सुचना, समाचार र मनोरन्जन

घोषणापत्र जाली तमसुक जस्तो नहोस्

सम्पादकीय /

स्थानीय तह चुनावको छेको पारेर राजनीतिक दलहरूले धमाधम घोषणपत्र छपाई र वितरण अभियान सुरु गरेका छन् । दलको तबेलामा आवद्ध नभएका स्वतन्त्र उम्मेद्वारहरूले आफ्नै शैलीमा घोषणपत्र जारी गरिसके । लोकतन्त्रको सौन्दर्य चुनाव हो, चुनाव हाम्राभन्दा राम्रालाई चयन गर्ने परिपाटी हो । यद्यपि नेपालको लोकतान्त्रिक अभ्यासमा दलीय राजनीतिको दवदवा रहेकाले स्थानीय तहको जग र जरासम्ममा चुनाव चिह्नले नै निर्धारक भूमिका खेलेको छ । परिवर्तन र रूपान्तरण चाहने अभियान र शक्तिलाई चुनाव चिह्नको गञ्जागोलले कठिनाइ थपेको छ ।

घोषणापत्र केवल मतदाताको आँखा छारो हाल्ने कागजी बाघ मात्रै भएको छ । निर्वाचित जनप्रतिनिधिले ५ वर्षसम्म घोषणापत्रमा जारी गरिएका कुरा र कामको वास्ता गर्दैनन् । आफू निवर्तमान हुने सङ्घारमा आइपुग्दा त्यसको समीक्षा र प्रगति विवरणसमेत सार्वजनकि गर्ने हिम्मत गर्दैनन् । नागरिकले प्रश्न उठाए भने नाजवाफ भइने भयले सताइरहेको हुन्छ । समग्रमा दलले जारी गरेका घोषणापत्रको विश्लेषण गर्दा केवल यो कागजी फूल जस्तो सावित भएको छ भने हिजोका सामन्तहरूले बनाउने जाली तमसुकभन्दा माथि उठ्न सकेको छैन् । घोषणापत्र केवल बेइमानले गर्ने झुटको खेती भएको छ।

गठबन्धन सरकारले वैशाख ३० गते स्थानीय तहको चुनाव तय गरेपछि मुलुकको माहौल चुनावमय भएको छ । दलहरूले मतदाता रिझाउन सनातन शैलीमा नै घोषणापत्र जारी गरिरहेका छन् । घोषणापत्र केवल मतदाताको आँखा छारो हाल्ने कागजी बाघ मात्रै भएको छ । निर्वाचित जनप्रतिनिधिले ५ वर्षसम्म घोषणापत्रमा जारी गरिएका कुरा र कामको वास्ता गर्दैनन् । आफू निवर्तमान हुने सङ्घारमा आइपुग्दा त्यसको समीक्षा र प्रगति विवरणसमेत सार्वजनकि गर्ने हिम्मत गर्दैनन् । नागरिकले प्रश्न उठाए भने नाजवाफ भइने भयले सताइरहेको हुन्छ । समग्रमा दलले जारी गरेका घोषणापत्रको विश्लेषण गर्दा केवल यो कागजी फूल जस्तो सावित भएको छ भने हिजोका सामन्तहरूले बनाउने जाली तमसुकभन्दा माथि उठ्न सकेको छैन् । घोषणापत्र केवल बेइमानले गर्ने झुटको खेती भएको छ ।

घोषणापत्र देखाउने दाँत हुँदा स्वम् जारी गर्ने दललाई पनि यसमा विश्वास छैन् । आशा, सपना र झुटको पुलिन्दाका भरमा चर्को भाषण गरेर जनताको हुर्मत लिने पञ्चायती परिपाटी अधावधि छ । राजनीतिक प्रणाली उन्नत भएका मुलुकमा घोषणपत्र आफैमा एउटा प्रतिवद्धाको दस्तावेज हो । निश्चित समयावधिमा शासनबाट बाहिरिदाँ आफ्ना योजनालाई मूर्त रूप दिएको दावी गर्ने प्रमाणिक आधार हो।

घोषणापत्र जारी गरेर चुनाव जित्नेहरूले गर्नुपर्ने काम नगरेर नगर्नुपर्ने काम ज्यादा गर्दा केवल औपचारिकतामा मात्रै सीमित भएको छ । सार्वजनिक सेवा प्रवाहमा दैन्दिन गर्नुपर्ने काम नै हुँदैन भने गर्न नसक्ने र नागरिकले पत्याउन नसक्ने काम गर्छु भन्नु राजनीतिक बेइमानी हो । घोषणापत्र देखाउने दाँत हुँदा स्वम् जारी गर्ने दललाई पनि यसमा विश्वास छैन् । आशा, सपना र झुटको पुलिन्दाका भरमा चर्को भाषण गरेर जनताको हुर्मत लिने पञ्चायती परिपाटी अधावधि छ । राजनीतिक प्रणाली उन्नत भएका मुलुकमा घोषणपत्र आफैमा एउटा प्रतिवद्धाको दस्तावेज हो । निश्चित समयावधिमा शासनबाट बाहिरिदाँ आफ्ना योजनालाई मूर्त रूप दिएको दावी गर्ने प्रमाणिक आधार हो ।

