सुचना, समाचार र मनोरन्जन
Election Commission V2

सुन र पितलको पहिचान गर्ने याम

सम्पादकीय /

साता दिन बाँकी छ आउँदो मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि । ४ वटा मतपत्रमा स्वस्तिक छाप हानेर जनप्रतिनिधि चुन्न मतदाता शिक्षाका लागि घरदैलो पुगिरहेका छ स्वयम्सेविकाहरू । जाडोसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । मतदाता खासै उत्साहित देखिदैनन् । उही बासी नारा सुनिरहेका छन्। पुरानो वाचा नै पूरा भएको छैन् भने नयाँ वाचाको के औचित्य ? नक्कली कुरा धेरै हुँदा सक्कली वाचामा पनि ठेस र ठक्कर लागेको छ । ५ वर्षसम्म जनताका सुखदुख र सास्तीमा साथ नदिएकाहरू फेरि एकपटक घरआँगन पुग्दा प्रश्न गर्नु पनि स्वाभाविकै हो । वृद्धहरू घाम तापिरहेका छन् । राजनीतिक दलका उमेद्वार घरदैलोमा व्यस्त छन् । दिलो ज्यान दिएर लागेका छन् । घरदैलोमा स्थानीयको सहभागिता न्युन हुँदा दलका कार्यकर्ताको नै वाहुल्यता देखिन्छ।

कृषि प्रधान देश नेपालका अधिकांश किसान धान थन्क्याउने चटारोमा छन् । भाषण र आवस्वासनको लठारोमा पर्न चाहदैनन् । धान काटिरहेका छन् किसानहरू, उमेद्वार महङ्गो छालाका जुत्ता र कोट लाएर साहुती गर्न र साइनो लाउन पुगेका छन् खेतका गरागरामा । यो मतदाताको मन रिझाउने याम हो उमेद्वारहरू बुझेका छन्। कसैले त धानै काटेर गुन लाएको छनक दिन बाँकी राखेका छैनन् ।

कृषि प्रधान देश नेपालका अधिकांश किसान धान थन्क्याउने चटारोमा छन् । भाषण र आवस्वासनको लठारोमा पर्न चाहदैनन् । धान काटिरहेका छन् किसानहरू, उमेद्वार महङ्गो छालाका जुत्ता र कोट लाएर साहुती गर्न र साइनो लाउन पुगेका छन् खेतका गरागरामा । यो मतदाताको मन रिझाउने याम हो उमेद्वारहरू बुझेका छन् । कसैले त धानै काटेर गुन लाएको छनक दिन बाँकी राखेका छैनन् । सामाजिक सञ्जालमा यस्तै नौटङ्की र नाटकका तस्विरहरू राखेर घरदैलोमा पुगेको जानकारी दिइरहेका छन् । मतका लागि विन्तिभाउ बिसाउन उनीहरूले लागि परेका छन् । के कसरी रिझाउन सकिन्छ उपाय खोजीरहेका छन् । असारे रोपाईंमा वास्ता नगरेकाहरू, मल बिऊ चाहिने बेलामा चुईंक्क नबोलेकाहरू सास्तीमा साथ नदिनेहरू सुन जस्तो धान थन्याउन व्यस्त किसानलाई अल्झाइरहेका छन् । पितलको हवला दिएर ।

व्यस्ततामा भाषण सुन्नु समयको वर्वादी गर्नु हो भन्ने बुझेका किसानले आफ्नै बलबुतामा रासनको जोहो गरेका छन् । आस्वासनले पेट भरिदैन भन्ने सत्य भाषण गर्नेले भन्दा किसानले बुझेका छन् । नेताका गहकिला भाषणप्रति वास्तवमा किसानलाई चासो नै छ्रैन् । नकल्ली सहयोग र दुई नम्बरी भरपाईले मात्रै चुनाव जितिन्छ भन्ने भ्रमको बर्को यस्तै किसानले च्यात्ने छन् । किसानहरूले भनसुनमा विश्वास गर्नेवाला छैनन् । बाली लाउने बेलामा केवल एकझर मनसुन भए पुग्छ ।

व्यस्ततामा भाषण सुन्नु समयको वर्वादी गर्नु हो भन्ने बुझेका किसानले आफ्नै बलबुतामा रासनको जोहो गरेका छन्। आस्वासनले पेट भरिदैन भन्ने सत्य भाषण गर्नेले भन्दा किसानले बुझेका छन् । नेताका गहकिला भाषणप्रति वास्तवमा किसानलाई चासो नै छ्रैन् । नकल्ली सहयोग र दुई नम्बरी भरपाईले मात्रै चुनाव जितिन्छ भन्ने भ्रमको बर्को यस्तै किसानले च्यात्ने छन् । किसानहरूले भनसुनमा विश्वास गर्नेवाला छैनन् । बाली लाउने बेलामा केवल एकझर मनसुन भए पुग्छ । अलिकति मल, बिऊ र उत्पादन गरेको फसललाई बजार भए पुग्छ । वासनारहित कागजी फूललाई कहिले पो किसानले मन पराएका छन् र ?

