सुचना, समाचार र मनोरन्जन

अख्तियारले अनुसन्धानमा अल्छी नगरोस्

सम्पादकीय /

‘सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने मुल नाराका साथ अख्यियारले ३३ औँ स्थापना दिवस मनाउँदै छ । आन्दोलनको राप, ताप र चापले २०४६ मा प्रजातन्त्र पुनस्थापना भएपछि संवैधानिक राजतन्त्रसहितको संविधान आयो । २०४७ माघ २८ गते भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्थापना भयो । आयोग स्थापना हुँदा जन्मिएका बालबालिका आज ३३ वर्ष भइसकेका छन् । कति त अख्यियारमा आवद्ध छन् । पञ्चायती ३० वर्षलाई कालो समय भनेका हामीले प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रका ३४ वर्षलाई उज्यालो माने पनि पारदर्शिता र सुशासन नहुँदा भ्रष्टाचार बढेको छ र सदाचार ओझेलमा परेको छ । भ्रष्टाचारको प्रभाव र असर गरिबी निवारण र विकासका मुद्धासम्म पुगेको छ । अख्तियार बाँधिएको नियन्त्रित बिरालो र मुसो मतियारका रूपमा बडेमानको हुँदैछ, जो शासकबाट संरक्षित छ । यस्तो अवस्थामा सरकारले गरेको प्रतिवद्धता र नागरिकले गर्ने प्रत्याभूतिमा तालमेल मिलेको छैन् ।

राज्य एकीकरण पश्चात् घोषित रूपमा पृथ्वीनारायण शाहले घुसको डिस्कोर्स सुरु गरे । उनको समयदेखि रोपिएको घुसखोरी र भ्रष्टाचार घटेन बनमारा झार झैं बढ्यो । शाहले भनेर गए, ‘नियाँ निसाफ विगान्र्या भन्याका घूस दिन्या र घूस खान्या हुन् । यिन दुईको धनजिब गरिलियाको पनि पाप छैन्, यी राजाका महासत्तुर हुन् । ’ सरकार भ्रष्ट र मतियारलाई साथ दिने हो भने धर्म पक्कै हुँदैन् ।

राज्य एकीकरण पश्चात् घोषित रूपमा पृथ्वीनारायण शाहले घुसको डिस्कोर्स सुरु गरे । उनको समयदेखि रोपिएको घुसखोरी र भ्रष्टाचार घटेन बनमारा झार झैं बढ्यो । शाहले भनेर गए, ‘नियाँ निसाफ विगान्र्या भन्याका घूस दिन्या र घूस खान्या हुन् । यिन दुईको धनजिब गरिलियाको पनि पाप छैन्, यी राजाका महासत्तुर हुन् । ’ सरकार भ्रष्ट र मतियारलाई साथ दिने हो भने धर्म पक्कै हुँदैन् ।

ज्ञानेन्द्र राजा भएपछि पूर्खाले झैं महावाणी दिएका थिए ‘बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन आज अन्तर्राष्ट्रिय एजेण्डा बनिसकेको छ । यसलाई हामीले राष्ट्रिय एजेण्डा बनाउनै पर्छ ।’ शासन सत्ता हातमा लिँदा उनलाई लागेको थियो भ्रष्टहरूलाई तह लगाउँछु । समयले उनलाई पत्तासाफ बनायो र भ्रष्टहरू नै सत्तामा आए ।

पूर्ववर्ती प्रधानमन्त्री शेरबहादुर देउवाले त भ्रष्टाचारको डिस्कोर्षमा शब्द समेत उच्चारण गरेनन् । सुशासन कायम गर्ने, भ्रष्टाचार न्युनीकरण गर्ने चुनौती प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको पोल्टामा परेको छ । यो अग्नि परीक्षामा उनी सफल होलान वा नहोलान उनको कार्यसम्पादनको मूल्याङ्कन इतिहासले जरुर गर्ने छ ।

जनताबाट चुनिएर शासन सत्तामा आएपछि शासकहरू आफूलाई महाराज नै ठान्छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले पनि भ्रष्टाचारलाई स्पर्श गरेको छ । उनले भ्रष्टाचारी जोसुकै भए पनि कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले भ्रष्टाचार न्युनीकरणको रणनीति लिएको जानकारी दिएका थिए । सशस्त्र प्रहरीको वार्षिकोत्सवको अवसरमा उनले भनेका थिए ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न’ ओलीको बोली जस्तै काम भएन् । उनको ‘भ्रष्टाचार नियन्त्रण हुन्छ सबै ढुक्क भए हुन्छ’ भन्ने सन्देश ‘कटन क्याण्डी’ जस्तो भयो । पूर्ववर्ती प्रधानमन्त्री शेरबहादुर देउवाले त भ्रष्टाचारको डिस्कोर्षमा शब्द समेत उच्चारण गरेनन् । सुशासन कायम गर्ने, भ्रष्टाचार न्युनीकरण गर्ने चुनौती प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको पोल्टामा परेको छ । यो अग्नि परीक्षामा उनी सफल होलान वा नहोलान उनको कार्यसम्पादनको मूल्याङ्कन इतिहासले जरुर गर्ने छ ।