सडकको खाल्डाखुल्डी पूरपार गर्न ध्यान जाँदैन् । क्षतिग्रस्त सडकमा रेल चलाउने सपना देखाउनु सरासर नागरिकलाई पटमूर्ख घोषित गर्नु हो । पैदल यात्रीले सकडको किनारा पनि पाएका छैनन् । तर सशूल्क पार्किङका नाउमा समग्र सडक नै ठेक्कामा दिने जनप्रतिनिधिले आधारभूत आवश्यकताको सवाललाई कसरी उठाउँछन् । पानी, बाटो, बिजुली, यातायात, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच नपुग्दासम्म घोषणापत्रमा लेखिका तमाम कुरा बर्खाको बाढी नै हो।

सचेत जनता र मतदाताले फोस्रो भाषणमा होइन दलले जारी गरेको घोषणापत्रलाई अध्ययन गरेर मतदान गर्ने संस्कृतिको विकास नहुँदासम्म कागजको चरम दूरपयोग मात्रै हुन्छ । घोषणापत्रमा लिखित वाचा किन पूरा भएनन् भनेर नागरिकले प्रश्न मात्रै गर्ने हो भने पनि यसको औचित्य सावित हुनसक्छ । तर मतदाता शिक्षामा प्रश्न गर्ने काइदा सिकाइएको हुँदैन् । प्रश्न गर्ने मुखलाई विभिन्न प्रलोभन र स्वार्थको जालमा पारेर उठान गर्नुपर्ने प्रश्नको हत्या गरिएको हुन्छ । लोकतन्त्रमा प्रश्न उठान भएन भने गञ्जागोल र भद्रगोलको अवस्था सिर्जना हुन्छ । सडकको खाल्डाखुल्डी पूरपार गर्न ध्यान जाँदैन् । क्षतिग्रस्त सडकमा रेल चलाउने सपना देखाउनु सरासर नागरिकलाई पटमूर्ख घोषित गर्नु हो । पैदल यात्रीले सकडको किनारा पनि पाएका छैनन् । तर सशूल्क पार्किङका नाउमा समग्र सडक नै ठेक्कामा दिने जनप्रतिनिधिले आधारभूत आवश्यकताको सवाललाई कसरी उठाउँछन् । पानी, बाटो, बिजुली, यातायात, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच नपुग्दासम्म घोषणापत्रमा लेखिका तमाम कुरा बर्खाको बाढी नै हो ।

नागरिकको सेवामा समर्पित हुनेले चुस्त दुरुस्त, प्रभावकारी र गुणस्तरी सेवा दिने ल्याकत राख्नु पर्छ । दृष्टिकोणसहित समय दिन सक्ने उम्मेद्वारका लागि घोषणापत्र नभए पनि केही फरक पर्दैन् । लिखित संविधान नभएका देशले पनि शासनप्रणालीलाई गतिशील र क्रियाशील बनाएका दृष्टान्तहरू जीवन्त छन् । कागजी कुरा कम र व्यावहारिक काम बढी गर्नु नै स्थानीय तहका जनप्रतिनिधिको विश्वसनियता हो।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गरी सदाचार उम्मेद्वारको बाटोमा हिड्नेलाई चुन्न सके मतदान सार्थक र सान्दर्भिक हुन्छ । मत माग्नेको योग्यता, क्षमता र दक्षताको मापन गरी मतदाताले विवेक प्रयोग मात्रै गरिदिने हो भने इमानदार र सज्जन जनप्रतिनिधि छानिने अवसर पाउँछन् । गठबन्धनले उर्दी जारी गरेपनि मतदाताले स्वविवेक प्रयोग गर्ने नैसर्गिक अधिकारको सुरक्षा स्थानीय तहको चुनावले नै गर्ने छ । नागरिकको सेवामा समर्पित हुनेले चुस्त दुरुस्त, प्रभावकारी र गुणस्तरी सेवा दिने ल्याकत राख्नु पर्छ । दृष्टिकोणसहित समय दिन सक्ने उम्मेद्वारका लागि घोषणापत्र नभए पनि केही फरक पर्दैन् । लिखित संविधान नभएका देशले पनि शासनप्रणालीलाई गतिशील र क्रियाशील बनाएका दृष्टान्तहरू जीवन्त छन् । कागजी कुरा कम र व्यावहारिक काम बढी गर्नु नै स्थानीय तहका जनप्रतिनिधिको विश्वसनियता हो ।

