सुचना, समाचार र मनोरन्जन
kumdini

डा. कार्की सचिवमा बढुवा

काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. योगेन्दकुमार कार्की नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगको सिफारिसमा कार्कीलाई सचिवमा बढुवा गरेको हो ।

British college

जेष्ठताका आधारमा कार्की सचिव बनेका हुन् । कार्की प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परिकल्पनाकार समेत रहेका थिए ।

कार्कीले  कृषि मन्त्रालयमा पदस्थापन भए आगामी दिनमा व्यवसायीक कृषिको रुपान्तरणमा दिलोज्यान दिने बताए ।

धेरै समय कृषि मन्त्रालयले नेतृत्वदायी सचिव पाएको थिएन, कार्कीको आवागमनले कृषिमन्त्री धनश्याम भुषाललाई समेत सहयोग पुग्ने कृषि मन्त्रालयका पूर्व सहसचिव डा डिल्लीराम शर्माले बताए ।

यसअघि बागमती प्रदेश कृषि मन्त्रालयमा रहँदा अन्य मन्त्रालयका सहसचिवहरुले कार्कीको सिको गर्दै आएका थिए ।

कृषि अर्थ विज्ञसमेत रहेका कार्कीको बहुपक्षीय दातासँग राम्रो सम्वन्ध रहेको छ ।

कमेन्ट्स
Loading...