सुचना, समाचार र मनोरन्जन
kumdini

किसानको आत्मबल बढाऊ

सम्पादकीय /

मानो खाएर मुरी उब्जाउने धरतीपुत्रहरू मनसुनसँगै मल पर्खिरहेका छन् । सरकार किसानलाई मल उपलब्ध गराउन अझै आलटाल गरिरहको छ । स्वदेशमा रासायनिक मल उत्पादन गर्ने उद्योग नुहँदा आयातमा भर पर्नु परेको छ । सरकारले मल खरिद गरेर सहुलियतमा किसानलाई नगदमा विक्री गर्छ । रुस र युक्रेनको युद्धले मलको अभाव भएको हवाल दिइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको अभाव र मूल्य वृद्धि भएको छ । नेपालले भारत सरकारसँग मल खरिदको संझौता हरेक वर्ष गर्छ तर समय मै ढुवानी हुँदैन् । यसका केही गम्भीर कारणहरू छन् । रासायनिक मल आयात गर्न नसक्दा कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा मल होइन माकुराको जालो लागेको छ । मल आउँदा घण्टौं लाइनमा बस्नुपर्ने अर्को वाध्यता छ । धानको व्याडमा राख्ने रासायनिक मल अभाव छ । धान नेपालको मुख्य बाली हो, रोपिसकेपछि चाहिने मलविना उत्पादनमा वृद्धि हुँदैन् ।

मल खरिदको बजेट ५० प्रतिशतले घटाउँदा कसरी लक्ष्य प्राप्ति हुन्छ ? किसानलाई मलकै सास्ती र गोता हुँदा कसरी आत्मबल बढ्छ ? अघिल्लो वर्ष मल खरिदका लागि बजेट छुट्याए पनि गोदामहरू किन खाली भए ? यसको जवाफ कृषि तथापशुपन्छी विकास मन्त्रालयले समयमै दिनुपर्छ किसानको माग सम्बोधन गर्नुपर्छ ।

मुलुक कृषि अर्थतन्त्रमा आधारित छ । कृषि उत्पादन ३० प्रतिशतले बढाउन सरकारले घोषणा गरिरहँदा रासायनिक मलको यथोचित व्यवस्था मिलाउन सकेको छैन् । मल खरिदको बजेट ५० प्रतिशतले घटाउँदा कसरी लक्ष्य प्राप्ति हुन्छ ? किसानलाई मलकै सास्ती र गोता हुँदा कसरी आत्मबल बढ्छ ? अघिल्लो वर्ष मल खरिदका लागि बजेट छुट्याए पनि गोदामहरू किन खाली भए ? यसको जवाफ कृषि तथापशुपन्छी विकास मन्त्रालयले समयमै दिनुपर्छ किसानको माग सम्बोधन गर्नुपर्छ । १२ लाख टन आवश्यक मल खरिदका लागि कार्यविधि बनाउनुपर्छ । जिटुजी मार्फत् मल खरिदको प्रक्रिया गत फागुनमै थालिए पनि यो आफै अलपत्र परेको छ । मल अभावका कारण उत्पादन घट्ने निश्चित छ यसले खाद्यन्यमा मूल्यवृद्धि र भोकमरीको सङ्केत गर्छ ।

किसानको मन पोलेको छ र आँखामा नुनिला आँशु जमेका छन् । वर्षौंदेखि राज्यको नीतिले कृषिजन्य जैविक विविधताको आशिर्वाद र अथाह सम्भावना कुल्चँदै आयो र किसानलाई कहिल्यै खुशी राख्न सकेन । किसानको हितलाई ध्यानमा राखेर यो राज्यले कहिल्यै दीर्घकालीन योजना बनाएन । परिणाम, किसान नरोएको कुनै वर्ष छैन । किसानलाई नरुवाएको कुनै सरकार छैन । जगजाहेर छ, सरकार आमनागरिकको जीवन र जीविकासँग कुनै सरोकार राख्दैन । जनताको नोकर हुनुपर्ने लोकतान्त्रिक सरकार बिचौलियाहरूको सेवक हुन पुगेको छ।

