सुचना, समाचार र मनोरन्जन

आलोक प्रवृत्तिबाट माओवादी माथि उठ्नै पर्छ

सम्पादीयक /

नेकपा माओवादी केन्द्र मूलधारको राजनीतिमा ब्राण्ड बने पनि पार्टी भित्रको अन्तरसंघर्ष जारी छ । अध्यक्ष प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ विषयक ३१ पृष्ठको प्रतिवेदन पारित भए पनि ज्वलन्त प्रश्नहरूको सम्बोधन भएको छैन् । उनी आफू बदलिन्छु भन्ने अडानमा छन् । यो अन्तिम मौका गुम्न दिने छैन भन्नेमा उनी प्रतिवद्ध रहेको देखिन्छ । माओवादीले चुनावपछि विशेष महाधिवेशनको बाटो समातेको छ । गम्भीर बहससँगै विचारको विकास गर्छौ भनेर प्रचण्डले पार पाएका छन्।

नेपालका लगभग सबै दलले आफ्नो अधिवेशन सम्पन्न गर्दा माओवादीले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरिदियो । महाधिवेशनले विचार भन्दा पनि व्यक्ति छान्न लागेको आभास दियो । प्रचण्डलाई टक्कर दिने ल्याकत पार्टी भित्र नरहेको कारण प्रचण्ड नै अध्यक्ष रहने निश्चित छ । आन्तरिक प्रतिस्पर्धा र निर्वाचनबाट केन्द्रीय समिति छानेर पदाधिकारीको छिनोफानो हुने लाइनमा माओवादी उभिएको छ । माओवादीले आफ्नौ वैचारिक धरातल कमजोर बनाउँदै गर्दा शान्तिप्रक्रिया पछिको ठूलो पार्टी तेस्रोमा दर्ज भएको छ । पार्टीमा नीतिभन्दा नेता हावी भएको स्पष्ट देखिन्छ । हावी भएका नेताको व्यवस्थापनमा समय खर्चिदा मूल मुद्धा ओझेलमा परेको छ।

व्यक्तिवादी चिन्तन हावी हुँदा सामूहिक भावनाको अन्त्य हुन्छ । विलासिताका साधन छोडेर, फेरि कच्चीबाटोमा कष्टकर यात्राका लागि कार्यकर्तालाई मञ्जुर बनाउन प्रचण्डलाई हम्मेहम्मे हुन्छ । स्यायी कमिटी सदस्य राम कार्कीको पूरक प्रतिवेदन र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको फरक मतलाई प्रचण्डले स्वीकार गरे पनि छिनोफानो अधुरो नै रहेको छ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउने हुँदा १५ सदस्यीय पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने छन्।

एकपटक बजारको झिलिमिलीमा पुलाउ र मासु खाएकाहरू फेरि जनताको घरआँगनमा गएर ढिँडो र गुन्द्रुकको स्वादमा रमाएर पार्टीको जग र जरा बलियो बनाउन धेरै कठिनाइ छ । उपभोक्तावादी र पुँजीवादी संस्कृतिको दलदलमा भासिएको नेतृत्वले फेरि चाहे जस्तो जनताका माझमा पुगेर काम गर्न जटिल छ । नाफाखोरको चङ्गुलमा परेको पार्टी गैरनाफामुखी भएर जनताको सेवामा लाग्दैछ भन्ने सन्देश पत्याउने खालको छैन्।

प्रचण्डले जनयुद्धको आवरणमा कम्युनिज्मको प्रशिक्षण दिए । बहुलवादी समाजमा आफ्ना कार्यकर्ता र नेतृत्व रमाउँदा साँस्कृतिक विचलनको खतरा जस्ताको जस्तै छ । रूपान्तरणको सवाल गम्भीर बनेको छ। एकपटक बजारको झिलिमिलीमा पुलाउ र मासु खाएकाहरू फेरि जनताको घरआँगनमा गएर ढिँडो र गुन्द्रुकको स्वादमा रमाएर पार्टीको जग र जरा बलियो बनाउन धेरै कठिनाइ छ । उपभोक्तावादी र पुँजीवादी संस्कृतिको दलदलमा भासिएको नेतृत्वले फेरि चाहे जस्तो जनताका माझमा पुगेर काम गर्न जटिल छ । नाफाखोरको चङ्गुलमा परेको पार्टी गैरनाफामुखी भएर जनताको सेवामा लाग्दैछ भन्ने सन्देश पत्याउने खालको छैन्।

