सुचना, समाचार र मनोरन्जन

कोप–२७ मा गर्विलो मुद्धा उठाऊ

सम्पादकीय /

मनसुन दुईहप्ता ढिलो गरी बाहिरियो । जल तथा मौसम विज्ञान विभागको अनुमान फेल भयो । असोज १६ गते आसपासमा मनसुन रोकिनु पर्ने थियो तर मुलुकभर भारी वर्षा र बाढी पहिरोले किसानको धानलाई क्षति पु¥यायो, जनधनमा धक्का दियो । बेमौसमी वर्षाले नागरिकलाई सास्ती थपेर गयो । ४७ जनाले ज्यान गुमाए, २० जना बेखबर भए । चाडपर्वको उल्लास कम भयो, दसैँ झरि र हिले भयो । यसका आफ्नै कारण छन्, मनसुनको चक्र परिवर्तन हुँदा विपत्ति आइलागिरहेको छ । जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा अनुभूत भइरहेको छ । मनसुनको सकस नेपालमा मात्रै नभएर विश्वभर असर देखिएको छ । दक्षिण एसियाको देश पाकिस्तानमा आएको बाढीले १५ सयको ज्यान गयो । यस्तो विपत्ति अरू देशमा पनि नआउला भन्न सकिन्न । अफ्रिकी र युरोपेली देशले पनि जलवायु परिवर्तनका कारण भौतिक संरचना, जनधनको हानीनोक्सानी भोग्नु परेको छ । जलवायु परिवर्तनले हाम्रो सामाजिक जीवन यापनलाई सकस बनाउने खतरा बढ्दै गएको छ । हिमाली क्षेत्रका समुदायले पानीको अभाव भोग्नु आफैमा विड्म्बना हो । तापक्रम बढ्नु, मौसममा उचारचढाव आउनु, चक्रवात हुनु, खडेरी, बेमौसमी वर्षा, बाढी, पहिरो, हिमपात, डढेलो जस्ता प्रकृतिसँगको संघर्षले चुनौती थपेको छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । खाद्यसङ्कट, भोकमरी, गरिबी र दैवीप्रकोपका घटनालाई नजरअन्दाज गर्न सकिदैन् । उच्चतहमा औद्योगिक विकास गरेका देशले हरित ग्यास उत्सर्जन गर्दा यसको मार नेपाल जस्ता विकासोन्मुख देशमा परेको सत्यलाई नकार्न मिल्दैन् । नगरेको गल्तीको सजाय नेपाल र नेपालीले भोगका छन् । दैवीप्रकोपको चपेटामा पर्दाको पीडा मापन गर्न सकिदैन्। कृषि प्रधान देश नेपालले यसको सास्ती भोगिरहेको छ ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । खाद्यसङ्कट, भोकमरी, गरिबी र दैवीप्रकोपका घटनालाई नजरअन्दाज गर्न सकिदैन् । उच्चतहमा औद्योगिक विकास गरेका देशले हरित ग्यास उत्सर्जन गर्दा यसको मार नेपाल जस्ता विकासोन्मुख देशमा परेको सत्यलाई नकार्न मिल्दैन् । नगरेको गल्तीको सजाय नेपाल र नेपालीले भोगका छन् । दैवीप्रकोपको चपेटामा पर्दाको पीडा मापन गर्न सकिदैन्। कृषि प्रधान देश नेपालले यसको सास्ती भोगिरहेको छ । बेलैमा पानी नपरेर बाली लगाउन नपाउनु , लगाएको बाली पनि थन्क्याउन नपाउनु जस्ता समस्या नेपालका किसानले भोगको छन् । सरकार सनातन शैलीमा चलिरहेको छ । किसानको सास्ती सरकार सुन्दैन र देख्दैन् । उत्पादित जिनिसमा पनि विचौलिया र दलालको दवदवा छ । हरेक कोणबाट अन्नदाता र भूमिपुत्र किसान मारमा परेका छन् । आहतलाई राहत दिने संस्कारमा भ्रष्टाचार बढी छ । जलवायु परिवर्तनका कारण नेपालको तापक्रम हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसले पढेको तथ्याङ्कले देखाएको छ । हरिरतगृह ग्यास उत्सर्जन हुँदा समग्र पृथ्वीको तापक्रम बढ्दै गएको छ । पृथ्वीको तापमान वृद्धि हुँदा र अनियन्त्रित बन्दा जैविक विविधतामा चुनौती थपिएर विपत्तिको सिर्जना भइरहेको छ ।

नेपालले पर्वतीय र हिमाली क्षेत्रको मुद्धालाई विश्वभर मुखरित गर्नु अवाश्यक छ । पानीको स्रोत मानिने हिमाल बारेमा स्पष्ट र ठोस धारणा नेपालले समेट्नु पर्छ । यसका लागि नेपालको कुरा मात्रै नसुनिन सक्छ त्यसैले हानीनोक्सानी भोगेका मुलुकसँग सहकार्य गरेर पेचिलो मुद्धा उठान गर्नुपर्छ । सम्मेलनमा भागलिन जाने प्रतिनिधि मण्डलले यस विषयमा गम्भीर चासो र चिन्ता लिनु अपरिहार्य छ । नेपालले आफूले गरेको पहल र यसका समस्याका बारेमा यथार्थ जानकारी दिनुपर्छ । जलवायु परिवर्तनको सन्दर्भमा नेपालको धारणा पनि परिवर्तन हुनुपर्छ ।

जलवायु परिवर्तनको मुद्धा संसारव्यापी बनेको छ । अति विकसित देशलाई समेत टाउको दुखाइ बनेको छ । इजिप्टको पर्यटकीय सहर सर्मएल सेखमा संयुक्त राष्ट्र सङ्घीय जयवायु सम्मेलन कोप–२९ यहि कार्तिक २० गतेदेखि आयोजना हुँदै छ । विश्वका १ सय ९७ देशले यो सम्मेलनमा भाग लिने छन् जो पेरिस संझौताका हिमायती हुन् । नेपालले पनि आफ्नो उपस्थिति र मुद्धा राख्न तातिरहेको छ । आम चुनावका कारण प्रधानमन्त्री शेरबहादुर देउवा जान असमर्थ भए पछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएकी छन् । कोप–२७ को औपचारिक एजेन्डा नै हानीनोक्सानी न्युनीकरणका लागि अल्पविकसित देशले आवाज उठाएका छन् । नेपालले पर्वतीय र हिमाली क्षेत्रको मुद्धालाई विश्वभर मुखरित गर्नु अवाश्यक छ । पानीको स्रोत मानिने हिमाल बारेमा स्पष्ट र ठोस धारणा नेपालले समेट्नु पर्छ । यसका लागि नेपालको कुरा मात्रै नसुनिन सक्छ त्यसैले हानीनोक्सानी भोगेका मुलुकसँग सहकार्य गरेर पेचिलो मुद्धा उठान गर्नुपर्छ । सम्मेलनमा भागलिन जाने प्रतिनिधि मण्डलले यस विषयमा गम्भीर चासो र चिन्ता लिनु अपरिहार्य छ । नेपालले आफूले गरेको पहल र यसका समस्याका बारेमा यथार्थ जानकारी दिनुपर्छ । जलवायु परिवर्तनको सन्दर्भमा नेपालको धारणा पनि परिवर्तन हुनुपर्छ ।

कमेन्ट्स
Loading...