सुचना, समाचार र मनोरन्जन
Election Commission V2

अन्तराष्ट्रिय नाट्य महोत्सवमा भाग लिन नेपाल आइन बलिउड अभिनेत्री सबाना

काठमाडौं : 

बलिउड अभिनेत्री सबाना आजमी दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन नेपाल आइपुगेकी छन् । भोलिदेखि सुरु हुन लागेका महोत्सवमा  भाग लिन बिहिबार काठमाडौ आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतका कलाकारहरुले स्वागत गरेका थिए । सुब्बाका अनुसार अभिनेत्री आजमीले महोत्सवमा अभिनय सम्बन्धी मास्टरक्लास लिनेछिन् ।

यसैबीच शुक्रबार अर्थात भोली बलिउडका चर्चित अभिनेता, गायक एवं टिभी होस्ट आदित्यनारायण झा काठमाडौं आउने भएका छन् । नेपाल आएपछि आदित्यले शनिबार फरेनहाइट क्लवमा आफ्नो सांगितिक कार्यक्रममा आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् । उनी उदितनारायण र दीपा नारायण झाका छोरा हुन् ।

कमेन्ट्स
Loading...