सुचना, समाचार र मनोरन्जन
kumdini

जनप्रतिनिधि जनताको सेवक बनुन्

सम्पादकीय /

वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात् मत परिणाम अनुसार जनप्रतिनिधिले मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएर आगामी पाँच वर्षे कालकालको सुरुवात गरेका छन् । यसपटकको चुनावमा भूतपूर्व जनप्रितिहरू जनताबाट अनुमोदन भएनन् । स्वतन्त्र उम्मेद्वारप्रतिको आकर्षण बढ्दा जग र जरा गाडेर बसेका राजनीतिक दललाई धरानदेखि राजधानी हुँदै धनगढीसम्म धक्का लागेको छ । दम्भ र अहङ्कारले ओतप्रोत दललाई जनताले गतिलो झापडसँगै सच्चिनका लागि सुन्दर सन्देश पनि दिएका छन् । जनभावना मुताविक काम नगर्ने ठेकेदारी मार्काका जनप्रतिनिधिलाई सवक सिकाएर दण्डित गरेका छन्। सबै जनता राजनीतिक दलका कार्यकर्ता र आजीवन मतदाता हुन भन्ने सोचलाई यसपटकको स्थानीय तहको चुनावले भत्काएर झट्का दिएको छ । त्यो झ्टकालाई राजनीतिक दलले चुनावी समीक्षा मार्फत् आत्मसात गर्न जरुरी छ।

जनताको मतबाट चुनिएका जनप्रतिनिधिको परीक्षा सुरु भएको छ। ५ वर्षे परीक्षामा खरो र चर्को उत्रन सक्ने जनप्रतिनिधि नै सच्चा सेवक हुन्छन् भन्नेमा कुनै दुई मत छैन्। चुनावी परिणामको पाठ सिकेर विकास र समृद्धिसँगै विधि र व्यवस्थापन निर्माणमा जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ । आफूले जाहेर गरेको प्रतिवद्धता र घोषणापत्रमा उल्लेखित वाचाहरू पुरा गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।

जनताको मतबाट चुनिएका जनप्रतिनिधिको परीक्षा सुरु भएको छ। ५ वर्षे परीक्षामा खरो र चर्को उत्रन सक्ने जनप्रतिनिधि नै सच्चा सेवक हुन्छन् भन्नेमा कुनै दुई मत छैन् । चुनावी परिणामको पाठ सिकेर विकास र समृद्धिसँगै विधि र व्यवस्थापन निर्माणमा जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ । आफूले जाहेर गरेको प्रतिवद्धता र घोषणापत्रमा उल्लेखित वाचाहरू पुरा गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ । सबै कुरामा जनप्रतिनिधिको ज्ञान नपुग्न सक्छ विज्ञसँगको परामर्शका आधारमा कार्यसम्पादन गर्नका लागि कोसिस गर्दा फाइदा हुन्छ । आफ्नो काँधमा आएको अभिभारा सम्पन्न गर्न चुक्नु हुँदैन् । हिजो यस्तो थियो हामी आएपछि यस्तो भयो भन्ने खालको अनुभूति दिने ल्याकत राख्नुपर्छ।

British college

देश र जनताको सेवा गर्छु भन्ने हेतुले नै सत्तामा जाने जनप्रतिनिधिले बाटो विराउँदा परिस्थिति काबुभन्दा बाहिर जान्छ । आफ्नो कर्तव्य र दायित्व किमार्थ विर्सन मिल्दैन् । विर्सनेलाई जनताले सजायँ दिँदै कानुनी कठघरामा पु¥याउँछन् । सेवा भाव बोकेका जनप्रतिनिधिलाई जनताले पनि जरुर माया दर्शाउँछन् र काममा सहयोग गर्छन् । घमण्डको घडा बोक्नेलाई समुदायले नै वहिष्कार गर्छन् भन्ने तत्वबोध जरुर हुुनुपर्छ। संविधानले स्थानीय तहलाई पर्याप्त अधिकार दिएको छ । संघीयता लागु भएपछिको यो दोस्रो चरणको स्थानीय तहको अभ्यास हो । स्थानीय तहको आवश्यकता अनुरूपको विकास र सेवा प्रवाहमा योजना निर्माण, आन्तरिक आयस्रोतको सदुपयोग, रोजगारी सिर्जना र उत्पादनमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनका लागि जनप्रतिनिधिले खटेर काम गर्नुपर्छ । सुशासन र पारदर्शितामा चल्ने स्थानीय सरकार जरुर सफल हुन्छ । नागरिकलाई केन्द्रमा राखेर गरिने कामले जनप्रतिनिधिलाई सफल र अब्बल बनाउने हुँदा जनमतको कदर गर्न जरुरी छ।

