सुचना, समाचार र मनोरन्जन

चुनावको मिति तयले स्थानीय तहमा तरङ्ग

सम्पादकीय /

गठबन्धन सरकारले चौतर्फी दवावपछि स्थानीय तहको चुनाव २०७९ वैशाख ३० गते गर्ने तय गरेपछि स्थानीय तहमा तरङ्ग सिर्जना भएको छ । चुनाव हुने घोषणा भएपछि जनप्रितिनिधिमा आफूलाई प्रस्तुत गर्ने लहर सुरु भएको छ । गठबन्धन सरकारको यो निर्णयले नागरिक उत्साहित छन् । सरकारको यो कदम तारिफ योग्य छ । कमसे कम स्थानीय सरकारमा कस्ता जनप्रतिनिधि पठाउने भन्ने सवालमा वहस सुरु हुन थालेको छ । राजनीतिक दलभन्दा नियत र निर्णय क्षमतालाई हेर्नुपर्ने आवाज उठेको छ । पटकपटक गल्ती गर्नुभन्दा अटेरी अठोट गर्ने दवाव समूहको स्वतन्त्र उम्मेद्वारी घोषण हुन थालेका छन् । २०७४ को स्थानीय तहको चुनाव ७ सय ५३ पालिकामा भएको थियो । अब थपिएका ९ वटा पालिकामा पनि चुनाव हुनुपर्छ । यसलाई राजनीतिक नेतृत्वले सुझबुझका साथ कार्यसम्पादन गर्नुपर्छ । संघीयताको सुरुवाती अभ्यासले जनतालाई अधिकार दिएको भान भएको छ।

राजनीतिक दलको दोहोरो चरित्र र नेतृत्वको छेपारे प्रवृत्तिलाई यसपटकको स्थानीय तहको चुनावले पाठ पढाउने सम्भावना छ । मतदाता अब दलका दास मात्रै होइन नकि बधुवा चौपाय । आवारणमा राष्ट्रवाद देखाउने, लोकतन्त्रको भजन गाइरहने, जनजीविकाको सवाल भाषणमा मात्रै सीमित राख्ने सिद्धान्त र आदर्शलाई झट्का दिनसक्ने सम्भावना छ ।

राजनीतिक दलको दोहोरो चरित्र र नेतृत्वको छेपारे प्रवृत्तिलाई यसपटकको स्थानीय तहको चुनावले पाठ पढाउने सम्भावना छ । मतदाता अब दलका दास मात्रै होइन नकि बधुवा चौपाय। आवारणमा राष्ट्रवाद देखाउने, लोकतन्त्रको भजन गाइरहने, जनजीविकाको सवाल भाषणमा मात्रै सीमित राख्ने सिद्धान्त र आदर्शलाई झट्का दिनसक्ने सम्भावना छ । पटकपटक राजनीतिक पार्टी नागरिकका आँखामा धुलो हालेका छन् । महामारी र संकटका बेला जनताको घर आँगन नपुगेका नेता र कार्यकर्ता यसपटक फेरि जाँदै छन् । उनीहरूले जनतालाई कस्तो आस्वासन र नारा देलान त्यो हेर्न बाँकी छ।

नागरिकले वास्तवमा सरकारसँग केही अपेक्षा राखेका छैनन् । प्राकृतिक र साँस्कृतिक विविधताले युक्त नेपाल आफैमा सुन्दर बगैंचा हो । विचार, सिद्धान्त र वादले नागरिकलाई विभाजन मात्रै गराएको छ । आफ्नै मिहिनेत र पसिनाको भरमा जेनतेन दुई छाक जुटान संघर्षरत नेपाली नागरिक केवल केटाकेटी पढाउने, विरामी हुँदा उपचार पाउने, खानेपानी, विजुली र बाटोघाटोको मेसो मिलाउने चाहना राखेका छन् । चुनाव सधैं यस्तै विकासका कुरामा जोडिएको हुन्छ । आशा देखाउने अनि ५ वर्षसम्म निराशा बनाउने यो बेकाइदाले नागरिक आजित छन् । आएको मौका गुमाउँदा केवल पश्चताप गर्नुको विकल्प हुँदैन् । यसमा दलको ध्यान जरुर पुग्न आवश्यक छ । गतिलो प्रतिनिधि चुन्न नपाउँदा नागरिकले आफ्नो प्रारब्धलाई दोष दिनुपर्ने युगको अन्त्य हुनुपर्छ।

