सुचना, समाचार र मनोरन्जन
kumdini

दुई दिने बिदा महिना पनि टिकेन

सम्पादकीय /

मन्त्रिपरिषद्ले गत वैशाख २६ गते जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि व्यापक विरोधसँगै अवज्ञा भयो । बिदा कार्यान्वयनमा चुनौती देखिएपछि जेठ २३ गते फेरि मन्त्रिपरिषद्ले आइतबार दिएको बिदा असारबाट लागू हुनेगरी खारेज गर्ने निर्णय ग¥यो । सरकारले गरेको निर्णय स्वागतयोग्य छ । तर नीतिगत सवालमा अस्थिर निर्णय गर्दा आलोचना कायम नै छ । विदेशी मुद्राको संचिती घटेसँगै पेट्रोलिय पदार्थको खपत कम गर्ने जिकिर र उद्धेश्य रहे पनि सरकारी निर्णय महिनादिन पनि टिकेन । व्यापार घाटा कम गर्न सरकारले बिदा होइन अन्य विकल्पको खोजी गर्नुपर्ने थियो तर हतारमा गरिएको निर्णय फुर्सदमा पछुताउने काम मात्रै भयो । सेवाग्राहीलाई मर्का पर्ने गरी अत्यावश्यक सेवाप्रवाहमा बन्देज लगाउनु जायज थिएन ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साल साउन १ देखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा खारेज गरिएको नजिर छ । फेरि प्रधानमन्त्री देउवाले आफैले गरेको निर्णय खारेज गरेका छन् । तत्कालीन समयमा पनि असफल भएको निर्णय फेरि अध्ययन नगरी लागू गर्नु सरकारको मूर्खता थियो । सरकार निर्णय गर्ने तर कार्यान्वयनमा चुक्ने रोग परम्परागत नै हो । अबका दिनमा आइतबारे बिदा केवल इतिहास हुनेछ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साल साउन १ देखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा खारेज गरिएको नजिर छ । फेरि प्रधानमन्त्री देउवाले आफैले गरेको निर्णय खारेज गरेका छन् । तत्कालीन समयमा पनि असफल भएको निर्णय फेरि अध्ययन नगरी लागू गर्नु सरकारको मूर्खता थियो । सरकार निर्णय गर्ने तर कार्यान्वयनमा चुक्ने रोग परम्परागत नै हो । अबका दिनमा आइतबारे बिदा केवल इतिहास हुनेछ । आगामी दिनमा मुलुकको उत्पादन, व्यापार घाटा, आर्थिक स्थिति र चाडपर्व संस्कृतिको गहन अध्ययन गरेर मात्रै सरकारले यस्ता कुराको घोषणा गर्नुपर्छ ।

आइतबारको बिदा प्रभावकारी देखिएन । सेवाग्राहीलाई सास्ती र कर्मचारीलाई मस्ती सरह भएको थियो । संघीय सरकारले घोषणा गरेको आइतबारे बिदालाई सांसद, प्रदेश सरकार, स्थानीय सरकार, क्याम्पस, विश्वविद्यालय र निजी स्कुलहरूले अवज्ञा गरिदिए । स्थानीय तहको चुनावपछि पालिको पहिलो बैठकले दुई दिने बिदालाई स्वीकारेनन्, सरकारी निर्णयको विरुद्धमा देखिए । संघ सरकारले तय गरेको बिदा स्थानीय तहले कार्यान्वयन नगर्दा यसको औचित्य समाप्त भएको छ । तर पर्यटन व्यावसायी लगायत होटल संघले स्वागत गरे पनि व्यावहारिक कठिनाइ देखिएपछि खारेज भएको हो । नेपालको भौगोलिक विविधताको ख्याल सरकारले गर्न सकेन । हिमाली जिल्लामा दुई दिने बिदा न्यायोचित थिएन । हिउँदका ६ महिना पनि मुस्किलले सेवा प्रवाह हुने हिमाले क्षेत्रमा यस्तो निर्णयले दुःखको भारी थपेको थियो ।

British college

सरकारी कर्मचारीमा सेवाप्रवाहको भावना कम र अतिरिक्त आम्दानीको सोच हावी छ । समय परिपालनमा कर्मचारी चुकिरहेका छन् । १० बजे कार्यालय पुगिसक्नु पर्ने कर्मचारी बाटोमा नै हुन्छन् । ४ बजेपछि कार्यालयमा भेटिदैनन् । यो मामिलामा राष्ट्रिय सतर्कता केन्द्रले खबरदारी गरिरहेको छ। शुक्रबार कार्यालय बन्द भएपछि कर्मचारी सोमबार आउने हुँदा ग्रामीण क्षेत्रका नागरिकलाई गोता थपिएको थियो ।

