सम्पादकीय /
मुलुकभित्र महिलामाथि हुने हिंसा र बलात्कारको ग्राफ दिनप्रतिदिन बढ्दा चिन्ता र चासोको विषय बनिरहेको छ । यो निकृष्ट अपराधको सूचीभित्र पर्छ । एउटा सभ्य र स्वस्थ समाजले कसरी बलात्कृतमाथि घिनलाग्दो ठट्टा गर्न सक्छ ? समवेदनाहीन आधुनिक टोपलिएर अनेकन गालीबेइजती, अपशब्दमार्फत् उल्टै पीडितको बलात्कार गर्ने समाज कसरी सभ्य र स्वस्थ हुन सक्छ ? निरोगी समाजले यौन दुराचारी, यौन दलाली एवम् बलात्कारीको बचाऊ गर्ने र पीडितको उछितो काट्ने अपराध गर्न सक्दैन । शिक्षित र सभ्य मानिसहरूको बस्तीले हरेक स्त्रीलाई यौन गुडिया देख्न सक्दैन । समकालीन समाज आफैमा रोगी छ । रोगी समाजले कसरी निरोगी मान्छे जन्माउन सकोस् ? भालेसत्ताबाट बलात्कृत हुँदै आएको समाजमा बलात्कार नभए के हुन्छ ? यौनसरदारहरू सबकासब रोगी हुन् र बलात्कार विश्वव्यापी रोग हो । धेरै र कम मात्रै हो, बलात्कारी र बलात्कृत नभएको कुनै सहर, कुनै देश छैन ।
समकालीन समाज आफैमा रोगी छ । रोगी समाजले कसरी निरोगी मान्छे जन्माउन सकोस् ? भालेसत्ताबाट बलात्कृत हुँदै आएको समाजमा बलात्कार नभए के हुन्छ ? यौनसरदारहरू सबकासब रोगी हुन् र बलात्कार विश्वव्यापी रोग हो । धेरै र कम मात्रै हो, बलात्कारी र बलात्कृत नभएको कुनै सहर, कुनै देश छैन ।
सभ्य एवम् स्वस्थ समाज निर्माणको ताला चेतनाको चाबीले मात्रै खुल्छ । समाज शिक्षित होइन साक्षर भएको छ । भालेसत्ताको उन्मादमा अचेत छ, स्त्रीहरूमाथि असहिष्णु छ । यस्तो समाजमा जस्तोसुकै ऐन कानुनको पनि के अर्थ हुन्छ ? ऐन कानुनले तोकेका दण्डसजायले बलात्कारी सोचमा कति फरक पार्छ ? समाजको बहुमत अनैतिक, अमर्यादित र अनुशासनहीन रहुन्जेल कानुनले केही नेपर्दैन । जबसम्म मान्छे पैसा, पदप्रतिष्ठा र शक्तिको पुजारी मात्रै हुन्छ यहाँ बलात्कारीहरूले बल पाइरहनेछन् । त्यसैले यो समाज नै त्यो गुरुकुल हो जसले देवता जन्माउन सक्थ्यो तर दानवहरू जन्माइरहेछ । बलात्कारको विषवृक्ष रोप्ने र हुर्काउने अरू कोही होइन घरघरका अभिभावकजन र गुरुकुलका आचार्यजन नै हुन् ।
जबसम्म मान्छे पैसा, पदप्रतिष्ठा र शक्तिको पुजारी मात्रै हुन्छ यहाँ बलात्कारीहरूले बल पाइरहनेछन् । त्यसैले यो समाज नै त्यो गुरुकुल हो जसले देवता जन्माउन सक्थ्यो तर दानवहरू जन्माइरहेछ । बलात्कारको विषवृक्ष रोप्ने र हुर्काउने अरू कोही होइन घरघरका अभिभावकजन र गुरुकुलका आचार्यजन नै हुन् ।
आफ्नै प्रियजन बलात्कृत नभइन्जेल बलात्कार र यौन दुवर््यवहार हाम्रा लागि अरू कसैका निजी समस्या मात्रै हुन्छन् । यी अपराधलाई अझै पनि हामीले साझा सामाजिक समस्याको रूपमा स्वीकार गरेका छैनौं । सच्चिन सकेका छैनौं । जबसम्म यौनजन्य अपराधहरूलाई हाम्रो समाजले साझा सामाजिक समस्याका रूपमा स्वीकार गर्दैन तबसम्म यौनजन्य भाइरसहरूबाट हाम्रो समाजले मुक्ति पाउँदैन । र यो समस्या आजै चाहेर आजैबाट समाधान गर्न सकिने समस्या पनि होइन ।
विगत २५ वर्षदेखिको तथ्याङ्क केलाउँदा त त्यस्तै लाग्छ । लगभग १ करोड ३४ लाख जनसङ्ख्या भएको आर्थिक वर्ष २०५३÷५४ सालमा १ सय १२ वटा बलात्कार र ३४ वटा बलात्कार दुस्प्रयासको रिपोर्ट भएको थियो । लगभग ३ करोड जनसङ्ख्या भएको वर्ष २०७७÷७८ मा २ हजार ३ सय २१ वटा बलात्कार र ६ सय ६६ वटा बलात्कार दुस्प्रयासको रिपोर्ट भयो । यो २५ वर्षमा लगभग २ गुनाले जनङ्ख्या बढ्दा बलात्कार २० गुनाले बढेको छ ।