British college

बाली लाउने बेला भयो, मल आएन । ६६ प्रतिशत जनसङ्ख्या पूर्णकालीन किसान भएको देश यसघडी मल अभावले आक्रान्त छ । किसानको मन पोलेको छ र आँखामा नुनिला आँशु जमेका छन् । वर्षौंदेखि राज्यको नीतिले कृषिजन्य जैविक विविधताको आशिर्वाद र अथाह सम्भावना कुल्चँदै आयो र किसानलाई कहिल्यै खुशी राख्न सकेन । किसानको हितलाई ध्यानमा राखेर यो राज्यले कहिल्यै दीर्घकालीन योजना बनाएन । परिणाम, किसान नरोएको कुनै वर्ष छैन । किसानलाई नरुवाएको कुनै सरकार छैन । जगजाहेर छ, सरकार आमनागरिकको जीवन र जीविकासँग कुनै सरोकार राख्दैन । जनताको नोकर हुनुपर्ने लोकतान्त्रिक सरकार बिचौलियाहरूको सेवक हुन पुगेको छ । हरेक संस्थाहरूप्रति आमविश्वास मरिसकेको जान्दाजान्दै पनि सरकार त्यो विश्वास ब्युँताउन चाहँदैन । भएका वा गरिएका गल्तीहरू सुधार्ने प्रयास गर्दैन । एउटै वाक्यमा भन्ने हो भने, यो सरकार नागरिकलाई नागरिक मान्दैन । राष्ट्रिय आम्दानीमा कृषकको भूमिका स्वीकार्दैन । किसानसँगै हाँस्न र किसानसँगै रुन पनि जान्दैन । हिजोलाई दोष थोपरेर नाक ठाडो पार्नु अल्पमतिहरूको परिचय हो ।

देशवासीको जीवन र जीविका सरकारको प्राथमिकतामा छ भन्ने कुरा सरकारको व्यवहारले देखाउँदैन । उडन्ते गफ लगाउने बानी परेको सरकार आशा देखाउँछ तर बचन पूरा गर्दैन । गर्न नसक्ने काम ग्यारेन्टी गर्छु भन्नु अपराध नै हो । सरकारले झूठो कसम खाएर किसानलाई धोखा दिएको छ । कुनै पनि राष्ट्रको आर्थिक समृद्धि एवम् विकासको प्रक्रियामा कृषिक्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । राज्यको व्यवहारले यो भूमिकालाई तुच्छ मान्छ । राज्यको आधारभूत खाद्यान्न आपूर्तिको पहिलो र आधारभूत स्रोत राष्ट्रिय कृषि हो।

किसान मल मागिरहेका छन् । देशवासीको जीवन र जीविका सरकारको प्राथमिकतामा छ भन्ने कुरा सरकारको व्यवहारले देखाउँदैन । उडन्ते गफ लगाउने बानी परेको सरकार आशा देखाउँछ तर बचन पूरा गर्दैन । गर्न नसक्ने काम ग्यारेन्टी गर्छु भन्नु अपराध नै हो । सरकारले झूठो कसम खाएर किसानलाई धोखा दिएको छ । कुनै पनि राष्ट्रको आर्थिक समृद्धि एवम् विकासको प्रक्रियामा कृषिक्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । राज्यको व्यवहारले यो भूमिकालाई तुच्छ मान्छ । राज्यको आधारभूत खाद्यान्न आपूर्तिको पहिलो र आधारभूत स्रोत राष्ट्रिय कृषि हो । सम्पूर्ण समृद्धिको जग पनि कृषि हो । कृषिमा समृद्धि हाँसिल नगरेसम्म अन्य समृद्धि नाराजन्य गफ मात्रै हुन् ।