साताको दुई दिने बिदाले सार्वजनिक प्रशासन, स्वास्थ्य, शिक्षा लयायतका अन्य क्षेत्रमा पनि प्रभाव परेको थियो । मुलुकको साँस्कृतिक विविधताले पनि हामीकहाँ हरेका महिना कुनै न कुनै चाडपर्व र दिवसका नाममा सार्वजनिक बिदा प्रशस्तै छन् । सरकारी कर्मचारीमा सेवाप्रवाहको भावना कम र अतिरिक्त आम्दानीको सोच हावी छ । समय परिपालनमा कर्मचारी चुकिरहेका छन् । १० बजे कार्यालय पुगिसक्नु पर्ने कर्मचारी बाटोमा नै हुन्छन् । ४ बजेपछि कार्यालयमा भेटिदैनन् । यो मामिलामा राष्ट्रिय सतर्कता केन्द्रले खबरदारी गरिरहेको छ। शुक्रबार कार्यालय बन्द भएपछि कर्मचारी सोमबार आउने हुँदा ग्रामीण क्षेत्रका नागरिकलाई गोता थपिएको थियो । गाउँबाट मुकाममा सेवा लिन आउने नागरिकले सेवा पर्खाइमा होटलमा बास बसेर अतिरिक्त खर्च गर्नुपर्ने अवस्थाको सिर्जना भएको थियो।

संसारका विकसित मुलुकमा साताको पाँच दिन काम र दुई दिन बिदाको परिपाटी छ । १ सय १६ देशले साताको दुई दिन बिदा दिएका छन् । ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको व्यवस्था नभएको होइन । अरूको नक्कल गर्ने सरकारले आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ । छिमेकीले घोडा चढ्यो भनेर आफू धुरी चढ्नु बुद्धिमता होइन् । वर्षभरिमा २ सय ४ दिन बिदा १ सय ६१ दिन काम गर्न लगाएर सरकारले समृद्धिको सपना देख्नु गलत हो । कर्मचारीको मनोवृत्ति नै भोलिवादमा अल्झिएको मनोविज्ञानलाई नकार्न मिल्दैन् ।

थोरै काम गरेर पनि धेरै आयआर्जन गर्ने मुलुक समृद्ध बनेका छन् । उनीहरूले हप्ताको ३ दिन बिदा दिए पनि बाँकी समय गुणस्तरीय सेवा दिएका छन् । संसारका विकसित मुलुकमा साताको पाँच दिन काम र दुई दिन बिदाको परिपाटी छ । १ सय १६ देशले साताको दुई दिन बिदा दिएका छन् । ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको व्यवस्था नभएको होइन । अरूको नक्कल गर्ने सरकारले आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ । छिमेकीले घोडा चढ्यो भनेर आफू धुरी चढ्नु बुद्धिमता होइन् । वर्षभरिमा २ सय ४ दिन बिदा १ सय ६१ दिन काम गर्न लगाएर सरकारले समृद्धिको सपना देख्नु गलत हो । कर्मचारीको मनोवृत्ति नै भोलिवादमा अल्झिएको मनोविज्ञानलाई नकार्न मिल्दैन् । आर्थिक वर्षको अन्त्यमा जरुरु कामको चाप हुन्छ । रातदिन खट्नुपर्ने सेवाप्रदायक निकाय आरामको निद्रामा रमाउँछ परिणाम प्राप्त हुँदैन् । औचित्यहीन हचुवाको भरमा गरिएको निर्णय फिर्ता लिएपछि नागरिकले सेवा प्रवाहमा सहजता प्राप्त गर्नु अनिवार्य शर्त हो । बिदा खारेजीले कर्मचारीको मनोवल गिर्नु हुँदैन् । प्रभावकारी र गुणस्तरीय सेवाका लागि राष्ट्रसेवक कर्मचारी प्रतिवद्ध हुन आवश्यक छ ।

सरकारले साताको दुई दिने बिदालाई सच्याउनु स्वागत योग्य छ । शोधान्तर घाटा कम गर्न अन्य विकल्पको खोजी गरेर उत्पादन बढाउने र काम गर्ने घण्टालाई गुणस्तरीय बनाउन आवश्यक छ । सेवाप्रवाह चुस्तदुरुस्त भयो भने नै सेवाग्राही सास्तीबाट मुक्त हुन्छन् । कार्यालय समय र कार्यसम्पादनको मूल्याङ्कन गर्ने परिपाटीको थालनी सही तरिकाले गर्ने हो भने साताको ४० घण्टा नै काफी छ । सरकारले नीतिगत निर्णय गर्नु पूर्व नै धारणा र निर्माणका साथै सम्भाव्यता अध्ययन गरेर निर्णय गर्ने शासकीय शैलीको विकास गर्नुपर्छ ।

सरकारले साताको दुई दिने बिदालाई सच्याउनु स्वागत योग्य छ । शोधान्तर घाटा कम गर्न अन्य विकल्पको खोजी गरेर उत्पादन बढाउने र काम गर्ने घण्टालाई गुणस्तरीय बनाउन आवश्यक छ । सेवाप्रवाह चुस्तदुरुस्त भयो भने नै सेवाग्राही सास्तीबाट मुक्त हुन्छन् । कार्यालय समय र कार्यसम्पादनको मूल्याङ्कन गर्ने परिपाटीको थालनी सही तरिकाले गर्ने हो भने साताको ४० घण्टा नै काफी छ । सरकारले नीतिगत निर्णय गर्नु पूर्व नै धारणा र निर्माणका साथै सम्भाव्यता अध्ययन गरेर निर्णय गर्ने शासकीय शैलीको विकास गर्नुपर्छ । धुदाँ रङ जाने कपडा जस्तो तदर्थवादी सरकारी निणर्य गर्नु हुँदैन । नागरिकको विरोध र आलोचनाबाट सरकारले आगामी दिनमा सबक सिक्न अपरिहार्य छ ।

कमेन्ट्स
Loading...