काठमाडौं :
नेपाली गीत संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको म्युजिक भिडियो रिलिज हुने तयारीमा छ। शनिबार निर्माण टिमले ‘समलिङ्गी’को पोस्टर सार्वजनिक गर्दै म्युजिकल फिल्म आउन लागेको जानकारी दिएको हो।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भिडियो सार्वजनिक गर्न लागेको जानकारी दिएको छ। विगतमा पनि म्युजिकल फिल्महरु आइरहेका थिए। तर, अघिल्ला भन्दा यो भिडियो चाही अहिलेको भन्दा निकै भन्दा फरक कथा र विषय समेटेर बनाइएको निर्माण पक्षको भनाई छ। गीतमा शिरिशा पौडेलको शब्द भिम बिसीको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको छ। म्युजिकल फिल्मलाई दिनेश पराजुलीले खिचेका हुन ।

दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ भिडियोको सिलन लम्सालले सम्पादन गरिरहेका छन। थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका बसन्त सापकोटाले भिडियोलाई निर्देशनको पाटो समालेका छन्। उनले यो म्युजिकल फिल्ममा आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताए। भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी छन्। उनले यस अघि फिल्म ‘प्रेमलिला’ निर्माण तथा निर्देशन गरेकी थिइन् ।