काठमाडौं :
एक वर्ष यता विभिन्न आरोप खेप्दै आएकी गायिका समिक्षा अधिकारीले जथाभावी कमेन्ट गर्नेलाई चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत नकरामत्मक कमेन्ट गर्नेलाई देशमा साइबर अपराधको कानुन रहेको भन्दै त्यस्तो कमेन्ट नगर्न चेतावनी दिएकी हुन् ।
उनले आइतबार सामाजिक सञ्जालमा लेखेकी छन्,‘आकाशमा उड्ने पन्छीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’

उनले समाजमा रहेका कमीकमजोरी कसैले नदेख्ने तर,एउटा महिलामाथीको अन्याय र विभेद नजान्ने तर, एउटा नारीको चरित्रमा प्रश्न गरेको भन्दै आममानिसप्रति प्रश्न उज्याएकी छन् ।
उनले अगाडी लेखेकी छन्,‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमीजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।’