काठमाडौं । ‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । शनिवार टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार, काठमाडौंमा अडिसन भएको भएको हो । स्टुडियो कुबेर मुख्य आयोजना तथा पेजेन्ट नेपालको सहकार्यमा भएको फेशन शोमा निर्णयकका रुपमा गीतकार, लेखक तथा समाजसेवी रोशन भट्टराई,फेशन कोरियोग्राफर तथा कार्यक्रम सञ्चालक रोजिन शाक्य तथा पेजेन्ट नेपालका अध्यक्ष तथा सञ्चारकर्मी राज लुईटेल रहेका थिए ।

अडिसनमा भाग लिएका प्रतिस्पर्धीहरुलाई हाईट, क्याट्वाक, बोलीचाली, बडी ल्यान्वेज, प्रस्तुति लगायत विभिन्न कुरा हेरेर छानिने निर्णय गरिएको कोरियोग्राफर रोजिन शाक्यले बताइन् । साथै सहभागीता जनाएका मध्ये टप १६ लाई ग्राण्ड फिनालेमा विभिन्न पहिरनमा उतारिने छन् । अहिलेको समयमा फेशन सेन्स लगायत मान्छेको व्यक्तित्वमा ठुलै असर पार्ने र हरेकमा फेशन सेन्स हुनुपर्छ र यस्तो खालको कार्यक्रमले सबैलाई फेशन नलेज दिने कुरा गीतकार तथा समाजसेवी रोशन भट्टराईले बताए ।
पहिलो चरणको अडिसनमा विभिन्न कारणले अडिसन दिन छुटेकाहरुलाई अर्को चरणको अडिसनमा सहभागी गराइने कुरा आयोजक टिमले बताए । अहिलेको विषम परिस्थितिका कारण समय अनुकुल हेरेर कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी गरिने र अहिले भने विशेष स्वास्थ्य मापदण्ड अपनाई ट्रेनिङ हुने आयोजक टिमले बताए । अहिलेसम्म गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुति सहित हामी मार्केटमा आउन लागेको कुरा आयोजक टिमले स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामाङले बताए ।