सुचना, समाचार र मनोरन्जन

भोट दिनुभन्दा पहिले प्रश्न गरौं

सम्पादकीय /

लोकतान्त्रिक बाम गठबन्धन र प्रतिपक्षको चुनावी तालमेलमा अपवित्र खेल देखिएको छ । गठबन्धन जस्तो सुकै कसिलो भए पनि यो दीर्घकालीन हुँदैन् । यो केवल सत्तास्वार्थको लागि खेलिने भद्धा खेल मात्रै हो । गठबन्धनको सैद्धान्तिक आधार र जरो कमजोर छ । आखिर गठबन्धन र तालमेल के का लागि ? यो अहम् प्रश्नको उत्तर नेतृत्वसँग छैन् । आफ्नै पार्टी र चुनाव चिह्नबाट निर्वाचनमा होमिन चाहने नेतालाई ठेस लागेको छ । केहीले हिम्मत गरेर कारवाही भोग्न तयार हुँदै बागी उमेद्वारी दिएका छन् । पार्टी सभापति र अध्यक्षसँग गम्भीर प्रश्न गरेकै कारण केही लोकप्रिय अनुहार निषेधमा परेका छन् भने जस्केलाबाट केही अनुहार आएका छन् ।

मुलुक चुनावको राप र तापमा छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजनीतिक दलले आफ्ना उमेद्वारको अनुहार प्रस्तुत गरिसकेका छन् । सत्ता गठबन्धन र प्रतिपक्ष दलले गरेको चुनावी तालमेलका उमेद्वारको अनुहार र छविले खुशीको तरङ्ग दिएको छैन् । पात्र र प्रवृत्ति हेर्दा मतदाताहरू उत्साहित देखिएका छैनन् । दलहरूले पनि आममतदातालाई आकर्षित गर्न सकेका छैनन् । घोषणा पत्रमा उही बासी कुराहरू ‘कपि पेस्ट’ हुने सम्भावना छ । यस पटकको चुनावी ऐजण्डा मतदाताका लागि लोभलाग्दो र आशालाग्दो छैन् । टिकट नपाएकाहरूको गुनासो कायम रहँदा र बागी उमेद्वारको लर्कोले चुनावी परिणाममा फरक पार्ने निश्चित छ । लोकतान्त्रिक बाम गठबन्धन र प्रतिपक्षको चुनावी तालमेलमा अपवित्र खेल देखिएको छ । गठबन्धन जस्तो सुकै कसिलो भए पनि यो दीर्घकालीन हुँदैन् । यो केवल सत्तास्वार्थको लागि खेलिने भद्धा खेल मात्रै हो । गठबन्धनको सैद्धान्तिक आधार र जरो कमजोर छ । आखिर गठबन्धन र तालमेल के का लागि ? यो अहम् प्रश्नको उत्तर नेतृत्वसँग छैन् । आफ्नै पार्टी र चुनाव चिह्नबाट निर्वाचनमा होमिन चाहने नेतालाई ठेस लागेको छ । केहीले हिम्मत गरेर कारवाही भोग्न तयार हुँदै बागी उमेद्वारी दिएका छन् । पार्टी सभापति र अध्यक्षसँग गम्भीर प्रश्न गरेकै कारण केही लोकप्रिय अनुहार निषेधमा परेका छन् भने जस्केलाबाट केही अनुहार आएका छन् ।

पहुँच र पैसाको भरमा टिकट पाएकाहरूले जरुर आफ्नो लगानी असुलउपर गर्छन् । यिनमा सिद्धान्त, विचार र निष्ठाको रत्तिभर पनि चिन्ता हुँदैन् । यस्ता पात्र र प्रवृत्तिले विकास र समृद्धिको केवल नारा मात्रै लगाउँछन् तर सिन्को समेत भाँच्दैनन् । आफू मत माग्न पुगेको भूगोलको नाम समेत ज्ञात हुँदैन र विकास बोकेर फेरि फर्कने भन्ने कुरा आकाशको फल जस्तै हो । चुनावलाई अवसरको रूपमा प्रयोग गर्ने परिपाटी र दल अलदबदलले लोकतन्त्रको धज्जी उडाएको छ । फौजदारी अभियोग, भ्रष्टाचारको दाग, यौन दुराचार, नैतिक पतन, गुण्डा नाइके, राज्यविरुद्ध अभिव्यक्ति दिने, ज्यान मार्ने मुद्धा झेलिरहेकाहरूले पनि टिकट पाएर चुनावमा होमिएका छन् । यस्ताले कथमकदाचित चुनाव जिते पनि सांसदको भूमिका निवार्ह गर्न असमर्थ हुन्छन् ।