यो चुनाव दलले आफ्नो छवि सुधार गर्ने मौका पनि हो । इमानको रोटी खाने, सक्षम, योग्य, दक्ष, शिक्षित र जनहिकारी काम गर्ने हुटहुटी भएको युवालाई जनप्रतिनिधिका रूपमा टिकट दिँदा जनताले विश्वास गर्ने वातावरण पनि हुन्छ । योग्य मध्ये एक चुनिनु नै नागरिकका लागि सुखद् वातावरण बन्नु हो । टिककका लागि मारामार गर्ने, कालो धन नेतृत्वलाई बुझाउनेको ध्याउन्न काम भन्दा कमाइ गर्नुमा बढी हुन्छ भन्ने यथार्थलाई टिकट बाँड्ने अड्डाले बुझ्न आवश्यक छ ।

यो चुनाव दलले आफ्नो छवि सुधार गर्ने मौका पनि हो । इमानको रोटी खाने, सक्षम, योग्य, दक्ष, शिक्षित र जनहिकारी काम गर्ने हुटहुटी भएको युवालाई जनप्रतिनिधिका रूपमा टिकट दिँदा जनताले विश्वास गर्ने वातावरण पनि हुन्छ । योग्य मध्ये एक चुनिनु नै नागरिकका लागि सुखद् वातावरण बन्नु हो । टिककका लागि मारामार गर्ने, कालो धन नेतृत्वलाई बुझाउनेको ध्याउन्न काम भन्दा कमाइ गर्नुमा बढी हुन्छ भन्ने यथार्थलाई टिकट बाँड्ने अड्डाले बुझ्न आवश्यक छ । कालो काम गरेर पैसा कमाएका, बाहुबलको भरमा समाजलाई आफ्नो मुठ्ठीमा राखेका, दलाली र गलत काम गरेका व्यापारी र प्राकृतिक साधना स्रोतको ठेक्का लिएका ठेकेदारलाई जनप्रतिनिधिको रूपमा टिकट दिँदा चाहेजस्तो विकास र सेवा प्रवाह हुँदैन भन्ने कुरा विगतको चुनावले प्रमाणित गरिसकेको छ।

स्थानीय तहको चुनाव तय भएपछि चिसिएका नेता तातेका छन् भने धमिलो राजनीतिक वातावरणमा सुधारको संकेत देखिएको छ । मौसम परिवर्तनसँगै माहौल नै फरक भएको छ । धेरै कुरा गुर्न भन्दा एउटा काम गर्नु नै महत्वपूर्ण सवाल हो भन्ने प्रष्ट भएको छ । चरणबद्ध चुनाव गर्दा मतदाता प्रभावित भए, खर्च पनि बढ्यो, सुरक्षा जोखिम पनि थपियो त्यसैले एकै चरणमा चुनाव गर्न निर्वाचन आयोगले आफ्नो क्षमता देखायो भने सरकारले आयोगले तोकेको मिति भन्दा ५ दिन अगाडि नै चुनावको मिति घोषणा गर्नु स्वागत योग्य कुरा हो।

गठबन्धन सरकारले चुनाव नगर्ने र सार्ने चलखेल गरेको आंशकाको बादल हटेको छ । अनावश्यक अलमलले केही समय अन्यौलता सिर्जना गरे पनि चुनावको मिति घोषणाले भुईंतहसम्मै लहर सिर्जना गरको छ । चुनाव तह हुँदा लोकतान्त्रिक मर्यादा पनि कायम भएको ठानिएको छ । चुनाव टार्ने हरकत जनताको लागि प्रिय थिएन भन्ने कुरा सरकारले बुझ्नु र भुलबाट मुक्त हुनु सत्ता गठबन्धनका लागि सुखद सावित भयो । अब केवल मुलुकभरि चुनाव स्वच्छ र मर्यादित बनाउन कार्यविधि बनाउनुपर्छ । जसले चुनावी परिणामलाई विश्वसनीय बनाओस् । गाउँगाउँमा सिंहदरबारको नाराले मूर्त रूप पाओस् ।