घोषणापत्रमा लेखिएको शब्द चुनाव जितेर ५ वर्ष वित्दासमेत एकपटक उच्चारण नहुनु नै दूर्भाग्य हो । लिखतमा के रहेछ भनेर हेक्का नराख्नु छलछामको राजनीति हो । जनजीविकाका सवाल, विकासका मुद्धा र रोजगारीका अवसरमा मिठासपन दिएका शब्दहरू घोषणापत्र जारी गर्ने दललाई नै सातु सर्किए सरह हुन्छ । घोषणापत्र जग हसाईंको काम नबनोस् । गर्न सक्ने र सामथ्र्यले भ्याउने काम कुराहरूलाई मात्रै केन्द्रमा राखेर सरल भाषामा मतदाताले पत्याउने खालको बन्नु नै राजनीतिक इमान्दारिता हो । नियमित रूपमा स्वत् हुने कामलाई समावेश नगरे पनि फरक पर्दैन्।

स्थानीय तहको चुनावमा जारी गरिने घोषणापत्रले स्थानीय स्तरका मुद्धा र समस्यालाई के कसरी सम्बोधन गर्न सकिन्छ भनेर समाधानको उपायसमेत समेट्नु पर्छ । गोलमटोल भाषामा लेखिएका घोषणापत्रले केवल अलमलको स्थितिमा रजगज गर्ने काम गर्छ । घोषणापत्रमा लेखिएको शब्द चुनाव जितेर ५ वर्ष वित्दासमेत एकपटक उच्चारण नहुनु नै दूर्भाग्य हो । लिखतमा के रहेछ भनेर हेक्का नराख्नु छलछामको राजनीति हो । जनजीविकाका सवाल, विकासका मुद्धा र रोजगारीका अवसरमा मिठासपन दिएका शब्दहरू घोषणापत्र जारी गर्ने दललाई नै सातु सर्किए सरह हुन्छ । घोषणापत्र जग हसाईंको काम नबनोस् । गर्न सक्ने र सामथ्र्यले भ्याउने काम कुराहरूलाई मात्रै केन्द्रमा राखेर सरल भाषामा मतदाताले पत्याउने खालको बन्नु नै राजनीतिक इमान्दारिता हो । नियमित रूपमा स्वत् हुने कामलाई समावेश नगरे पनि फरक पर्दैन्।

ठेक्कापट्टाको फाइलमा आँखा जानु, विचौलियाले देखाएको बाटोमा यात्रा गर्नु, मोलाहिज्जा र तजविजी शैलीमा काम गर्नुले नै जनप्रतिनिधिहरू बद्नामीमा परेका छन् । झुटो आस्वासनसहितको भाषण र हावादारी घोषणापत्रको भ्रम चिर्नका लागि सचेत मतदाताले हिजो गर्छु भनेको काम किन गरेनौं ? र भोलिका गर्छु भनेको काम कसरी गर्छौ ? त्यसका लागि नक्सा कस्तो छ ? तड्कभड्कपूर्ण रवाफिलो चुनावका लागि खर्च गर्ने रकम कहाँबाट प्राप्त भयो ? भन्ने सामान्य प्रश्न मात्रै गरिदिने हो भने सुकुलगुण्डाहरूको सातो जाने छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलले जारी गरेका घोषणापत्रलाई केलाएर निकालिएको सारलाई हेर्ने हो भने माखो मारिएको देखिदैन् । नागरिकलाई मूर्ख बनाएको खुशीयालीमा फेरि पूरानै नारालाई नयाँ पारामा जारी गर्नु महान् काम हुँदै होइन । साम, दाम, दण्डभेदको सबै औजार अप्नाएर चुनावी विजयी प्राप्त गरेका जनप्रतिनिधिले केवल कार्यकर्ता रिझाएर आफ्नो कार्यकाल सक्नु समयको चरम वर्वादी हो । ठेक्कापट्टाको फाइलमा आँखा जानु, विचौलियाले देखाएको बाटोमा यात्रा गर्नु, मोलाहिज्जा र तजविजी शैलीमा काम गर्नुले नै जनप्रतिनिधिहरू बद्नामीमा परेका छन् । झुटो आस्वासनसहितको भाषण र हावादारी घोषणापत्रको भ्रम चिर्नका लागि सचेत मतदाताले हिजो गर्छु भनेको काम किन गरेनौं ? र भोलिका गर्छु भनेको काम कसरी गर्छौ ? त्यसका लागि नक्सा कस्तो छ ? तड्कभड्कपूर्ण रवाफिलो चुनावका लागि खर्च गर्ने रकम कहाँबाट प्राप्त भयो ? भन्ने सामान्य प्रश्न मात्रै गरिदिने हो भने सुकुलगुण्डाहरूको सातो जाने छ।

कमेन्ट्स
Loading...