विजयको मातमा अविरजात्रा र फूलमालाले पुरिने कामलाई छोट्याउनुपर्छ । भोजभतेर र रामरमितामा लाग्नुभन्दा कार्ययोजनाको सुरुवात सही तरिकाले गर्नुपर्छ । जितेर कुर्सीमा पुग्नेसँग जरुर जनताका अपेक्षाहरू हुन्छन् । चुस्त दुरुस्त र छरितो प्रकारको कार्यसम्पादन गरेर नागरिकको विश्वासलाई कायम राख्नुपर्छ । आफ्नो सुविधा बढाउन र सवारी साधन खरिदमा जोडदिनुभन्दा सेवा प्रवाह र करको दायरा फराकिलो बनाएर दर घटाउनु वुद्धिमानी हुन्छ । जेजसरी भए पनि चुनावी खर्च असुल उपर गर्ने सोचबाट माथि उठेर जनताको सेवामा निरन्तर खटिनुपर्छ।

निर्वाचित जनप्रतिनिधिको काँधमा कार्यभार आइसकेको हुँदा कामको रूपरेखा बनाएर कार्यसम्पादनमा जुट्न विलम्व गर्नु हुँदैन् । विजयको मातमा अविरजात्रा र फूलमालाले पुरिने कामलाई छोट्याउनुपर्छ । भोजभतेर र रामरमितामा लाग्नुभन्दा कार्ययोजनाको सुरुवात सही तरिकाले गर्नुपर्छ । जितेर कुर्सीमा पुग्नेसँग जरुर जनताका अपेक्षाहरू हुन्छन् । चुस्त दुरुस्त र छरितो प्रकारको कार्यसम्पादन गरेर नागरिकको विश्वासलाई कायम राख्नुपर्छ । आफ्नो सुविधा बढाउन र सवारी साधन खरिदमा जोडदिनुभन्दा सेवा प्रवाह र करको दायरा फराकिलो बनाएर दर घटाउनु वुद्धिमानी हुन्छ । जेजसरी भए पनि चुनावी खर्च असुल उपर गर्ने सोचबाट माथि उठेर जनताको सेवामा निरन्तर खटिनुपर्छ।

रोजगारीको खोजीमा खाडी धाउने वाध्यतालाई न्युनीकरण गरेर सीप र योग्यताका आधारमा पालिकामै उद्यम र उत्पादनशील कार्यमा युवालाई टिकाउने योजनाको खाका बनाउनु पर्छ । स्थानीय तहको स्रोत साधनलाई उचित रूपमा प्रयोग गरेर लाभ लिने विकल्प खोज्नु पर्छ । काम गर्ने दृढ इच्छाशक्ति भएमा अगाडिका चुनौतीहरू पार लगाउन सकिन्छ । विगतका असल अभ्यासलाई निरन्तरता दिएर पत्रु योजनालाई खारेज गर्ने निर्णयशक्ति आवश्यक छ । तजविजी शैली र मोलाहिज्जामा गरिने विकासका योजनाहरू टिकाउ नहुने हुँदा नीति तथा योजना निर्माणमा गतिलो ध्यान दिनुपर्छ।

पाँच वर्षका लागि जनताको सेवा गर्ने मौकालाई सदुपयोग गर्दै रहर लाग्दो जनप्रतिनिधिको हैषियत बनाउनु नै वास्तविक तहमा जनताको सेवक हुनु हो। शासक हुँ भन्ने सनातन मनोविज्ञानको खारेजी नै लोकतन्त्रको सौन्दर्य हो । जनताको सेवा गर्न प्रतिवद्ध हुने जनप्रतिनिधि सधैं बधाईका पात्र बन्छन् । शासकीय धङधङीबाट मुक्तहुँदै नागरिकको सेवक बन्नु सच्चा जनप्रतिनिधिको पहिचान हो ।

पाँच वर्षका लागि जनताको सेवा गर्ने मौकालाई सदुपयोग गर्दै रहर लाग्दो जनप्रतिनिधिको हैषियत बनाउनु नै वास्तविक तहमा जनताको सेवक हुनु हो। शासक हुँ भन्ने सनातन मनोविज्ञानको खारेजी नै लोकतन्त्रको सौन्दर्य हो । जनताको सेवा गर्न प्रतिवद्ध हुने जनप्रतिनिधि सधैं बधाईका पात्र बन्छन् । शासकीय धङधङीबाट मुक्तहुँदै नागरिकको सेवक बन्नु सच्चा जनप्रतिनिधिको पहिचान हो । असल नियतका पात्रले गलत प्रवृत्तिको शुद्धीकरण गर्न सक्छन् । सफल कार्यकालको लागि मुलुकभरका निर्वाचित जनप्रतिनिधिलाई न्यानो शुभकामना।

कमेन्ट्स
Loading...