सुचना, समाचार र मनोरन्जन

कच्ची बाटोमा ‘नेपाल’को यात्रा

  •  
  •  
  •  
  •  

सम्पादकीय /

अपेक्षाकृत अनुमान मुताविक माधवकुमार नेपालले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरे । भदौ १६ गते निर्वाचन आयोगले सनाखत गरेपछि पार्टी फुटेको टाँचा लाग्यो । पक्की सडक छोडर उनी कच्ची बाटो लागेका छन्, ६९ वर्षीय नेपाललाई यो यात्रा जरुर कठिन हुनेछ । ७२ वर्षको नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा पटकपटक फुट देखियो । फुटेर जानेहरू विलय हुन्छन् भन्ने भाष्यलाई एकीकृत र धु्रवीकृत शब्दले भञ्जीकरण पनि गरेको छ । प्रजातन्त्रपछि तत्कालीन मालेलाई एमाले बनाउने माधव नेपाल पार्टीबाट अलग हुनु राजनीतिक वृत्तामा चर्चाको विषय बनेको छ ।

माधव नेपालले नेकपा एमाले बनाउन लगानी गरेको समयले महत्व राख्यो । राजनीतिमा नैतिकताको सवाल अहम् हुन्छ । संविधानसभाको चुनावमा एमाले खुम्चिदा उनले महासचिवबाट राजिनामा दिएर आफ्नो राजनीतिक उचाइ कायम गरेका थिए । जीवनको उर्जाशील समय कम्युनिस्ट आन्दोलनमा खर्चेर कोर्डिनेसन हुँदै माले र एमालेसम्मको यात्रा तय गरेर नै माधव नेपाल भएका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीको अत्याचार सहन असमर्थ भएपछि पार्टी विभाजनसम्म पुगेको उनको अभिमत छ । नेकपा एमाले र एकीकृत माओवादीको गठबन्धनले दुईतिहाईको शक्तिशाली सरकार बनाएर पाँच वर्ष सरकार सञ्चालनको म्यान्डेड पाएको थियो । पार्टीभित्र आन्तरिक किचलो र अहम्वादी सोंचका कारणले गुटउपगुटको अवस्था देखियो । ओलीको सर्वसत्तावादी चिन्तन र कार्यशैली पार्टीभित्र प्रिय हुन सकेन र अन्तरविरोधको बीऊ रोपियो ।

राजनीतिक दलको फुटले नागरिकहरूको मनोवल उचो हुँदैन् निराशा मात्रै बढ्छ । लोकतन्त्रलाई डो¥याउने आखिर राजनीतिक दल नै हुन् । दल बलिया भए नै जनताको आत्मबल उकासिने हो । विकास र समृद्धिमा पछाडि परेको नेपाल जस्तो देशमा कम्युनिस्ट शब्द र सपना चल्तीको विषय बन्यो । चुनावका बेला गरिने भाषण र आवश्वासनमा कम्युनिस्टले देखाउने सपना आकाशको फल जस्तो भयो ।

राजनीतिक दलको फुटले नागरिकहरूको मनोवल उचो हुँदैन् निराशा मात्रै बढ्छ । लोकतन्त्रलाई डो¥याउने आखिर राजनीतिक दल नै हुन् । दल बलिया भए नै जनताको आत्मबल उकासिने हो । विकास र समृद्धिमा पछाडि परेको नेपाल जस्तो देशमा कम्युनिस्ट शब्द र सपना चल्तीको विषय बन्यो । चुनावका बेला गरिने भाषण र आवश्वासनमा कम्युनिस्टले देखाउने सपना आकाशको फल जस्तो भयो । कम्युनिस्टको बर्को ओडे पनि चरित्र पुँजीवादी शैलीको देखियो । गरिब र सर्वहाराको सहारा कम्युनिस्टहरू कर्मनिष्ठ बन्न नसक्दा आफै मालिकमा रूपान्तरण भए ।

विभाजित दलको प्राथमिकता शक्तिस्वार्थमा भन्दा जनताको सेवामा केन्द्रित हुनुपर्छ। अन्यथा पार्टी फुट्नुको औचित्य सावित हुँदैन् । भोलि नागरिकले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानलाई स्मरण गर्ने दिनको अन्त्य चाहान्छन् । देश र जनतालाई केन्द्रमा राखेर गरिने राजनीति नै वास्तविक जनसेवा हो ।

गठबन्धन सरकारले अध्यादेश मार्फत दल विभाजनको ढोका खोलिदियो र सत्ता साझेदारीका लागि बाटो सहज बनाइदियो । विभाजित दलको प्राथमिकता शक्तिस्वार्थमा भन्दा जनताको सेवामा केन्द्रित हुनुपर्छ। अन्यथा पार्टी फुट्नुको औचित्य सावित हुँदैन् । भोलि नागरिकले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानलाई स्मरण गर्ने दिनको अन्त्य चाहान्छन् । देश र जनतालाई केन्द्रमा राखेर गरिने राजनीति नै वास्तविक जनसेवा हो । दल विभाजनमा गम्भीर सैद्धान्तिक र वैचारिक मतभेद देखिदैन केवल स्वार्थ द्वन्द्व र अहम्ले काम गरेको छ । माधव नेपाल ओलीको अत्याचारबाट मुक्त हुने सवालमा निर्णायक मोडमा उभिएर आफ्नो अडान कायम राखे । देउवालाई दिने विश्वासको मतमा उनी चुकेनन् ।

