सुचना, समाचार र मनोरन्जन
kumdini

कछुवा गतिको मतगणना छरितो बनाऊ

सम्पादकीय /

वैशाख ३० गते मुलुकभर एकसाथ स्थानीय तहको चुनाव सम्पन्न भयो । मतपरिणाम आइरहेका छन्, निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरी प्रमाणपत्र पाइरहेका छन् यद्यपि सहरी क्षेत्रका महानगरपालिकाको मत गणना कार्य पट्यारलाग्दो देखिएको छ । परिणाम सुन्न आतुर भएका नागरिक कछुवा गतिका कारण आजित भइसकेका छन् । टिकाटिप्पणी, व्यङ्यचित्र र किस्साहरू सिर्जना भइरहेका छन् । निर्वाचन आयोगले मतगणना कार्यमा देखिएको ढिलासुस्ती र लोसेपनलाई अविलम्व सम्बोधन गरेर, जनशक्ति थपेर, व्यावहारिक र वैज्ञानिक शैलीमा मतगणना गर्न चासो देखाउन आवश्यक छ । मत गणनाको गतिमा लासेपन देखिँदा मतदाताको उत्सुकता औइलाएको छ। मधेशमा मतपेटिका मतदाताले नै बोकेर हिड्दा निर्वाचन आयोगमाथि प्रश्न चिह्न खडा भएको छ । चुनाव परिणाम समयमै दिन नसक्नु आयोगको कार्यविधि फितलो छ भन्ने प्रमाणित हुन्छ । ढिलासुस्ती गिनिजबुकमा लेखिने चिज होइन।

परिणाम सुन्न आतुर भएका नागरिक कछुवा गतिका कारण आजित भइसकेका छन् । टिकाटिप्पणी, व्यङ्यचित्र र किस्साहरू सिर्जना भइरहेका छन् । निर्वाचन आयोगले मतगणना कार्यमा देखिएको ढिलासुस्ती र लोसेपनलाई अविलम्व सम्बोधन गरेर, जनशक्ति थपेर, व्यावहारिक र वैज्ञानिक शैलीमा मतगणना गर्न चासो देखाउन आवश्यक छ । मत गणनाको गतिमा लासेपन देखिँदा मतदाताको उत्सुकता औइलाएको छ ।

विज्ञान र प्रविधिले नयाँनयाँ आविष्कार गरेर कार्य सम्पादनलाई चुस्तदुरुस्त बनाएको समयमा अवाकस परम्परामा अलमलिनु आयोगका लागि सुहाउने कुरा होइन । विद्युतीय मतदानमा जान इच्छा जाहेर नगर्ने राजनीतिक दर र राज्य प्रणाली सनातन मानसिकतामा नै रमाइरहँदा चुनाव सम्पन्न भएर परिणाममा ढिलासुस्ती देखिनु निकम्मापनको पराकाष्ठा हो । छिमेकी मुलुक भारतमा मतपेटिका खोलेपछि धमाधम मत परिणाम आउँछ । भद्धा मतपत्रका कारण मतदान गर्न सास्ती त भयो नै एउटा मतपत्र गन्न धेरै समय पनि लाग्यो । मतदाताले मतदान गरिसकेपछि समय मै मत परिणामको चाहाना राखेका हुन्छन् तर धिमा गतिको नतिजाले खिन्नता पैदा गरेको छ । मतगणनाको रफ्तार नबढाउने हो भने अझै नतिजा आउँन एक साता लाग्छ । आयोगले सुस्ततालाई चुस्तदुरुस्त नबनाउने हो भने आलोचना अझ् बढ्ने निश्चित छ । मत परिणाम घोषणामा आयोगले फरक शैली अप्नाउन अपरिहार्य छ । प्रदेश र संघको चुनावका लागि पनि परिमार्जित काइदाले फाइदा पु¥याउने छ ।

British college

विज्ञान र प्रविधिले नयाँनयाँ आविष्कार गरेर कार्य सम्पादनलाई चुस्तदुरुस्त बनाएको समयमा अवाकस परम्परामा अलमलिनु आयोगका लागि सुहाउने कुरा होइन । विद्युतीय मतदानमा जान इच्छा जाहेर नगर्ने राजनीतिक दर र राज्य प्रणाली सनातन मानसिकतामा नै रमाइरहँदा चुनाव सम्पन्न भएर परिणाममा ढिलासुस्ती देखिनु निकम्मापनको पराकाष्ठा हो ।

