सुचना, समाचार र मनोरन्जन

जनगणनाको गौरव : यथार्थको खाँचो

सम्पादकीय /

यतिबेला मुलुकमा जनगणनाको माहोल छ । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना गौरवको विषय पनि हो । वि.सं. १९६८ देखि सुरु भएको जनगणनाको यो १२ औं संस्करण हो । संघीयतापछिको पहिलो भएकाले पनि यसको महत्व छ । ७ वटा प्रदेशका ७ सय ५३ स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरिने छ । ‘मेरो गणना, मेरो सहभागिताको नारा तय गरेर कात्र्तिक २५ देखि सुरु भएको जनगणना मंसिर ९ सम्म चल्ने छ । ३९ हजार गणक, ८ हजार ५ सय सुपरीवेक्षक तथ्याङ्क सङ्कलन र व्यवस्थापनमा सक्रिय छन् । गत भदौ ३० गतेदेखि कात्र्तिक १८ सम्म घरपरिवार सूचीकरण गरिएको आधारमा जनगणना कार्य थालनी भएको छ । सूचीकरणमा छुटेका घरपरिवारलाई समेट्नु यसको अर्को पाटो हो । प्रत्येक परिवारलाई आर्थिक सामाजिक स्थितिबारे ८० प्रश्न सोधिने छ । सोधिएका प्रश्नलाई उत्तर दिन २० मिनेट जति लाग्ने छ । यसलाई झन्झट र झर्को नमानी उत्तर दिनु असल नागरिकको कर्तव्य हो।

राज्यले प्रदान गरेको सुविधा जन्म, मृत्यु, वसाइसराई, भाषा, धर्म, पेशा, रोजगारी लगायतका विषयमा सोधिने प्रश्नमा यथार्थ र वास्तविक उत्तरको खाँचो छ । असल नागरिकले यसको मर्मलाई आत्मसात गर्न जरुरी छ । जनगणनाको अभियानले नागरिक र राज्य दुवैलाई फाइदा पुग्छ । सूचना दिन कन्जुस्याईं नगरौं, प्राप्त सूचनालाई सही तरिकाले विश्लेषण गरौं भन्नेमा जोड दिनुपर्छ । जसले ३ कोटी नेपालीको सान र स्वाभिमान अझ् उचो हुनेछ । जनगणनाले जनसंख्याको नयाँ चित्र प्रस्तुत गर्नेछ भने विकासको योजना र नीति निर्माण गर्न पनि सहयोग पु¥याउने छ । मानव पुँजीको संरक्षणमा यसले महत्व राख्छ । मुलुकबाहिर कति नागरिक छन् र मुलुकभित्र कति नागरिक छन् भन्ने गणितीय उत्तर यसले दिने छ।

लोकतान्त्रिक मुलुकले जनसंख्या र घरधुरीको यथार्थलाई आत्मसात गरेको हुन्छ । शासन व्यवस्था र प्रणाली निर्माणमा पनि यसले सहयोग गरेको हुन्छ । संविधानमा नै समावेशी र समानुपातिक प्रतिनिधित्वलाई केन्द्रमा राखिएकाले विवरणले चुनाव र शासन व्यवस्थामा निर्णायक भूमिका खेलेको हुन्छ ।

PCCi MELa

राणा शासनको बेला सुरु गरिएको जनगणना ३० वर्षे पञ्चायती व्यवस्था र ३० वर्षे लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा अभ्यासमा चलिरहेको छ । हिजोका दिनमा यसलाई कम महत्वका रूपमा लिइए पनि आजको सूचना प्रविधि र डाटा बैंकको अवधारणासम्म आइपुग्दा फरक कोणबाट जनगणनालाई हेरिएको छ । लोकतान्त्रिक मुलुकले जनसंख्या र घरधुरीको यथार्थलाई आत्मसात गरेको हुन्छ । शासन व्यवस्था र प्रणाली निर्माणमा पनि यसले सहयोग गरेको हुन्छ । संविधानमा नै समावेशी र समानुपातिक प्रतिनिधित्वलाई केन्द्रमा राखिएकाले विवरणले चुनाव र शासन व्यवस्थामा निर्णायक भूमिका खेलेको हुन्छ ।

शीलत निवास पुगेको गणक दूरदराजका झुपडीमा पनि मुस्कान सहित पुग्नु पर्छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्मको तथ्याङ्क संकलनमा भारतीय पक्षसँग समन्वय गर्नुपर्छ । यसपटक प्राप्त तथ्याङ्कलाई सूचनाप्रणालीको मद्धतले यथार्थमा रुपान्तरण गर्नेछ ।