कुराले मात्रै कल्चौडाको दूध कचौरामा आउँदैन । अधिक उत्पादनको बन्दोबस्तका लागि बजार खोजिदिने, व्यवस्थापन गरिदिने र नीतिगत संरक्षण गर्ने साँचो कसम खानै पर्छ । आउने खेतीको याममा किसानले फेरि रुन नपर्ने कार्ययोजना आउनै पर्छ । उमेद्वारले हलो जोत्ने किसानको भलो गर्नुपर्छ ।

देशवासीको जीवन र जीविका सरकारको प्राथमिकतामा छ भन्ने कुरा सरकारको व्यवहारले देखाउँदैन । उडन्ते गफ लगाउने बानी परेको सरकार आशा देखाउँछ तर बचन पूरा गर्दैन । गर्न नसक्ने काम ग्यारेन्टी गर्छु भन्नु अपराध नै हो । सरकारले झूठो कसम खाएर किसानलाई धोखा दिएको छ । कुनै पनि राष्ट्रको आर्थिक समृद्धि एवम् विकासको प्रक्रियामा कृषिक्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । राज्यको व्यवहारले यो भूमिकालाई तुच्छ मान्छ । राज्यको आधारभूत खाद्यान्न आपूर्तिको पहिलो र आधारभूत स्रोत राष्ट्रिय कृषि हो । मलको अभावलाई निराकरण गर्ने उपायको खोजी नगर्दा अभिभावकको भूमिका खेल्ने सरकार सधै किसानको नजरबाट गिरेको छ । कुराले मात्रै कल्चौडाको दूध कचौरामा आउँदैन । अधिक उत्पादनको बन्दोबस्तका लागि बजार खोजिदिने, व्यवस्थापन गरिदिने र नीतिगत संरक्षण गर्ने साँचो कसम खानै पर्छ । आउने खेतीको याममा किसानले फेरि रुन नपर्ने कार्ययोजना आउनै पर्छ । उमेद्वारले हलो जोत्ने किसानको भलो गर्नुपर्छ।

खासमा चुनाव चुन्ने र चिन्ने अवसर हो । हाम्रालाई भन्दा राम्रालाई मत दिँदा विकासको रेखा कोरिन्छ भने मान्यतामा राख्नुपर्छ । तपाईंको एक मतले केही फरक पार्दैन भन्नेहरूका कुरा एक कानले सुनौं, अर्को कानले उडाइदिउँ । हार्नेलाई मत दिएर आफ्नो अमूल्य मत खेर नफाल्नु भन्नेहरूसँग एक कोश टाढै बसौं । हरेक चुनावमा अनेकन वाचा गर्ने तर कहिल्यै आफ्नो वाचा पूरा गर्ने कोसिससमेत नगर्ने धोखेवाजहरूलाई आफ्नो घरमा चिया चमेनासहित स्वागत होइन गुनासोसहित प्रवेश निषेध गरौं । ती भाइरसहरूको बिगबिगी छ, जोगिएरै बसौं ।

विधि निर्माता र व्यवस्थापन गर्ने भएकाले नै सांसद्लाई विधायक भनिएको हो । काननु, नीति, ऐन र नियम बनाउन विधायक हुने उमेद्वारको ध्यान गएको छैन् केवल विकासे विचौलियाका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । स्थानीय तहको वडा अध्यक्षले गर्ने काम आफै गर्छु भन्नु सरासर झुट हो, मतदातालाई भ्रमजालमा पार्नु हो । आधारभूत विकासको काम त वडा अध्यक्षको पहलमा भइरहेको छ ।

विधि निर्माता र व्यवस्थापन गर्ने भएकाले नै सांसद्लाई विधायक भनिएको हो । काननु, नीति, ऐन र नियम बनाउन विधायक हुने उमेद्वारको ध्यान गएको छैन् केवल विकासे विचौलियाका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । स्थानीय तहको वडा अध्यक्षले गर्ने काम आफै गर्छु भन्नु सरासर झुट हो, मतदातालाई भ्रमजालमा पार्नु हो । आधारभूत विकासको काम त वडा अध्यक्षको पहलमा भइरहेको छ । देश विकास गर्छु भनेर आस्वासन दिनु सांसद्को झुटो बोली हो । सासद् विकास कोष कार्यकर्तालाई पैसा बाँड्ने भकारी मात्रै भएको छ ।

उमेद्वारमा नागरिकका नैसर्गिक अधिकारको वकालत गर्दै जनताको सजह र सरल जीवनयापनका लागि नीति र कानुन बनाउँछु भन्ने वाचा गर्नुपर्छ । पटकपटक सांसद र मन्त्री भएकाहरू एवम् विगतका हरुवाहरू फेरि पनि एउटा अवसर दिनु प¥यो भन्दै हात जोड्दै घरआँगन, खेत खलियान टेक्न पुगेका छन् ।

उमेद्वारमा नागरिकका नैसर्गिक अधिकारको वकालत गर्दै जनताको सजह र सरल जीवनयापनका लागि नीति र कानुन बनाउँछु भन्ने वाचा गर्नुपर्छ । पटकपटक सांसद र मन्त्री भएकाहरू एवम् विगतका हरुवाहरू फेरि पनि एउटा अवसर दिनु प¥यो भन्दै हात जोड्दै घरआँगन, खेत खलियान टेक्न पुगेका छन् । पञ्चायत पतन भएको पनि ३३ वसन्त पार गरिसकेको छ तर मत माग्ने परिपाटी उही पञ्चायती धङधङीमा सीमित छ । केवल विकास गर्छु । चुनाव जितेपछि आफ्नै विकास गर्नेलाई फेरि किन चुन्नु र मत दिनु ? एक सचेत मतले जरुर प्रभाव पार्छ ।

कमेन्ट्स
Loading...