सम्पादकीय /
नेपालको राजनीतिक इतिहासमा विरासत बोकेको पार्टी नेपाली काँग्रेस १४ औं महाधिवेशनको माहोलमा छ । राजधानी काठमाडौंमा चिसो बढे पनि देशै भरका काँगेसीजनको जमघटले तातेको छ । राता झण्डाले रंगिएको छ । महाधिवेशनस्थल भृकुटीमण्डप नेतृत्व आकाङ्क्षीका तुलव्यानर झकिझकाउ छ । सञ्चार माध्यम काँग्रेसमय भएको छ । काँग्रेस जर्मुराएको भान भएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मन्त्रलाई आत्मसात गर्दै लय र लिपिमा अगाडि बढेर जनताको अपेक्षा र सपना पूरा गर्नु पर्ने दायित्व छ । काँग्रेसले केबल कुरा मात्रै गरेर कामयावी हुने छैन काम नै गर्नु अपरिहार्य छ । मुलकले संघीयताको बाटोमा यात्रा गरिरहेको छ । तिनै तहका संरचनामा काँग्रेसले आफूलाई हिँडाएको छ । महाधिवेशनपछिको नयाँ नेतृत्वले पार्टीको क्रियाशीलता र गतिशीलतालाई बढाउनु पर्छ ।
वडादेखि केन्द्रसम्मको आन्तरिक चुनावमा काँग्रेसका आकांक्षीहरू भिड्दा घातप्रतिघात र अन्तरघातको कुरा फेरि उठ्यो । काँग्रेसका लागि यो खानदानी रोग नै भएको छ । विपक्षी दलले भन्दा पनि गुट उपगुटले नै काँग्रेसलाई कमजोर बनाएको ठहर विगतदेखिको हो । महाधिवेशनले पार्टीको नीति सिद्धान्तमा घनीभूत बहस गरेर आगामी कार्यदिशा तय गर्नुपर्ने हो यद्यपि अनुहार छान्नमै व्यस्तता बढेको छ । नेतृत्वय चयन व्यक्ति केन्द्रित हुँदा काँग्रेसको मूल मुद्धा ओझेलमा पर्ने संकेत देखिएको छ । १ सय ३४ पदका लागि आकांक्षीहरूको भीड नै लागेको छ । आस्था र इमानका प्रतीक ठानिएका निष्ठावान काँग्रेसलाई यो भीडले अगाडि जान रोक्ने संकेत देखिएको छ ।
यसपटकको महाधिवेशनमा सभापतिसहित कार्यसमितिमा कडा आन्तरिक प्रतिस्पर्धा हुँदैछ । जसले अबका तिनै वटा निर्वाचनलाई केन्द्रमा राखेको छ । वडादेखि केन्द्रसम्मको आन्तरिक चुनावमा काँग्रेसका आकांक्षीहरू भिड्दा घातप्रतिघात र अन्तरघातको कुरा फेरि उठ्यो । काँग्रेसका लागि यो खानदानी रोग नै भएको छ । विपक्षी दलले भन्दा पनि गुट उपगुटले नै काँग्रेसलाई कमजोर बनाएको ठहर विगतदेखिको हो । महाधिवेशनले पार्टीको नीति सिद्धान्तमा घनीभूत बहस गरेर आगामी कार्यदिशा तय गर्नुपर्ने हो यद्यपि अनुहार छान्नमै व्यस्तता बढेको छ । नेतृत्वय चयन व्यक्ति केन्द्रित हुँदा काँग्रेसको मूल मुद्धा ओझेलमा पर्ने संकेत देखिएको छ । १ सय ३४ पदका लागि आकांक्षीहरूको भीड नै लागेको छ । आस्था र इमानका प्रतीक ठानिएका निष्ठावान काँग्रेसलाई यो भीडले अगाडि जान रोक्ने संकेत देखिएको छ । प्रजातान्त्रिक संस्कार भएको काँग्रेसले आन्तरिक प्रतिस्पर्धामा सज्जन र अब्बल नेता गुमाउने छ । पार्टीका लागि लडेका खटेकाहरू पाखा पारिदाँ फेरि पाँच वर्ष कुर्नु पर्ने हुन्छ । काँग्रेसमा रूपान्तरण र परिवर्तनको खाँचो छ । युवाहरूले ऐन मौकामा सचेत हस्तक्षेप गर्न सके काँग्रेस क्रियात्मक अभियानमा अगाडि बढ्न सक्छ ।
लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएमा काँग्रेसको अस्तित्व धरापमा पर्छ र प्रजा परिषद्को तहमा झर्छ । आफ्नो गरिमाको ग्राफ काँग्रेस आफैले उचो बनाउने हो त्यसैले पार्टीभित्रका झिनामसिना विवादलाई टुङ्गोमा पु¥याएर एउटा शक्तिशाली पार्टी बनोस् । पार्टी बलियो भयो भने नै सरकार र सत्तामा पुगेर आफ्ना योजना कार्यान्वयन गर्न सजिलो हुन्छ । अग्रजको त्याग र सपनालाई काँग्रेसले सदासदा स्मरण गरिरहनुपर्छ । गठबन्धन सरकारको नेतृत्व लिएको काँग्रेसले पार्टीभित्रको गठनबन्धनलाई पनि सहमति र सहकार्यका आधारमा बलियो बनाउनु आजको आवश्यकता हो । नेपाली काँग्रेस राजनीतिको अगुवा र मियो बन्यो भने नै काँग्रसीजनको उत्साह र उमङ्ग चुलिने छ । सिद्धान्त र व्यवहारमा तालमेल काँग्रेसले खोज्नै पर्छ । काँग्रेसले बाटो विराउँदा नेपाली नागरिकलाई नै नोक्सान हुन्छ ।
संघीयता र गणतन्त्र रक्षाका लागि पनि आफ्नो बलियो उपस्थिति देखाउन आवश्यक छ । जसले गर्दा काँग्रेसलाई अझ् जीवन्त पार्टीका रूपमा परिचित गराउने छ । लोकतन्त्रमाथि विभिन्न प्रकारले प्रहार भइरहेको अवस्थामा काँग्रेसले मुक्काविला गर्ने हिम्मत जुटाउनुपर्छ । नत्र फेरि काँग्रेसले लोकतन्त्रकै लागि अर्को संघर्ष गर्नुपर्ने हुन्छ ।
देशको पुरानो र क्षमतावान पार्टी नेपाली काँग्रेसले कागजी अवधारण मात्रै होइन अनुभूति हुनेगरी काम गरेर देखाउन आवश्यक छ । मुलुकले भोगेका समस्याबाट काँग्रेस बेखबर हुनु हुँदैन । जनताको अधिकारसँगै समृद्धिका लागि संविधानको परिपालना गर्नु पनि काँग्रेसको दायित्व हो । संघीयता र गणतन्त्र रक्षाका लागि पनि आफ्नो बलियो उपस्थिति देखाउन आवश्यक छ । जसले गर्दा काँग्रेसलाई अझ् जीवन्त पार्टीका रूपमा परिचित गराउने छ । लोकतन्त्रमाथि विभिन्न प्रकारले प्रहार भइरहेको अवस्थामा काँग्रेसले मुक्काविला गर्ने हिम्मत जुटाउनुपर्छ । नत्र फेरि काँग्रेसले लोकतन्त्रकै लागि अर्को संघर्ष गर्नुपर्ने हुन्छ । विसङ्गत संसदीय अभ्यासलाई शुद्धीकरण गर्नका लागि पनि काँग्रेसको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैल भावी योजनालाई संस्थागत गरेर काँग्रेस एक ढिक्का भएर आउनु नै मुलुक र नागरिकका लागि भलो हुन्छ । १४ औं महाधिवेशनले काँग्रेसलाई आशा लाग्दो, भरोस लाग्दो र रहर लाग्दो पार्टी बनाएर राजनीतिक सेवा गरोस । विवाद कम र सहमति बढी गर्दै काँग्रेसले काम गरोस् हार्दिक शुभकामना ।
