काठमाडौं :
बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । यस बारेमा मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गरेको छ भने घटनाबारे अनुसन्धान थालेको छ ।
भारतिय समाचारका अनुसार बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई कडा बनाएको भने केहि व्यक्तीलाई पक्राउ गरेको छ ।
सलमान निकटका एक सहयोगीको इमेलमार्फत खानलाई मार्ने धक्की आएको बताइएको छ । अहिले यस बारेमा प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको भारतिय समाचारमा उल्लेख गरिएको छ।