मतदाताको ध्यान मत गणनास्थलमा छ । सिर्जनशील र उत्पादनशील समय नजिताको पर्खाइमा रहँदा गर्नुपर्ने कामहरू थाँती लागेर बसेका छन् । आयोगले जेठ पहिलो सातासम्म नतिजा घोषणा गर्ने जानकारी दिए पनि त्यस मुताविक कार्यसम्पादन भएको देखिदैन् । निर्वाचन प्रक्रियामा सुधार र समाधानका विकल्पको खोजी आयोगले अब नगरी सुख्खै छैन् । मतदाताको समय वर्वादी गर्ने छुट आयोगलाई छैन् । मतगणना कार्यको ढिलाईलाई गम्भीरतापूर्वक लिएर आधुनिकीकरण र विद्युतीय मतदानका लागि मतदाता शिक्षा सञ्चालन गर्न आयोगले चुनावको मुख ताक्नु पर्दैन् । आयोग निर्धो र दयनीय अवस्थामा छैन् भन्ने कुराको प्रत्याभूति कार्यकौशलले दिनुपर्छ । जेठ ५ गते जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिएको छ । चुनावी परिणाम आउन ढिलाइ हुँदा स्थानीय तह केही समय जनप्रतिनिधिविहीन हुने शुन्य अवस्था निश्चित छ । नीति तथा कार्यक्रम र बजेटलाई यसले असर गर्नेछ । पूरानै नीति तथा कार्यक्रम अनुमोदन हुँदा जनप्रतिनिधिले गरेका चुनावी घोषणामा बाधा उत्पन्न हुनसक्छ ।

निर्वाचन प्रक्रियामा सुधार र समाधानका विकल्पको खोजी आयोगले अब नगरी सुख्खै छैन् । मतदाताको समय वर्वादी गर्ने छुट आयोगलाई छैन् । मतगणना कार्यको ढिलाईलाई गम्भीरतापूर्वक लिएर आधुनिकीकरण र विद्युतीय मतदानका लागि मतदाता शिक्षा सञ्चालन गर्न आयोगले चुनावको मुख ताक्नु पर्दैन् । आयोग निर्धो र दयनीय अवस्थामा छैन् भन्ने कुराको प्रत्याभूति कार्यकौशलले दिनुपर्छ ।

निर्वाचन आयोगले सरकारसँग थप जनशक्ति माग गरेर टोली थप्नुपर्छ । मत गणना कार्यस्थल फराकिलो र सुरक्षित बनाएर कार्य शैली सुधार गर्नुपर्छ । उत्साह, उमङ्ग र उर्जाका साथ गरिएको मतदानको मत परिणाम पनि उत्सुकता पूर्वक थाहा पाउनु नागरिकको अधिकार हो । आयोगले परिणाम घोषणामा विलम्व गर्नु न्यायोचित होइन । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि ढिलासुस्ती देखिदा आलोचना भएको थियो, त्यसबाट पाठ सिक्नु पर्ने आयोग यसघडी फेरि चुकेको छ । ५ वर्षसम्म निदाएर बसेको आयोगले मतपत्रको रङ त फे¥यो तर ढङ्ग फेर्न सकेन । विधि, प्रविधि र कार्यशैली फेर्न सकेन । अर्कोपाली यस्तो आलोचना सहन नपरोस् । मत परिणाम घोषणाको कन्तविजोग नहोस् । चुनावलाई जटिल बनाउँदा नै परिणाममा विलम्व भएको तथ्यलाई आयोगले विर्सन मिल्दैन् । मतपत्रको आकारप्रकार ठूलो हुनु, चुनाव चिह्न भद्रगोल र गन्जागोल हुँदा बदर मतको ग्राफ बढेको छ । मतदाता मात्रै होइन गणकमा रहेका कर्मचारी पनि आत्तिएका छन् । निर्वाचन आयोगले चुनावी प्रक्रिया सरल र सहज नबनाउने हो भने मतदानमा सक्रिय सहभागिताको अपेक्षा गर्न सकिदैन् । शान्तिपूर्ण ढङ्गमा चुनाव सम्पन्न गराएको निर्वाचन आयोग धन्यवादको भागिदार त छ नै नजिता घोषणा समयमै गराएर स्यावासी पाउन लायक होस् शुभकामना ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि ढिलासुस्ती देखिदा आलोचना भएको थियो, त्यसबाट पाठ सिक्नु पर्ने आयोग यसघडी फेरि चुकेको छ । ५ वर्षसम्म निदाएर बसेको आयोगले मतपत्रको रङ त फे¥यो तर ढङ्ग फेर्न सकेन । विधि, प्रविधि र कार्यशैली फेर्न सकेन । अर्कोपाली यस्तो आलोचना सहन नपरोस् । मत परिणाम घोषणाको कन्तविजोग नहोस् ।

कमेन्ट्स
Loading...