लोकतान्त्रिक शासन व्यवस्थामा जनप्रतिनिधिका लागि अनुमोदन हुने सर्वोच्च निकाय नै निर्वाचन हो । देशले नयाँ संविधान पाएपछिको यो दोस्रो आमनिर्वाचन हो । संविधानको मर्यादा र पालनाका लागि पनि यो निर्वाचनको महत्व र घनत्व छ । पहुँच र पैसाको भरमा टिकट पाएकाहरूले जरुर आफ्नो लगानी असुलउपर गर्छन् । यिनमा सिद्धान्त, विचार र निष्ठाको रत्तिभर पनि चिन्ता हुँदैन् । यस्ता पात्र र प्रवृत्तिले विकास र समृद्धिको केवल नारा मात्रै लगाउँछन् तर सिन्को समेत भाँच्दैनन् । आफू मत माग्न पुगेको भूगोलको नाम समेत ज्ञात हुँदैन र विकास बोकेर फेरि फर्कने भन्ने कुरा आकाशको फल जस्तै हो । चुनावलाई अवसरको रूपमा प्रयोग गर्ने परिपाटी र दल अलदबदलले लोकतन्त्रको धज्जी उडाएको छ । फौजदारी अभियोग, भ्रष्टाचारको दाग, यौन दुराचार, नैतिक पतन, गुण्डा नाइके, राज्यविरुद्ध अभिव्यक्ति दिने, ज्यान मार्ने मुद्धा झेलिरहेकाहरूले पनि टिकट पाएर चुनावमा होमिएका छन् । यस्ताले कथमकदाचित चुनाव जिते पनि सांसदको भूमिका निवार्ह गर्न असमर्थ हुन्छन् । विधिको शासन र व्यवस्थापनमा पटकपकट नेतृत्व चुकिरहेको छ । यस्तो सामान्य समझ पनि कायम नराखी अपराधीहरूलाई टिकट दिने नेतृत्वलाई अस्वीकार गर्ने हिम्मत देखाउनु समयको माग हो । अशोभनीय काम गर्ने र गराउनेलाई मतदाताले नै दण्डित गर्नु सक्छन् ।

नागरिकले निर्वाचनकै बेला हो अनैतिक, झुट र भ्रष्टलाई पाठ पढाउने । पटकपटक चुनिने मौका पाएकाहरूले के काम गरे ? अवसर पाएर पनि काम नगर्नेलाई फेरि किन देश बेच्ने लाइसन्स नवीकरण गर्ने ? तडकभडकपूर्ण रवाफिलो चुनावी माहौल बनाउने नेतालाई खर्च गर्ने पैसा कहाँबाट आयो ? चुनावमा पैसा बाँड्ने आर्थिक हैषियत के हो ? आम्दानीको स्रोत के हो ? हामीले तपाईलाई नै भोट किन दिने भनेर केही सामान्य प्रश्न मात्रै सोध्ने हो भने पनि खराबहरू पाखा लाग्ने छन् । देश बिग्रन नदिने हो भने ठालुहरूको कठालो प्रश्न गरेरै समात्नु पर्छ ।

मङ्सिरपछि पनि मुलुकको राजनीतिक अवस्थामा सुधार हुने सङ्केत देखिदैन् । त्यसैले मतदाताले गम्भीर रूपमा विवेक पु¥याउन आवश्यक छ । आगामी पाँच वर्षसम्मका लागि पछुताउने वातावरण बन्नु हुँदैन् । सज्जन र असललाई छान्न सके आफ्नो गुनासो राख्न सकिन्छ । मतदातामा सामूहिक शक्ति हुन्छ । घरआँगनमा मत माग्न आउनेलाई पहिला चिन्नु पर्छ अनि मात्रै चुन्नु पर्छ । यसो गर्न सके भ्रष्टहरू पाखा पर्न सक्छन् । राजनीतिकका बेइमान खेलाडीहरूलाई सजाय दिने अधिकार केवल सचेत मतदातामा नै छ । अघिल्लो निर्वाचन २०७४ सालदेखि मनमा जम्मा भएर बसेको वितृष्णा र घृणाको पिलो निचोर्न समय नै निर्वाचन हो । चुनाव सज्जनलाई चुन्ने र बेइमानलाई धुलो चटानउने उत्सव हो । यसलाई मतदाताले सानदार रूपमा सदुपयोग गुर्नपर्छ । नागरिकले निर्वाचनकै बेला हो अनैतिक, झुट र भ्रष्टलाई पाठ पढाउने । पटकपटक चुनिने मौका पाएकाहरूले के काम गरे ? अवसर पाएर पनि काम नगर्नेलाई फेरि किन देश बेच्ने लाइसन्स नवीकरण गर्ने ? तडकभडकपूर्ण रवाफिलो चुनावी माहौल बनाउने नेतालाई खर्च गर्ने पैसा कहाँबाट आयो ? चुनावमा पैसा बाँड्ने आर्थिक हैषियत के हो ? आम्दानीको स्रोत के हो ? हामीले तपाईलाई नै भोट किन दिने भनेर केही सामान्य प्रश्न मात्रै सोध्ने हो भने पनि खराबहरू पाखा लाग्ने छन् । देश बिग्रन नदिने हो भने ठालुहरूको कठालो प्रश्न गरेरै समात्नु पर्छ । मतदाताको हित गर्न सक्ने सक्षम, योग्य, इमानदारलाई रोजीरोजी खोजीखोजी भोट हाल्नु नै सचेत मतदाताको कर्तव्य हो ।

कमेन्ट्स
Loading...