नेपाली राजनीतिमा जडसूत्रवादी चिन्तनको व्यापक विरोध गर्ने माओवादीलाई अहिले सकस भएको छ यथास्थितिमै रमाउने कि रूपान्तरणको कार्यदिशा समात्ने । आन्तरिक लोकतन्त्रको अभ्यस माओवादीका लागि प्रिय होइन र पनि जबरजस्त लागिरहेको छ । ३० वर्षसम्म पार्टीको अनवरत नेतृत्व गर्दा दोस्रो पुस्तालाई हस्तान्तरण गर्न उनी अझै राजी छैनन् । अझै केही वर्ष पार्टीमा आफ्नो आवश्यकता रहेको जिकिर गरिरहेका छन्।

सर्वहाराको पार्टी भन्ने माओवादी धनाढ्य हुँदा निमुखा जनता झन्झन् गरिब देखिएका छन् ।नेताहरूको सम्पत्ति छानविनको आवाज मात्रै होइन प्रश्न नै उठेको छ । नेताहरूको विलासीपूर्ण जीवन शैली, तडकभडक, रवाफिलो हाउभाउ, भोगविलास, रातापिरा चेहरा हेर्दा कालो धनको हावी भएको प्रष्ट हुन्छ । नेतृत्वको यस्तो काइदा देखिपछि खर्च गर्ने पैसा कहाँबाट आयो ? भनेर हाक्काहाक्की प्रश्न गर्ने प्रतिनिधिहरूलाई नमन गर्नै पर्छ । लुटको धनमा रजाईँ गर्ने नेतालाई खबरदारी गर्नु जायज छ । नेताको सम्पत्ति छानविनका लागि आयोग गठन हुने तर आयोगको प्रतिवेदन सार्वजनिक नहुने सनातन रोग माओवादीमा पनि छ ।

सर्वहाराको पार्टी भन्ने माओवादी धनाढ्य हुँदा निमुखा जनता झन्झन् गरिब देखिएका छन् ।नेताहरूको सम्पत्ति छानविनको आवाज मात्रै होइन प्रश्न नै उठेको छ । नेताहरूको विलासीपूर्ण जीवन शैली, तडकभडक, रवाफिलो हाउभाउ, भोगविलास, रातापिरा चेहरा हेर्दा कालो धनको हावी भएको प्रष्ट हुन्छ । नेतृत्वको यस्तो काइदा देखिपछि खर्च गर्ने पैसा कहाँबाट आयो ? भनेर हाक्काहाक्की प्रश्न गर्ने प्रतिनिधिहरूलाई नमन गर्नै पर्छ । लुटको धनमा रजाईँ गर्ने नेतालाई खबरदारी गर्नु जायज छ । नेताको सम्पत्ति छानविनका लागि आयोग गठन हुने तर आयोगको प्रतिवेदन सार्वजनिक नहुने सनातन रोग माओवादीमा पनि छ । पार्टी र नेता पारदर्शी मात्रै भइदिने हो भने सुशासनको भाषण गर्नै पर्दैन । नागरिकले व्यवहार देखेर नै पत्याउन सक्ने वातावरणको आवश्यकता छ । प्रतिनिधिले उठान गरेका विषय विर्सनु हुँदैन ढापछोपको लोकाचार फगत पानीको फोका जस्तो मात्रै हुनेछ । तसर्थ पार्टीले नै कुन नेताको सम्पत्ति कहाँ र कति छ स्पष्ट पार्नु अत्यन्त आवश्यक छ।

खेती, पेशा व्यवसाय, उद्यम, जागिरनोकरी केही नदेखिने तर अकुत सम्पत्ति देखिएको अवस्थालाई गम्भीर रूपमा वहस गरी विश्लेषण गर्न आवश्यक छ । अस्वभाविक आर्जनको स्रोत कहाँ र कुन समूहसँगको साँठगाँठमा आधारित छ खुलाउने ल्याकत राख्नुपर्छ । संदिग्ध सङ्गत र सतसङले पनि माओवादीलाई आलोच्य बनाएको तथ्य विर्सन मिल्दैन् ।