आज शिखरमा रहेका औद्योगिक राष्ट्रहरू हिजो कृषिमा पसिना बगाउँदै थिए । विकासोन्मुख राष्ट्रहरूको पनि कथा त्यही हो । जहिलेसम्म राष्ट्रिय उत्पादनले खाद्यान्नको राष्ट्रिय माग पूरा गर्न सक्दैन आर्थिक वृद्धि सुन्दर सपना मात्रै हो । कृषिले दिने रोजगारी राष्ट्रिय बेरोजगारको मिसनले दिन सक्दैन । कृषिको प्रगतिले सिर्जना गर्ने पूर्वाधार विकास अरू केही चिजले गर्न सक्दैन । कृषिले जति विदेशी मुद्रा आर्जन मानवश्रमले कहिल्यै गर्न सक्दैन । हो, हाम्रो उत्पादनले कच्चापदार्थ उपलब्ध गराउन नसकुञ्जेल कृषिमा आधारित उद्योग धन्दा चल्ने चलाउने चुनावी एजेन्डा मात्रै हुन् । त्यस्ता उद्योगहरू विनाको बलियो राष्ट्रिय अर्थतन्त्र र समृद्धि स्वैरकल्पना मात्रै हो।

सरकार गम्भीर भएर भारतसँग गरिएको संझौता मुताविक मल खरिद गरेर किसानका खेतसम्म पु¥याउन अविलम्व पहल गर्नुपर्छ । सार्थक र यथोचित पहलले नै परिणाम दिन्छ र किसानको हैरानी कम हुन्छ । किसानको पीडा बुझ्नु नै सम्मान हो । रासायनिक मलको विकल्प खोजी गर्नुपर्छ । प्राङ्गारिक मलखादमा चासो देखाउनुपर्छ । माटोको उर्वराशक्ति बचाउन, वातावरण जोगाउन र अग्र्यानिक खेतीका लागि पनि जैविक कृषि प्रणालीमा चासो देखाउनुपर्छ । तत्कालको गर्जो टारेर रासायनिक मल खरिदका लागि सरकारले गतिलो र भरपर्दौ दीर्घकालीन कार्ययोजना बनाउन अल्छी गर्नु हुँदैन् । किसानले पनि उत्पादनमा अल्छी गरिदिए नेपालको के हाल होला ?

मलको अभावलाई निराकरण गर्ने उपायको खोजी नगर्दा अभिभावकको भूमिका खेल्ने सरकार सधै किसानको नजरबाट गिरेको छ । कुराले मात्रै कल्चौडाको दूध कचौरामा आउँदैन । अब, अर्गानिक बीऊबिजन जोगाउन र प्राङ्गारिक मल उत्पादन गर्न उत्साहित पार्ने योजन ल्याउनै पर्छ । अधिक उत्पादनको आयातका लागि बजार खोजिदिने, व्यवस्थापन गरिदिने र नीतिगत संरक्षण गर्ने साँचो कसम खानै पर्छ । आउने खेतीको याममा किसानले फेरि रुन नपर्ने कार्ययोजना आउनै पर्छ । सरकारले हलो जोत्ने किसानको भलो गर्नुपर्छ ।

बाली लाउने बेलामा सधैंसधैं मलको हाहाकारमा अल्झिनुपर्ने किसानको पीडालाई सरकारले मर्मबोध गर्नुपर्छ । जिडिपिमा एकचौथाइ योगदान दिने कृषि क्षेत्रको सम्मान आवश्यक छ । मलको अभावलाई निराकरण गर्ने उपायको खोजी नगर्दा अभिभावकको भूमिका खेल्ने सरकार सधै किसानको नजरबाट गिरेको छ । कुराले मात्रै कल्चौडाको दूध कचौरामा आउँदैन । अब, अर्गानिक बीऊबिजन जोगाउन र प्राङ्गारिक मल उत्पादन गर्न उत्साहित पार्ने योजन ल्याउनै पर्छ । अधिक उत्पादनको आयातका लागि बजार खोजिदिने, व्यवस्थापन गरिदिने र नीतिगत संरक्षण गर्ने साँचो कसम खानै पर्छ । आउने खेतीको याममा किसानले फेरि रुन नपर्ने कार्ययोजना आउनै पर्छ । सरकारले हलो जोत्ने किसानको भलो गर्नुपर्छ ।

कमेन्ट्स
Loading...