ओलीले आफ्नो ऐना महालेखा परीक्षकको प्रतिवेदनमा हेरे भने स्पष्ट हुन्छ उनको दिएका नारा कति सार्थक र सत्य सावित भए भनेर । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा कार्यकर्तालाई १५ अर्ब खर्चेर केबल नाली सफा गर्ने काम भए पनि राजनीतिकको गन्धा ढल जस्ताको जस्तै रह्यो ।

ओलीले आफ्नो ऐना महालेखा परीक्षकको प्रतिवेदनमा हेरे भने स्पष्ट हुन्छ उनको दिएका नारा कति सार्थक र सत्य सावित भए भनेर । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा कार्यकर्तालाई १५ अर्ब खर्चेर केबल नाली सफा गर्ने काम भए पनि राजनीतिकको गन्धा ढल जस्ताको जस्तै रह्यो । रातदिनको कचिङगलले अन्ततः नेकपा एमाले वैधानिक रूपमा फुट्यो तर ओली फुटेको होइन चोइटिएको हो, रुखका केही हाँगा काँटछाँट र कलमी गरेको हो भन्ने अभिव्यक्ति दिइरहेका छन् । माधव नेपाल कुण्ठामा रहनु भन्दा नयाँ पार्टीमा रमाउन चाहेको देखिन्छ ।

विचार, सिद्धान्त, नीति, अनुशासन र नेतृत्वको छवि उज्यालो बनाउन उपभोक्तावादी संस्कृतिबाट माथि उठ्नुपर्छ । ओलीले गरेका गल्ती माधव नेपालले पनि गरे भने जनताले भरोसा गर्ने छैनन् ।

विचार मिल्ने समूहसँग तालमेल र गठबन्धनले नै नेपालको शाख जोगिने छ । ‘समाजवादी’ शब्द केवल समावेशका लागि मात्रै नभएर जनहितमा अनुवाद हुनुपर्छ । विचार, सिद्धान्त, नीति, अनुशासन र नेतृत्वको छवि उज्यालो बनाउन उपभोक्तावादी संस्कृतिबाट माथि उठ्नुपर्छ । ओलीले गरेका गल्ती माधव नेपालले पनि गरे भने जनताले भरोसा गर्ने छैनन् । सुरुवाती दिनमा दलको बीऊ सानो नै हुन्छ । उद्धेश्य र कार्यदिशा सहि भयो भने भोलि पार्टीपंक्ति विशाल बन्छ नै । भारतीय जनता पार्टीले संघीय सरकारमा ३ सिट सुरक्षित गर्दा काँग्रेस आइले सोचेको थिएन भाजपाले भारतमा शासन गर्छ भनेर । आज भारतमा आरएसएसका ३ करोड भन्दा बढी नागरिक स्वयम्सेवी छन् जसले भाजपाको जग र जराको काम गरेको छ ।

माधव नेपालका लागि नयाँ पार्टी सोचे जस्तो सजिलो छैन् । काँडाघारीको यात्रा नेपालका लागि जरुर कष्ठकर नै छ । दोस्रो पुस्ताका रहर लाग्दा नेता उनको पार्टीमा आउन मञ्जुर भएनन्, ओलीकै हप्कीदप्कीमा रहन रुचाए । नेकपा एमालेको ‘व्राण्ड’ नै उनीहरूका लागि प्रिय बन्यो तर मन पीडाले पोलिरहेको यथार्थलाई नकार्न सकिदैन् ।

माधव नेपालका लागि नयाँ पार्टी सोचे जस्तो सजिलो छैन् । काँडाघारीको यात्रा नेपालका लागि जरुर कष्ठकर नै छ । दोस्रो पुस्ताका रहर लाग्दा नेता उनको पार्टीमा आउन मञ्जुर भएनन्, ओलीकै हप्कीदप्कीमा रहन रुचाए । नेकपा एमालेको ‘व्राण्ड’ नै उनीहरूका लागि प्रिय बन्यो तर मन पीडाले पोलिरहेको यथार्थलाई नकार्न सकिदैन् । पार्टीको नाममा एकीकृत शब्द झुण्डाएका नेपालले बामपन्थी धु्रवीकरणलाई आत्मसात गर्न आवश्यक छ । मिश्रित निर्वाचन प्रणालीमा स्पष्ट बहुमतको अपेक्षा कठिन छ । मूलतः पार्टीलाई भ्रष्टीकरणको बाटोबाट मुक्त गर्न सक्नु नै माधव नेपालको सामथ्र्य हुन्छ । त्यो आगामी समयले नै बताउनेछ ।

कमेन्ट्स
Loading...