काठमाडौं :
बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । बुधबार निर्माण टिमले टिजर रिलिज गरेको हो । टिजरमा सलमानलाई एक्सनै एक्सनमा उतारिएको दृश्य देखाइएको छ ।
फरहाद सम्जी निर्देशित फिल्ममा सलमानको चरित्रले दर्शक तान्नेमा थिम प्रशस्तै देखिएका छन् । फिल्ममा सलमानका अलवा शहनाज गिल, पलक तिवारी, भाग्यश्री, भूमिका चावलाको पनि अभिनय छ । फिल्मको टिजरलाई सलमान खान युटुब च्यानलमा अपलोड गरिएको छ।
यसै वर्ष फिल्म रिलिज गर्ने तयारीमा रहेको निर्माणले जानकारी दिइसकेको छ । अभिनेता सलमान खानको को पछिल्लो फिल्म ‘अन्तिम’ हो । जुन २ वर्ष अघि नै रिलिज भएको थियो ।