आम्दानीको स्रोत नदेखिने तर विलासीपूर्ण जीवन शैलीको खर्च देखिने परिपाटीका लागि माओवादीले विशेष कदम चालेर पार्टीकरण गर्न लाज मान्नु पर्दैन् । खेती, पेशा व्यवसाय, उद्यम, जागिरनोकरी केही नदेखिने तर अकुत सम्पत्ति देखिएको अवस्थालाई गम्भीर रूपमा वहस गरी विश्लेषण गर्न आवश्यक छ । अस्वभाविक आर्जनको स्रोत कहाँ र कुन समूहसँगको साँठगाँठमा आधारित छ खुलाउने ल्याकत राख्नुपर्छ । संदिग्ध सङ्गत र सतसङले पनि माओवादीलाई आलोच्य बनाएको तथ्य विर्सन मिल्दैन् । मुलुकमा भ्रष्टाचार बढ्नुको मूल कारण नै दल, नेता र तिनीहरूको सम्पत्ति जाँचबुझ नहुनु हो।

आलोक प्रवृत्ति पार्टीभित्र रहँदासम्म विलचनको खतरा रहिरहन्छ । नेतृत्व शुद्धीकरण नभइ कार्यकर्तामा सुधार आउँदैन् । नेतृत्व र कार्यकर्ताले आत्मसमीक्षा गर्ने घडी नै महाधिवेशन हो । मुख्य कुरा संस्कार, संस्कृति र सभ्यता निर्माणमा प्रतिनिधिहरूले चर्को खबरदारी गर्दै धुमिल छवि भएका नेतालाई स्वत खारेज र वहिष्कार गर्ने हैषियत राख्नुपर्छ।

सशस्त्र क्रान्ति र आन्दोलनबाट उदय भएको माओवादी संसदीय राजनीतिमा तेस्रो ठूलो दलका रूपमा सत्ता गठबन्धनमा आवद्ध भएर सरकारमा सामेल छ । आलोक प्रवृत्ति पार्टीभित्र रहँदासम्म विलचनको खतरा रहिरहन्छ । नेतृत्व शुद्धीकरण नभइ कार्यकर्तामा सुधार आउँदैन् । नेतृत्व र कार्यकर्ताले आत्मसमीक्षा गर्ने घडी नै महाधिवेशन हो । मुख्य कुरा संस्कार, संस्कृति र सभ्यता निर्माणमा प्रतिनिधिहरूले चर्को खबरदारी गर्दै धुमिल छवि भएका नेतालाई स्वत खारेज र वहिष्कार गर्ने हैषियत राख्नुपर्छ।

सिद्धान्तलाई व्यवहारमा लागू गर्न माओवादी चुक्दा सशस्त्र द्वन्द्व र आन्दोलनबाट आर्जित शक्ति सन्तुलनमा राख्न सकेन । माओवादीले तय गरेको नारा सारा जनतालाई ज्ञात नै छ । नारा बमोजिमको कार्यदिशा तय नहुँदा भीरमा फलेको फर्सी जस्तो सावित भएको छ । परिवर्तनको सपना देखाएको माओवादीले आफैलाई परिवर्तन नगरी राज्य संयन्त्र, शासकीय प्रणाली र जनजीविकाका सवाललाई सम्बोधन गर्न सक्दैन। महाधिवेशन प्रतिनिधिले रूपान्तरणको बाटो रोज्दा नै राजनीतिक पार्टी हुनको गौरव गर्न माओवादी लायक हुनेछ । आफू उभिएको धरातलमा विश्वास गर्न सक्ने शक्ति माओवादीले प्राप्त गरेमा नै देश र जनताका लागि उठाएको सवाल सार्थक हुन्छ । माओको मूल सिद्धान्त र हिजोको इतिहासबाट माओवादीले पाठ सिक्न ढिलो गर्नु हुँदैन् । आठौं महाधिवेशनले नीतिलाई आत्मसात गर्ने सदाचार नेतृत्व चयन गरोस् हार्दिक शुभकामना।

कमेन्ट्स
Loading...