सुचना, समाचार र मनोरन्जन

किसानको सान र धान जोगाऊ

सम्पादकीय /

मनसुन सकिएर दसैंको खुसीयाली समापन हुन नपाउँदै बेमौसी झरीले मानो खाएर मुरी उब्जाउने किसानको आँखामा आँसु छचल्किएको छ । बाढी, पहिरो र डुबानले जनधनको क्षति भएको छ । भकारीमा हाल्नु पर्ने धान माटोमा झरेको छ । धान त पानीमा डुब्यो नै तर किसानको सान नडुबोस् भनेर खबरदारी भइरहेको छ । यसघडी सरकारले किसानको मर्म बुझ्नु अपरिहार्य भएको छ । मुलुकका भूमिपुत्र किसानले उब्जाउने फसल र बालीको बीमा व्यावहारिक नहुँदा थप सास्ती खेप्नु पर्ने भएको छ भने आगामी वर्ष खाद्य सङ्कटले भोकमरी निम्त्याउने सम्भावना छ ।

अन्नको भकारी मानिने तराई डुबानमा पर्दा चामल आयात गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । किसानले यसपटक उचित क्षतिपूर्ति पाएनन् भने अन्नदाता पयायन हुने सम्भावना छ । सरकारले दिने अनुदानमा किसानभन्दा जमिन मालिक परे भने अर्को विड्म्बना हुन्छ ।

जलवायु परिवर्तनको गम्भीर असर किसानको अनुहारमा देखिएको छ । जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका लागि नेपाल रणनीति भने बनाउनै पर्छ । कुबेलाको वर्षाद्ले धानबालीलाई सत्यानाश गरेको छ। उब्जाएर खाने र किनेर खाने दुवै वर्गलाई यसले प्रत्यक्ष असर पु¥याउने छ । अन्नको भकारी मानिने तराई डुबानमा पर्दा चामल आयात गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । किसानले यसपटक उचित क्षतिपूर्ति पाएनन् भने अन्नदाता पयायन हुने सम्भावना छ । सरकारले दिने अनुदानमा किसानभन्दा जमिन मालिक परे भने अर्को विड्म्बना हुन्छ ।

काटेको धान बाढीले बगायो, निहिनको धानमा बाढी पस्यो, काट्न बाँकी धान माटोमा मिलेको छ । किसानको श्रमसँगै सपना पनि डुबानमा परेको छ । धान बेचेर जिविका चलाउने किसानलाई चामल किन्नु पर्ने चिन्ताले सताएको छ ।

British college

पश्चिमी वायुको प्रभावले, बंगालको खाडीबाट १२ वर्ष पछि अविरल वर्षा भयो । मनसुन सकिएपछिको बिरलै हुने विपत्तिको सामाना किसानले गर्नु प¥यो । लगातारको भारी वर्षा जस्तै किसानको आँखाबाट आँसुको धारा खस्यो । पानीले माटो गले जस्तै किसानको मन फतक्क गल्यो, थन्क्याउने बेलाको धान खेतमा डल्यो । बाढीपहिरो र डुबानमा परेर सयौंको ज्यान गएको छ, दर्जनौ वेपत्ता भएका छन्, धनको क्षति भएको छ भने धानको नोक्सान भएको छ । काटेको धान बाढीले बगायो, निहिनको धानमा बाढी पस्यो, काट्न बाँकी धान माटोमा मिलेको छ । किसानको श्रमसँगै सपना पनि डुबानमा परेको छ । धान बेचेर जिविका चलाउने किसानलाई चामल किन्नु पर्ने चिन्ताले सताएको छ ।

