सम्पादकीय /
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि मत परिणाम आइरहेको छ । २०४८ सालको आमनिर्वाचनपछि सर्वाधिक कम प्रतिशतमा मतदान हुँदा नागरिककमा निराशा देखिएको विश्लेषण आयो । यद्यपि मदगणनाको नतिजाले जनता जागेको आभास दियो र परिवर्तनको चाहना प्रतिविम्बन भयो । नतिजाले ठूला राजनीतिक दल र हेभीवेट नेतालाई गहन भएर सोच्न वाध्य बनायो । मतदाताहरू दलका दास होइनन् भन्ने सन्देश प्रवाह पनि भएको छ । नागरिकले व्यवस्थामा सुधार जनजीविकाको अवस्थामा परिवर्तन पनि चाहेको स्पष्ट भएको छ । चुनावी गणितले नीति निर्माणमा फरक अनुहारको चाहेका रहेछन् भन्ने सन्देश दिएका छन् । जग र जरा बलियो भएको दम्भ र अहंकार पाल्ने राजनीतिक दलले आफ्ना धारणमा सुधार गुर्नपर्ने ठोकुवा गरिदिएको छ ।
विगत ३३ वर्षदेखि आलोपालो सत्तामा जाने र झर्ने दलहरूबाट नागरिक आजित भएको सङ्केत देखियो । सधैं नागरिकलाई एउटै नारा घाकाउने पारा यसपटक सफल भएन् । सिद्धान्त र विचार बमोजिक जनजीविकाको सवालमा व्यवहारिक नबन्दा र जनतासँग सामिप्यमा नरहँदा ठूला दलहरूले चुनौती सामाना गर्नु परेको हो । जनता जागेपछि आफ्नो विवेक सही तरिकाले प्रयोग गर्दा नयाँ राजनीतिक शक्तिको उदय भएको हो ।
नेपाली काँग्रेसलाई लोकतान्त्रिक वाम गठबन्धन फापेको पनि समानुपातिक तर्फको मतमा नोक्सान भएको छ । अघिल्लो पटक नेकपाको गठबन्धन झण्डै दुई तिहाईबाट अनुमोदित भए पनि यसपटक फुट्नुको पीडा भोगेको छ । एमाले र माओवादीको जितमा ब्रेक लागेको छ । मधेशका लोकप्रिय भनिएका जसपा र लोसपा आफ्नै कारणले खुम्चिएर साइजमा आएका छन् । जम्मा पाँच महिना अगाडि मात्रै दल दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाताको मनमा घण्टी बजाइदियो । देशका विभिन्न भूगोलमा क्षेत्रीय दलका रूपमा उदाएका पार्टीले छोटो समयमा आफ्नो भूमिका प्रभावकारी रहेको यथार्थलाई प्रामाणित गरिदिएका छन् । विगत ३३ वर्षदेखि आलोपालो सत्तामा जाने र झर्ने दलहरूबाट नागरिक आजित भएको सङ्केत देखियो । सधैं नागरिकलाई एउटै नारा घाकाउने पारा यसपटक सफल भएन् । सिद्धान्त र विचार बमोजिक जनजीविकाको सवालमा व्यवहारिक नबन्दा र जनतासँग सामिप्यमा नरहँदा ठूला दलहरूले चुनौती सामाना गर्नु परेको हो । जनता जागेपछि आफ्नो विवेक सही तरिकाले प्रयोग गर्दा नयाँ राजनीतिक शक्तिको उदय भएको हो ।
भोटका लागि नोट बाड्नु, मतदातालाई मासुभात र मादक पदार्थमा फसाउने विहारी शैलीको चुनाव पनि कामयावी हुँदैन भन्ने सन्देश दिएको छ । मै हुँ भन्ने अहम् र पार्टीको हेभिवेट भन्ने धङ्धङीबाट पनि मुक्त हुनुपर्ने सत्य सावित भएको छ । मतदाताले दिएको चुनावी पुरस्कार, दण्ड र सन्देशलाई आत्मबोध गरेर पाँच वर्षसम्मका लागि जनतासँगै जोडिएर हातेमालो गर्छु भन्ने वाचा खानै पर्छ । पटकपटक नागरिकसँग गरेको वाचा र कसमलाई धोखा दिनु फेरि वर्वादीको बाटो हिड्नु हो । लडेपछि उठ्ने प्रयत्न गर्नु नै बुद्धिमानी हुन्छ ।
पैसा र पहँचका भरमा चुनावी मैदानमा उत्रिएका उमेद्वारलाई पनि जनताले नायक बनाउन लायक ठानेनन् । बन्दखामभित्र रहेका समानुपातिक सूचीका नाम सुनेपछि जनता दङदास परे ।
