सुचना, समाचार र मनोरन्जन

डेंगुको डढेलो डरलाग्दो नहोस्

सम्पादकीय /

काठमाडौं उपत्यकामा जनघनत्वको चाप छ। ७७ जिल्लाका सबै मानिसको प्रतिनिधित्व छ। आफन्ती मन गाउँ र मोफसलमा भए पनि लाखौं जनसङ्ख्याको चहलपहल छ । मनसुन रोकिन लाग्दा डेंगुले त्राहीत्राही बनाएको छ, यो अप्रिय खबर हो। रोगव्याधीले भय र सन्त्रास सिर्जना गराएको छ। राजधानी मात्रै होइन मुलुकका अन्य ठाउँमा समेत डेँगुको प्रकोप देखिएको छ । डेंगुका विरामी यत्रतत्र सर्वत्र देखिनु गम्भीर चिन्ताको विषय हो। देशको राजधानी काठमाडौं र उपत्यकामा मात्रै होइन अधिकांश जिल्लामा डेँगुको प्रकोप फैलिएको छ । नेपाली समाजमा मनसुनको अन्त्यसँगै चाडपर्वले पनि ढोल बजाइसकेको छ। डेंगुको महामारी रोकथामका लागि समुदाय र सरकार चनाखो भएर सावधानी अप्नाउन ढिलो गर्नु हुँदैन्।

सरकारले डेंगु नै त हो भनेर नजरअन्दान गर्न मिल्दैन् । नागरिक समाजको पनि ऐन मौकामा ध्यानाकर्षण जरुरी छ, सर्तकता र जनचेतना नै यसको उपचार हो । डेँगुको डढेलो फैलियो भने जनतालाई सास्ती र सङ्कट मात्रै होइन मुलुकलाई नै नोक्सान हुन्छ । बजार हजार हो, महामारी ढोल बजाएर आउँदैन । डेंगुमा सरकारी ध्यान अविलम्ब पुग्न आवश्यक छ । डेंगु रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न ढिलो भयो भने पछुताउनुको विकल्प हुँदैन्।

रोग लागेर उपचारमा धन खर्च गर्नुभन्दा रोग लाग्न नदिने ध्यान बनाउनुपर्छ । महामारी चरम फैलियो भने न त अर्थतन्त्रले धान्छ न त मुलुकले नै कावुमा राख्न सक्छ । क्षति न्युनीनकरणका लागि सतर्कता र सावधानी नै अचुक ओखती हो। सरकारले डेंगु नै त हो भनेर नजरअन्दान गर्न मिल्दैन् । नागरिक समाजको पनि ऐन मौकामा ध्यानाकर्षण जरुरी छ, सर्तकता र जनचेतना नै यसको उपचार हो । डेँगुको डढेलो फैलियो भने जनतालाई सास्ती र सङ्कट मात्रै होइन मुलुकलाई नै नोक्सान हुन्छ । बजार हजार हो, महामारी ढोल बजाएर आउँदैन । डेंगुमा सरकारी ध्यान अविलम्ब पुग्न आवश्यक छ । डेंगु रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न ढिलो भयो भने पछुताउनुको विकल्प हुँदैन् । डेंगु सरुवा रोग नै हो, यसलाई फैलिन नदिन समयमा नै सावधानी अप्नाउनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गर्ने विज्ञप्ति फगत कागजी बाघ हुनु हुँदैन्। स्वास्थ्य संस्थाहरूलाई आवश्यक व्यवस्थासहित सतर्क राख्नुपर्छ । महामारी नियन्त्रको उपायमा लाग्न आम नागरिकको चासो बढ्नुपर्छ । स्थानीय सरकारले जनचेतनाका कार्यक्रम तीव्र पार्नु नै डेंगु रोकथामको काइदा हो।