धान नेपालको प्रमुख अन्न बाली हो । धान नोक्सान हुँदा यसले अर्थतन्त्रमा जरुर असर पु¥याउने छ । खेतमा डलेको धान अविलम्ब उठाएर ओभानो ठाउँमा राखेर कुहिनबाट जोगाउने पहल थालीहाल्नु पर्छ नत्र भोलि भोकसँग लड्ने थाली खाली हुन सक्छ । कोरोना कहर मत्थर भएको छैन् । अर्थतन्त्र अझै शिथिल छ । प्राकृतिक विपत्तिको कहरले किसानलाई सास्ती थपेको छ । बेमौसी वर्षाले ७ अर्ब बराबरको धानबाली नोक्सान भइसकेको प्रारम्भिक तथ्याङ्क छ । ९३ हजार ५ सय ७६ हेक्टर जमिनको धान वर्षाद्का कारण नष्ट हुँदा खाद्य संकटको जोखिम बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको सार्वजनिक सूचना फेल खायो । मौसमसम्बन्धी दैनिक बुटेलिन ननिकाल्दा सूचनामा किसानको पहुँच पुगेन । मौसम पूर्वानुमान महाशाखा दसैं रमझममा रमाउँदा चिप्लिएको छ । विभागले समयमै किसानलाई सूचना दिने संयन्त्रको टड्कारो खाँचो छ ।

प्राकृतिक विपत्ति टारेर टर्दैन तर किसानको बाली नोक्सान हुँदा क्षतिपूर्ति र राहत दिनै पर्छ । बाली बीमालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्कटमा साथ दिन सरकारले कन्जुस्याईं गर्नु हुँदैन् । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सार्वजनिक सूचना फेल खायो । मौसमसम्बन्धी दैनिक बुटेलिन ननिकाल्दा सूचनामा किसानको पहुँच पुगेन । मौसम पूर्वानुमान महाशाखा दसैं रमझममा रमाउँदा चिप्लिएको छ । विभागले समयमै किसानलाई सूचना दिने संयन्त्रको टड्कारो खाँचो छ । ऐन मौकामा सूचनाको सही विश्लेषण नगर्ने हो भने भविष्यमा कृषि क्षेत्रले अझ् ठूलो समस्या झेल्नुपर्छ । कुरा र कागजमा मात्रै किसानका मुद्धा सीमित हुँदा कामयावी बन्न सकेको छैन् । उत्पादन बढाउन र खेतीमा भरोसा राख्ने किसान लक्षित कार्यक्रम अविलम्व सुरुवात गर्नुपर्छ ।

सरकारी कोषबाट गरिने सहयोगमा दूरुपयोग हुने खतरा छ, समयमै निगरानी राख्नुपर्छ । पीडितले पाउनु पर्ने सहयोग विचौलियाको पोल्टामा नजाओस भन्नेभा सजग हुनुपर्छ ।

सरकारी सुस्ततालाई चुस्तदुरुस्त बनाउनुपर्छ । ढिलासुस्तीले किसानलाई थप हानी हुन्छ । सरकारी कोषबाट गरिने सहयोगमा दूरुपयोग हुने खतरा छ, समयमै निगरानी राख्नुपर्छ । पीडितले पाउनु पर्ने सहयोग विचौलियाको पोल्टामा नजाओस भन्नेभा सजग हुनुपर्छ । मुलुकभरिको क्षतिको विवरण सङ्कलन गरेर किसानको अभिभावकत्व सरकारले लिनुपर्छ । भावी दिनमा विपत्तिसँग सामना गर्ने सकारात्मक पहलको आरम्भ गर्न अपरिहार्य छ । किसान आयोग यो बेला सक्रिय र चनाखो हुनुपर्छ । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पनि छ भन्ने कुराको प्रत्याभूति किसानलाई दिनुपर्छ । विपद् व्यवस्थापन परिषद्ले तत्काल प्रभावकारी राहत वितरणमा ध्यान दिनुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशन अक्षरस पालना गर्न आनकान गर्नु हुँदैन । प्रभावित क्षत्रेमा हेलिकोप्टर उडान र निरीक्षणले मात्रै राज्यको दायित्व पूरा हुँदैन, किसानको आँसु रोकिदैन, तत्काल राहतको व्यवस्था गर्नुपर्छ । यसका लागि तीन तहकै सरकारले एकीकृत कार्ययोजना बनाउनुपर्छ । किसानको सान खस्कियो भने सत्ताको साख पनि गिर्छ । किसानलाई सरकार छ भन्ने कुराको प्रत्याभूति अविलम्व दिलाऊ ।

कमेन्ट्स
Loading...