स्थानीय तहको चुनाव घोषणा सँगै प्रतिपक्ष र सबैभन्दा ठूलो दल नेकपा एमालेले संसद सुचारु गर्ने कदमतर्फ ध्यान केन्द्रित गर्दा मतदाताले थप विश्वास गर्ने छन् । संसदलाई बन्धक बनाउँदा धेरै विधेयकको चाङ लागेको छ । संसद् केवल नाराबाजी गर्ने थलो होइन । संसदीय अभ्यास त ‘टेवुल टक’ र ‘विजनेस’मा आधारित हुन्छ । गाँठो फुकाउन सभामुखलाई राजिनामा दिएर भए पनि विकल्पको खोजी गर्न गठबन्धन सरकार पनि लाग्नु पर्छ । गठबन्धन सरकारले चुनाव नगर्ने र सार्ने चलखेल गरेको आंशकाको बादल हटेको छ । अनावश्यक अलमलले केही समय अन्यौलता सिर्जना गरे पनि चुनावको मिति घोषणाले भुईंतहसम्मै लहर सिर्जना गरको छ । चुनाव तह हुँदा लोकतान्त्रिक मर्यादा पनि कायम भएको ठानिएको छ । चुनाव टार्ने हरकत जनताको लागि प्रिय थिएन भन्ने कुरा सरकारले बुझ्नु र भुलबाट मुक्त हुनु सत्ता गठबन्धनका लागि सुखद सावित भयो । अब केवल मुलुकभरि चुनाव स्वच्छ र मर्यादित बनाउन कार्यविधि बनाउनुपर्छ । जसले चुनावी परिणामलाई विश्वसनीय बनाओस् । गाउँगाउँमा सिंहदरबारको नाराले मूर्त रूप पाओस् । स्थानीय तहको चुनावलाई सार्थक र सफल बनाउन सम्बन्धित सबै पक्षको तालमेल आवश्यक छ । यसमा निर्वाचन आयोग, गृहप्रशासन र नागरिक समाज सबै एउटै कित्तामा हुनुपर्छ । चुनावी माहौलको शुभकामना ।

कमसे कम नागरिकले हाक्काहाक्की हामीले किन तिमीलाई भोट दिने रु तिम्रो खर्च र आम्दानीको स्रोत के हो भन्ने ? के ५ वर्ष सम्म जनताको सेवा गर्न सयम छ रु दुई चार प्रश्न गर्दा आउने उत्तर नै काफी हुनेछ मतदान गर्नका लागि । दलका चुनाव चिह्न त केवल उम्मेदवारलाई चिह्नका लागि हो । पहिला उम्मेदवार चिनौं अनि चिह्नमा मतदान गरौं भन्ने अभियान मेचीकाली हिमाल तराईमा क्रियाशील भयो भने खराबले सज्जनलाई गर्ने शासनबाट मुक्त हुन सकिन्छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नागरिकले सदाचारीलाई चुनेर भ्रष्टाचारीलाई बहिष्कार गर्नु नै आगामी ५ वर्षका लागि सुखद यात्रा गर्ने मेसो हुनसक्छ । त्यसैले मतदाता सचेत भएमा पैसाको खोलो बगाउँदैमा केही लाग्दैन् भन्ने चेतनाको विकास पनि हुन आवश्यक छ । कमसे कम नागरिकले हाक्काहाक्की हामीले किन तिमीलाई भोट दिने रु तिम्रो खर्च र आम्दानीको स्रोत के हो भन्ने ? के ५ वर्ष सम्म जनताको सेवा गर्न सयम छ रु दुई चार प्रश्न गर्दा आउने उत्तर नै काफी हुनेछ मतदान गर्नका लागि । दलका चुनाव चिह्न त केवल उम्मेदवारलाई चिह्नका लागि हो । पहिला उम्मेदवार चिनौं अनि चिह्नमा मतदान गरौं भन्ने अभियान मेचीकाली हिमाल तराईमा क्रियाशील भयो भने खराबले सज्जनलाई गर्ने शासनबाट मुक्त हुन सकिन्छ । तय गरिएको मितिमा आफ्नो भाग्यको फैसाला आफै गर्ने अधिकारको हनन् नहोस् । व्यवस्था सुधार भयो भने अवस्थामा जरुर परिवर्तन हुन्छ।

कमेन्ट्स
Loading...