कोरोना महामारीले अत्यास लाग्दो परिस्थिति सिर्जना गरेको विर्सन सकिदैन् । कोरोनालाई शासकीय चिन्तनले मनन गर्न सकेन । सामान्य रुघाखोकीको उपमा दियो । बेसार पानी खाउ निको हुन्छ भन्ने अर्ती उपदेश कामयावी भएन। नजरअन्दाज गर्दा धनजनको क्षति भएको यर्थाथलाई नकार्न सकिदैन् । वर्षाकालीन समयमा हैजा र झाडापखलाले ज्यान गुमाउनेहरू संख्या पनि बढ्यो । यतिबेला डेंगुको सङ्क्रमण ग्राफ उकालो लागिरहेको छ। ठूलो जनसंख्या रहेको काठमाडौं उपत्यकामा डेरा जमाएको डेंगुले जनमानसलाई त्रासको घण्टी बजाएको छ ।

कोरोना महामारीले अत्यास लाग्दो परिस्थिति सिर्जना गरेको विर्सन सकिदैन् । कोरोनालाई शासकीय चिन्तनले मनन गर्न सकेन । सामान्य रुघाखोकीको उपमा दियो । बेसार पानी खाउ निको हुन्छ भन्ने अर्ती उपदेश कामयावी भएन। नजरअन्दाज गर्दा धनजनको क्षति भएको यर्थाथलाई नकार्न सकिदैन् । वर्षाकालीन समयमा हैजा र झाडापखलाले ज्यान गुमाउनेहरू संख्या पनि बढ्यो । यतिबेला डेंगुको सङ्क्रमण ग्राफ उकालो लागिरहेको छ। ठूलो जनसंख्या रहेको काठमाडौं उपत्यकामा डेरा जमाएको डेंगुले जनमानसलाई त्रासको घण्टी बजाएको छ । दैनिक सयौंको संख्यामा सङ्क्रमित भेटिएका छन्, अझ त्यो भन्दा धेरैको पहिचान किट अभावका कारणले भएको छैन्। डेँगु परीक्षणमा गम्भीर चासो देखिएको छैन् । लामखुट्टेको टोकाइबाट मानिसलाई लाग्ने डेँगु सरुवा रोग हो भने वर्षाद्मा बढी देखिने गरेको छ ।

नेपालमा सन् २००४ देखि डेंगुका विरामी देखा परेका थिए । एडिज एजिप्टी र एडिप्टी एल्बोपिक्टस प्रजातिको लामुखुट्टेको पोथी प्रजातिको टोकाइले डेंगु रोग लाग्ने कुरा चिकित्सकहरूले जानकारी गराएका छन् । डेंगु सङ्क्रमित विरामीहरू अस्पतालको शैय्यामा खचाखच हुनु जनस्वास्थ्यका दृष्टिले खराब सुचाङक हो । ज्वरो आउनु, शरीर शिथिल हुनु, हाडजोर्नी, दुख्नु, आँखामा असहज हुनु, वान्ता हुनु, छालामा दाग देखिनु, खानामा रुची नहुनु यसका प्रारम्भिक लक्षण हुन। रोकथामका लागि प्रारम्भिक अभ्यासको थालनी गरिहाल्नु पर्छ । पानी जम्ने ठाउँ नै डेंगुको स्रोत हो भन्ने पहिचान भएपछि नियन्त्रणका लागि त्यसलाई पुरपार गर्न स्थानीय सरकारले व्यापक तदारुकता देखाउनुपर्छ।

सरकारले आर्थिक अभावका कारण नै अस्पतालसम्म पहुँच नपुगेका समुदायलाई निःशुल्क परीक्षणको अभियान चलाउनु पर्छ । सङ्क्रमण फैलिएपछि पछुताउनु भन्दा रोकथामका लागि पहल गर्दा नागरिकमा सकारात्मक प्रभाव त पर्छ नै जनस्वास्थ्यका दृष्टिले पनि सरकार सजग छ भन्ने सन्देश जान्छ । जनधनको क्षति न्युनीकरणका लागि सकारात्मक हस्तक्षेप गर्दा दीर्घकालीन लाभ हुन्छ भन्ने कुरालाई विर्सनु हुँदैन । व्यक्तिगत र सामुदायिक स्तरबाटै लामखुट्टे नियन्त्रणका लागि दतारुकताको खाँचो छ । एकबाट अर्कोमा सर्ने डेंगुले नेपाली समाजमा आपत्तिको आमन्त्रण नगरोस् भन्नेमा सचेत हुनै पर्छ । महामारीबाट बच्न जनचेतना नै अचुक ओखती हो ।

कमेन्ट्स
Loading...