पोखरा । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको साङ्गीतिक श्रृङ्खला ” बि.एस.रिदम ब्लाष्ट”को पहिलो श्रृङ्खला भोलि शुक्रबार सार्वजनिक हुदै छ । आफ्नै युट्युब च्यानल बि.एस. ईन्टरटेण्टमेन्टद्वारा सार्वजनिक हुने पहिलो श्रृङ्खलामा पछिल्लो समयमा निकै चर्चामा रहेको पोखरेली ब्याण्ड डिमर्ज ब्याण्डको प्रस्तुति रहेको छ ।
बिशेषत नयाँ पुस्ताका श्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेट्न र नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गरि समग्र नेपाली गीत संगीतको उठानको उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बि.एस. ईन्टरटेण्टमेन्ट पोखराका संचालक सन्जु सुनारले जानकारी दिए ।
पोखरामा रहेका स्थापित एवम् नव ब्याण्डहरुको प्रस्तुति रहने यस श्रृंखलामा ब्याण्डका प्राय बिलकुलै नयाँ गीतहरु सुन्न सकिने छ । यस “रिदम ब्लाष्ट”को पहिलो सिजन १७औं श्रृङ्खलासम्मको रहेको र प्रत्येक शुक्रवार श्रृङ्खलाबद्ध रुपले अन्य गीतहरु सार्वजनिक गरिने कुरा अर्का संचालक बिष्णु गुरुङले बताए ।
यस साङ्गीतिक श्रृङ्खलामा डिमर्ज, आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष,ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र युवराज पुर्जा, सुजन पुर्जा, संगम पहाडी, सब्बु र प्रज्वल जोजिजूको सहभागित रहेको छ ।