प्राकृतिक र साँस्कृतिक विविधताले सम्पन्न हुँदाहुँदै पनि विश्व बैंकले सार्वजनिक गर्ने प्रतिवेदनमा नेपाल विश्वका गरिव मुलुकहरूको सूचीमा दर्ज भइरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले अध्ययन सर्वेक्षण गरी सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल नाजुक अवस्थामा छ । टिआईको वार्षिक प्रतिवदेनमा विश्वका बढी भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल सधैँ परिरहेको छ ।

राजनीतिक दल साथै नेताको आम्दानी र खर्च प्रष्ट नहुँदासम्म भ्रष्टहरू दलको दलानमा रमाइरहन्छ । पहुँचको भरमा गरिने कार्य, पदीय दुरुपयोगको जवाफदेहिता चाहेको खण्डमा श्यामश्वेतमा देखिनु पर्छ । सरकारको मातहतमा रहेको सार्वजनिक सेवा प्रवाह सन्तोष जनक छैन् । सेवाग्राहीहरू सन्तुष्ट भएको सर्वेक्षणले देखाउँदैन् । अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तलाई पनि छोड्को छैन् । शक्तिकेन्द्रका खेलाडीलाई पनि निगरानी राख्न आवश्यक छ ।

राजनीतिक दल साथै नेताको आम्दानी र खर्च प्रष्ट नहुँदासम्म भ्रष्टहरू दलको दलानमा रमाइरहन्छ । पहुँचको भरमा गरिने कार्य, पदीय दुरुपयोगको जवाफदेहिता चाहेको खण्डमा श्यामश्वेतमा देखिनु पर्छ । सरकारको मातहतमा रहेको सार्वजनिक सेवा प्रवाह सन्तोष जनक छैन् । सेवाग्राहीहरू सन्तुष्ट भएको सर्वेक्षणले देखाउँदैन् । अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तलाई पनि छोड्को छैन् । शक्तिकेन्द्रका खेलाडीलाई पनि निगरानी राख्न आवश्यक छ ।

सुशासनको जस सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले लिए पनि सरोकारवालाहरूको साथ बिर्सन मिल्दैन् । दिल्लीका केजरीवालबाट पनि भ्रष्टाचार न्युनीकरणको ज्ञान निर्माण गर्न सकिन्छ । सूचना माग्न पाउने नागरिकको हकलाई सुरक्षित गर्दै सूचना दिने हो भने पारदर्शिता बढ्छ । जसले सुशासन कायम भएको सङ्केत गर्छ । सुशासनको अवस्था सुदृढ हँुदा भ्रष्टाचार घट्दै जान्छ र नेपालको छवि सुधार हुँदै जान्छ ।

वार्षिक क्यालेण्डरमा दिवस नै दिवसको चाङ हुन्छन् । सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएपछि यसमा १ सय ९३ देश आवद्ध भए । मानवहितका लागि सदस्य सबै देशहरूले अन्तर्राष्ट्रिय कानुन, आर्थिक विकास र सामाजिक निष्पक्षतामा पुहँच पुगोस भन्ने मान्यतामा स्थापित संस्थाहरूले विभिन्न अवसरमा दिवसहरू मनाएका हुन्छन् । अख्तियारले मनाउने दिवसले चेतनास्तर बढ्ने त छँदैछ वर्षको एकखेप भएपनि जागृत हुने संस्कारको निर्माण हुन्छ । जसले समाजलाई सकारात्मक सन्देश ढिलोचाँडो दिएर छोड्छ ।

अख्तियारले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा भ्रष्टाचारविरुद्धका नागरिक समाज र सञ्चारमाध्यमसँग सहकार्य गर्न कन्जुस्याईं गर्नु हुँदैन । अख्तियारले नदेखेका कुरा नागरिक समाजले देखिरहेको हुन्छ भने अख्तियारमा नपुगेका उजुरी सञ्चार माध्यमले लेखिरहेको हुन्छ । भ्रष्टाचारीलाई खबरदारी गर्न सचेत युवाहरूको जमात पनि कामयावी हुनसक्छ । सेवाग्राहीसँग गरिने अभिमत सर्वेक्षणको अनुसन्धानमा पनि प्रभावकारी बन्छ ।