बलात्कारलाई निजी मामलाको रूपमा हेर्दाहेर्दै दक्षिण अफ्रिकाले बलात्कारको सवालमा विश्वलाई उछिन्यो । अधिक्तम बलात्कारीहरू पुरुष थिए । बलात्कारीहरूको पुरुषत्व नै नाश गर्ने रासायनिक जुक्तिलाई समाधानको एक उपाय मानियो तर यो उपाय थिएन । अझै पनि यौनजन्य अपराधलाई निजी मामलाको रूपमा लिइरहेको दक्षिण अफ्रिका केही वर्षदेखि विश्वकै बलात्कारको राजधानी भएको छ । के हामी त्यही कहालिलाग्दो गन्तव्यतर्फ दौडिरहेका छौं ? विगत २५ वर्षदेखिको तथ्याङ्क केलाउँदा त त्यस्तै लाग्छ । लगभग १ करोड ३४ लाख जनसङ्ख्या भएको आर्थिक वर्ष २०५३÷५४ सालमा १ सय १२ वटा बलात्कार र ३४ वटा बलात्कार दुस्प्रयासको रिपोर्ट भएको थियो । लगभग ३ करोड जनसङ्ख्या भएको वर्ष २०७७÷७८ मा २ हजार ३ सय २१ वटा बलात्कार र ६ सय ६६ वटा बलात्कार दुस्प्रयासको रिपोर्ट भयो । यो २५ वर्षमा लगभग २ गुनाले जनङ्ख्या बढ्दा बलात्कार २० गुनाले बढेको छ ।
रिपोर्ट नगरिएका बलात्कार एवम् यौनजन्य हिंसाहरू अनगिन्ती छन् र हिजोपनि थिए । न्यायिक निकायहरूसँग आम मानिसको विश्वास भरोसा बढ्नुभन्दा घट्दै गैरहेको छ । न्याय मागेकै कारण जीवनमा असुरक्षाको चुनौती थपिन्छ । बलात्कारीलाई होइन बलात्कृतलाई घिनलाग्दो अपाच्य गालीबेइजती गर्ने समाजले न्याय माग्नेहरूमाथि नै घोर अन्याय गर्छ । न्यायिक प्रक्रिया सहज छैन, नेपालको न्याय सामान्य मानिसको पहुँचभन्दा धेरै पर छ । त्यसैले त एउटा सामान्य नागरिक हृदयभित्र अन्याय लुकाएरै बाँच्न वाध्य छ । अशिक्षा र गरिबीलाई मात्रै दोष दिन मिल्दैन किनकी शिक्षित र विकसित राष्ट्रहरू पनि दक्षिण अफ्रिकालाई पछ्याइरहेका छन् । जस्तै, दक्षिण अफ्रिकालाई स्वीडेनले पछ्याएको छ । स्वीडेनलाई क्रमश अमेरिका, बेलायत, भारत, न्युजिल्यान्ड, क्यानडा, अष्ट्रेलिया र डेनमार्क एवम् फिनल्यान्डहरूले पछ्याइरहेका छन् ।
जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको बास हुन्छ । यही हाम्रो संस्कृति थियो । विडम्बना, आजकाल समाजमा दैंत्य एवम् यौनपिपाशुहरूको राज छ । जसले नारीलाई सम्मान गर्न सक्दैन त्यो पुरुष हुन सक्दैन । घर, समाज, विद्यालयहरूले के पढाए, के सिकाए र हाम्रा बाबु र बाउहरू यसरी यौन दुराचारी भैरहेछन् ? सामाजिक अभ्यास नै गलत भएपछि कानुनले जे भनेपनि केही फरक पर्दैन । सामाजिक अभ्यास यस्तै छ, भालेसत्ताले भालेहरूलाई सबै किसिमको स्वतन्त्रता दिएको छ । भालेहरूको कर्मप्रति कहिल्यै प्रश्न नगर्ने कसम खाएको छ ।
जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको बास हुन्छ । यही हाम्रो संस्कृति थियो । विडम्बना, आजकाल समाजमा दैंत्य एवम् यौनपिपाशुहरूको राज छ । जसले नारीलाई सम्मान गर्न सक्दैन त्यो पुरुष हुन सक्दैन । घर, समाज, विद्यालयहरूले के पढाए, के सिकाए र हाम्रा बाबु र बाउहरू यसरी यौन दुराचारी भैरहेछन् ? सामाजिक अभ्यास नै गलत भएपछि कानुनले जे भनेपनि केही फरक पर्दैन । सामाजिक अभ्यास यस्तै छ, भालेसत्ताले भालेहरूलाई सबै किसिमको स्वतन्त्रता दिएको छ । भालेहरूको कर्मप्रति कहिल्यै प्रश्न नगर्ने कसम खाएको छ । भावी पुस्तालाई कस्तो समाज सुम्पने ? त्यस्तो समाज निर्माणका लागि कस्तो शिक्षादिक्षा दिने ? न्युनीकरणका लागि चलिरहेका प्रयास र अभियान थकित देखिन्छन् । रोकथामका लागि बनेका कानुन निष्प्रभावी छन् । कार्यान्वयनका फितलो हुँदा अपराधीहरू उन्मुक्ति पाइरहेका छन् । यसलाई समयानुकूल परिमार्जन र समीक्षा गर्न आवश्यक छ । राज्यले चेलीको अस्मिता रक्षाका लागि संरक्षणको खाका बनाउनुपर्छ । आजै सोंचौं । बाहिर आएको पहिरो हेरेर नबसौं, त्यही पहिरो घरमै आयो भने ?
