सुचना, समाचार र मनोरन्जन
Tiger Cup

आमेशको ‘राजा रानी’मा सलोन र करिश्माको जोडी

काठमाडौं : 

अभिनेता सलोन बस्नेत र आमेश भण्डारी मित्रताका उदाहरण हुन् भन्दा फरक पर्दैन् । फिल्म ‘मेला’मा एकसाथ काम गरेपछि उनीहरुबीच मित्रता गाँसिएको थियो । त्यस यता उनीहरुले एकअर्कालाई साथ दिइरहेका छन् ।

अभिनयका अलवा गायनका पनि सौखिन यी दुईले एकसाथ केही गीत समेत गाएका थिए । अब भने चाँडै नै एक फिल्ममा पनि काम गर्ने तयारीमा रहेका छन् । दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ । अझ भनौँ एकअर्काका परिपुरक जस्तै बनेका छन् ।
गत मंसिर १२ गते सलोनले एयर होस्टेस करिश्मा केसीसँग विवाहमा समेत आमेश मज्जाले खटिएका थिए ।

उनले मेहेन्दी संगीतदेखि रिसेप्सन पार्टीसम्म सलोनको काममा सघाए भने उनीहरुबीच कति बलियो मित्रता छ भन्ने कुरा यसै अनुमान लगाउन सकिन्छ । आमेशले सलोन र करिश्मालाई विवाहको उपहार स्वरुप गीत तयार गरेर रिसेप्सन पार्टीमा सार्वजनिक समेत गर्न भ्याए ।
यहि रिसेप्सनमा सार्वजनिक गरिएको आमेशद्वारा स्वरवद्ध ‘राजा रानी’ बोलको गीत आइतवार राजधानीमा एउटा कार्यक्रमको आयोजना गरि युट्युब रिलिज गरिएको छ । राजधानीको मुटु दरबारमार्गमा रहेको लिकुइड दरबारमार्गमा सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा सलोनलाई राजा र करिश्मालाई रानीको रुपमा चित्रित गरिएको छ । ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई समेत भिडियोमा उतारिएको छ । बेलुहा(बेहुलीको पहिरनमा सिंगारिएकोदेखि करिश्मा सलोनको घरमा भित्रिँदासम्मको दृश्य भिडियोमा देखिन्छ ।

गीतमा आमेशलाई गायिका सुनिता थेगिमले गायनमा सघाएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत छ । भिडियोमा निर्देशक र निर्मातामा सलोनको नाम छ । गीत सार्वजनिक कार्यक्रममा नवविवाहित जोडीसँगै निर्देशक शोभित बस्नेत, उनकी छोरी सलिना बस्नेत र आमेश भण्डारी उपस्थित थिए । आमेशले ‘राजा रानी’ गीत सलोन र करिश्माका लागि आफ्नो मनबाट निस्किएको बताए । गीतको भिडियो रिलिज कार्यक्रममा आफ्नो भिडियो हेर्दै सलोन र करिश्मा निकै दंग देखिन्थेँ ।

कमेन्ट्स
Loading...