दिवसले सार्थक सन्देश पनि दिइरहेको हुन्छ । जनमनमा भ्रष्टाचारविरोधी भावना जाग्यो भने घुस खाएको पैसोमा भड्किलो व्यवहार गर्दै रफावदिने संस्कारको अन्त्य हुन्छ । सदाचारीहरूको मनोबल बढ्दै जान्छ । प्रभातफेरी र गोष्ठीमा भ्रष्ट मतिको मान्छे गएर ठूला कुरा गर्ने हिम्मत राख्दैन् । अख्तियारले आफ्नो दिवस मनाउँदा सरकारका तर्फबाट प्रतिवद्धता लिन सक्नुपर्छ । लिइएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न हिम्मत राख्नुपर्छ ।

दिवसले सार्थक सन्देश पनि दिइरहेको हुन्छ । जनमनमा भ्रष्टाचारविरोधी भावना जाग्यो भने घुस खाएको पैसोमा भड्किलो व्यवहार गर्दै रफावदिने संस्कारको अन्त्य हुन्छ । सदाचारीहरूको मनोबल बढ्दै जान्छ । प्रभातफेरी र गोष्ठीमा भ्रष्ट मतिको मान्छे गएर ठूला कुरा गर्ने हिम्मत राख्दैन् । अख्तियारले आफ्नो दिवस मनाउँदा सरकारका तर्फबाट प्रतिवद्धता लिन सक्नुपर्छ । लिइएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न हिम्मत राख्नुपर्छ । भ्रष्टलाई मानसम्मान गर्ने परिपाटीको अन्त्य अख्तियारबाटै हुनुपर्छ । यसमा सामान्य नागरिकको पनि चासो बढ्दै जान्छ । भ्रष्टहरू कोदो रोप्छन् र गहुँ थन्क्याउने सपना देख्छन् । भ्रष्टहरूको ठूलो जमातले अख्तियारको कामलाई खिल्ली उडाउने परम्पराको अन्त्य हुन्छ ।

नागरिक समाज र सञ्चारमाध्यमले अख्तियारलाई हेर्ने दृष्टिकोणमा अपनत्व आउँछ । अख्तियारमा पर्ने उजुरीको संख्यामा वृद्धि भई जनविश्वास आर्जन गर्न सजिलो हुन्छ । आयोगका आफ्नै सिमा छन् । यति हुँदाहुँदै पनि परेका उजुरी छानविन गरी केबल एउटा पत्र मात्रै काट्ने हो भने भ्रष्टाचार गर्ने व्यक्ति र संस्थाको कठालो समाए वा सो सरह हुन्छ । पदको दुरुपयोग गरी गरिएका काम बदर हुन सक्छन् । पीडितले न्याय र क्षतिपूर्ति दुवै पाउन सक्छन । आयोगले थप विश्वास आर्जन गर्ने वातावरण बन्छ ।

अख्तियारले आफ्नो ल्याकत र क्षमतालाई सक्रियतामा अनुवाद गर्नै पर्छ । पोखरीभन्दा माछा ठूला भने जग हसाइ हुन्छ । अख्तियारले साना माछालाई मात्रै होइन ठूला माछालाई उम्कन दिनु हुँदैन् । अख्तियारमा परेका चाङका चाङ उजुरी फछर््यौट गर्न अनुसन्धानको दायरा बढाउन आवश्यक छ ।

भ्रष्टाचारले मुलुकलाई नजानिँदो पारामा खोक्रो बनाउँछ । नागरिकलाई भ्रष्टमतिको तलाउमा फसाउँछ । विधिको शासन लागू गर्न, गणतन्त्रको गतिलाई अवरोध गर्न, अर्थतन्त्रमा धमिरा लाग्न, गरिबी घटाउन र रोजगारी बढाउन तगारो बनेर भ्रष्टचार देखिएको हुन्छ । अख्यियारले उपचारात्मक विधिका साथै प्रतिरोधात्मक पद्धति पनि बलियो बनाउँदै जानुपर्छ । सदाचारीको मनोबल बढाएर सार्वजनिक रूपमै भ्रष्टहरूलाई वहिष्कार गर्ने संस्कार भयो भने अख्यियारको उपादेहयता सहि सावित हुन्छ । क्रियात्मक अभियानको गतिमा प्रगति होस भन्ने नागरिकको भरोसा केबल अख्यियारमा छ । अख्तियारले आफ्नो ल्याकत र क्षमतालाई सक्रियतामा अनुवाद गर्नै पर्छ । पोखरीभन्दा माछा ठूला भने जग हसाइ हुन्छ । अख्तियारले साना माछालाई मात्रै होइन ठूला माछालाई उम्कन दिनु हुँदैन् । अख्तियारमा परेका चाङका चाङ उजुरी फछर््यौट गर्न अनुसन्धानको दायरा बढाउन आवश्यक छ । ३३ औँ अख्तियार दिवसको शुभकामना ।

Leave A Reply

Your email address will not be published.