी

 

रहरले माग्ने भएका होइनौं । भोको पेटको बाध्यता हो । हामीलाई पनि अरुलाई जस्तै हाँस्न, खेल्न र विद्यालय जान मन छ । तर कोही नभएपछि कसको के नै लाग्दो रहेछ र ?

केदारेश्वर मन्दिर परिसरमा माग्न बसेका बालबालिका

 

आन्तरिक तथा बाह्य प्रर्यटकका लागि मन लालयित पार्ने ठाउँ हो कुश्मा स्थित द क्लिफ । एकै ठाउँमा विविध एडभेन्चरको मज्जा लिन सकिन्छ ।

कुश्मास्थित द क्लिफमा नयाँ एडभेन्चर

 

कोरोना महामारी चर्को रुपमा बढ्दै छ । तर विकास आयोजनाका कामले निरन्तरता पाइरहेका छन् । खोलानाला जोगाउन तारजाली भइरहेका छ । यसरी नै खोला नाला संरक्षण हुँदै गए हाम्रा खोला नालाहरु जोगिन्छन् ।

खोलानाला जोगाउन तारजाली लगाउँदै

 

पोखरामा जाइकाको सहयोगमा खानेपानी पाइपलाइनको काम विस्तार भइरहेको छ । पाइपलाइन विस्तारको काम पूर्णता भएसँगै पोखरेलीले शुद्ध खानेपानी पिउन पाउनेछन् ।

पृथ्वीचोकमा खानेपानी पाइपलाइन विस्तार गरिँदै

 

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कास्कीमा यतिबेला निशेधाज्ञा थपिएको छ । जोरविजोरका आधारमा सवारी चल्न दिइएको छ । सवारी चेकजाँच पनि कडा रुपमा भइरहेको छ ।

पोखरामा सवारी चेकजाँच गर्दै ट्राफिक
कमेन्ट्स
Loading...