सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मायावी’मा पल,दीपिकापछि समिमको इन्ट्री

काठमाडौं :

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’को लागि कलाकार फाइनल हुनेक्रम जारी रहेको छ। फिल्मका लागि अभिनेत्री दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् भने अरु पनि फाइनल हुने क्रम जारी रहेको छ।

निर्माण टिमले यहि फिल्मका लागि मोडल समिम खानलाई भित्राएका छन्। उनको यो डेब्यु फिल्म हो। समिम ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता हुन् । यता दीपिका र दिवाकरले यस अघि फिल्म ‘ऐश्वर्य’मा सहकार्य गरिसकेका छन् ।
फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

कमेन्ट्स
Loading...