चुनाव अगाडि नै गठबन्धन गर्ने कामलाई जनताले खासै रूचाएनन् । स्पष्ट बहुमत नआएको खण्डमा मिश्रित परिणामका आधारमा सत्ता साँझेदारीका लागि गठबन्धन गर्नु अनुचित होइन तर यहाँ त नजिता नै फरक पार्ने ढङ्ले गठबन्धन गर्नु र अझ् त्यसलाई दशकौं लम्ब्याउने सन्देश दिँदा जनता वाक्क भएको चाल दलले भेउ पाउन सकेनन् । पैसा र पहँचका भरमा चुनावी मैदानमा उत्रिएका उमेद्वारलाई पनि जनताले नायक बनाउन लायक ठानेनन् । बन्दखामभित्र रहेका समानुपातिक सूचीका नाम सुनेपछि जनता दङदास परे । संसदमा विधायिका भएर पुग्ने नयाँ नायकहरू सत्ताको भत्तामा रमाएर बिक्ने भन्दा पनि टिक्ने खालका होउन भन्ने आम मतदाताको अभिलाषा छ । अन्यथा जागेका जनताले सवक सिकाउने छन् ।
जनजीविकाका सवालमा आवाज नउठाउँदा नागरिकसँगको नाता तोडिएको छ । चुनावी समयमा गरिएका वाचा पूरा नहुँदा ढाँटको निम्तो खाएपछि मात्रै पत्याउनु भन्ने उखान प्रमाणित भएको छ । आफू र आफ्नैको हितमा मात्र दत्तचित्त हुँदा जनताले फरक बाटो खोज्नु कुनै अपराध होइन । मतदाताको मनोविज्ञानलाई मनकै तहबाट सम्बोधन नगर्दाको परिणाम हो। जागेका जनतालाई भोट अन्त हाले भनेर दलले गाली गर्नुको औचित्य छैन् ।
ठूला दलहरूले गम्भीर रूपमा आत्मसमीक्षा र मूल्याङ्कन गर्न अति आवश्यक छ । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने कार्यमा चुक्दा भ्रष्टाचार मौलाएको छ । सुशासन कस्तो हुन्छ भन्ने कुनै खाका नकोर्दा नागरिकले सास्ती भोगिरहनु परेको छ । जनजीविकाका सवालमा आवाज नउठाउँदा नागरिकसँगको नाता तोडिएको छ । चुनावी समयमा गरिएका वाचा पूरा नहुँदा ढाँटको निम्तो खाएपछि मात्रै पत्याउनु भन्ने उखान प्रमाणित भएको छ । आफू र आफ्नैको हितमा मात्र दत्तचित्त हुँदा जनताले फरक बाटो खोज्नु कुनै अपराध होइन । मतदाताको मनोविज्ञानलाई मनकै तहबाट सम्बोधन नगर्दाको परिणाम हो। जागेका जनतालाई भोट अन्त हाले भनेर दलले गाली गर्नुको औचित्य छैन् । नागरिक आजित भए पछि विकल्प खोज्छन् भन्ने सन्देश दिएका हुन् । यो सन्देशलाई दलले पुँजीको रूपमा लिन आवश्यक छ ।
इतिहासको व्याज खाएर मात्रै अब शाख र सान जोगिदैन भन्ने तथ्यलाई गम्भीर रूपमा मनन गर्नुपर्छ । आचारण र व्यवहारमा सुधार आयो भने फेरि अर्को खेप जनताले पत्याउन पनि सक्छन् । त्यसका लागि राजनीतिक दल र नेताले अग्निपरीक्षा दिनै पर्छ । सदाचार पद्धतिको मार्गमा हिड्नै पर्छ । पसिना झार्ने भुईमान्छेसँग पुग्दा आयतित अत्तर लाउनु, तडकभडकपूर्ण रवाफिलो जीवन शैली बाँच्नु, नागरिकले नबुझ्ने भाषामा ठूलाठूला भाषण र आवश्वासन बाड्नु, जनताका गोता र सास्तीसँग साहुती गर्न नसक्नु लगायतका साँस्कृतिक विचलनले दल र नेताहरू पाखा लाग्दै जान सक्छन् ।
मतदाताको कसीमा अब्बल सावित हुन जेलनेल, आन्दोलन र क्रान्तिको योग्यता मात्रै सबै कुरा होइन रहेछ भन्ने कुरा अब नबुझी सुख्खै छैन् । इतिहासको व्याज खाएर मात्रै अब शाख र सान जोगिदैन भन्ने तथ्यलाई गम्भीर रूपमा मनन गर्नुपर्छ । आचारण र व्यवहारमा सुधार आयो भने फेरि अर्को खेप जनताले पत्याउन पनि सक्छन् । त्यसका लागि राजनीतिक दल र नेताले अग्निपरीक्षा दिनै पर्छ । सदाचार पद्धतिको मार्गमा हिड्नै पर्छ । पसिना झार्ने भुईमान्छेसँग पुग्दा आयतित अत्तर लाउनु, तडकभडकपूर्ण रवाफिलो जीवन शैली बाँच्नु, नागरिकले नबुझ्ने भाषामा ठूलाठूला भाषण र आवश्वासन बाड्नु, जनताका गोता र सास्तीसँग साहुती गर्न नसक्नु लगायतका साँस्कृतिक विचलनले दल र नेताहरू पाखा लाग्दै जान सक्छन् । सयममै होसियार हुनुको अर्को बाटो छैन् । सच्चिनका लागि यो मतपरिणाम नै काफी छ । अन्यथा फेरि पनि जनताले पुस्तागत हस्तान्रणको बाटो हेर्नेछन् । जागेका जनताको शक्तिलाई हावादारी कुराले रोक्न छेक्न सक्दैन् । दुनियाँमा कुराले चिउरा निलेको नजिर छैन् । समयमै चेतना भया ।