केन्द्रीय तथ्याङ्क विभागलाई जनगणनाले प्रतिवेदन मात्रै होइन मानव पुँजीको तथ्य पनि दिएको हुन्छ । शीलत निवास पुगेको गणक दूरदराजका झुपडीमा पनि मुस्कान सहित पुग्नु पर्छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्मको तथ्याङ्क संकलनमा भारतीय पक्षसँग समन्वय गर्नुपर्छ । यसपटक प्राप्त तथ्याङ्कलाई सूचनाप्रणालीको मद्धतले यथार्थमा रुपान्तरण गर्नेछ । राजधानीमा डिजिटल पद्धतिमा आधारित ट्यावलेट कम्प्युटरको प्रयोगले सहजता ल्याएको छ । राजधानी बाहिरको कागजी प्रश्नवली विधिले दस्तावेजीकरणमा मद्धत पु¥याउने छ । नेपालको राष्ट्रिय जनगणनाले भाषिक गणनालाई पनि समेटेको छ । बहुजाति, बुहभाषी, बहुधर्म भएको मुलुकलाई योजनाको खाका कोर्न जरुर सहयोग गर्ने छ । २०६८ को जनगणनाअनुसार १ सय २३ भाषा रहे पनि भाषा आयोगले ८ वटा थपेको छ । गणनामा नसमेटिएका नागरिक कहाँ के गर्दै छन् भन्ने तथ्याङ्क अपुरो भयो भने विकास योजनामा बाधा पर्छ ।

मुलुकभर एकैसाथ जनसंख्याको विवरण लिँदा सही तथ्याङ्क आए मात्रै यो कामयावी हुन्छ । नत्र राज्यको ढुकुटीबाट हुने खर्चको वर्वादी हुन्छ । धमिलो पानीमा माछा मार्न उद्यत समूहले धार्मिक आस्था, भाषा, संस्कृति र राजनीतिक लाभका लागि जनगणनामा गलत तथ्य प्रवेश गराउने चेष्टा गरेका हुन्छन् । गणकहरू यसमा सचेत रहनुपर्छ भने घुसपैठलाई खारेज गर्नुपर्छ । तथ्याङ्क केवल तथ्याङ्क मात्रै नभएर राष्ट्रिय विकास र नागरिकको हितका लागि उपयोगी हुनुपर्छ ।

जनगणनाको यथार्थ विवरणमा गणकहरूको महत्वपूर्ण भूमिका हुनेछ । सरकारी काम हो भनेर सामान्य रुपमा लिँदा गम्भीर असर पुग्न सक्छ । ६ हजार ७ सय ४३ वडाबाट आभारभूत जानकारी प्राप्त हुनेछन् । ५० हजार जनशक्तिले १५ दिनमा कार्यसम्पादन गर्न चुनौती छ । मुलुकभर एकैसाथ जनसंख्याको विवरण लिँदा सही तथ्याङ्क आए मात्रै यो कामयावी हुन्छ । नत्र राज्यको ढुकुटीबाट हुने खर्चको वर्वादी हुन्छ । धमिलो पानीमा माछा मार्न उद्यत समूहले धार्मिक आस्था, भाषा, संस्कृति र राजनीतिक लाभका लागि जनगणनामा गलत तथ्य प्रवेश गराउने चेष्टा गरेका हुन्छन् । गणकहरू यसमा सचेत रहनुपर्छ भने घुसपैठलाई खारेज गर्नुपर्छ । तथ्याङ्क केवल तथ्याङ्क मात्रै नभएर राष्ट्रिय विकास र नागरिकको हितका लागि उपयोगी हुनुपर्छ ।

गणकले लिएका विवरण गोप्य रहने हुँदा सही जानकारी दिनु नै असल नागरिकको पहिचान हो । सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्प राखिने भएकाले नागरिक ढुक्क हुनुपर्छ । गणकले सरकारी काम मानेर छलछाम नगरी गर्वको विषय हो भनेर आत्मसात गर्नुपर्छ । तालिम प्राप्त गणकको इमान्दारिताले तथ्यलाई सत्यमा रूपान्तरण गर्न मद्धत पुग्छ । कार्यसम्पादन प्रक्रिया चुस्तदुरुस्त रहँदा नै जनगणनाको गौरव चुलिन्छ । यो मुलुकका लागि महाअभियान र महायज्ञ हो ।

कमेन्ट्स
Loading...