सुचना, समाचार र मनोरन्जन

जस्केलोबाट राष्ट्रपति नल्याऊ

सम्पादकीय /

यो वर्ष मुलुक निर्वाचनमय भयो । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । नागरिकले जनादेश दिएका छन्, मिलिजुली सरकारको । स्वार्थ द्वन्द्वको सिद्धान्तमुताविक पनि मिलेर बस, बाढेर खाऊ भन्ने सन्देश छ, तर भागवण्डाको किचलो रहिरने सम्भावना छ । यसैका लागि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । सांसदको अङ्गणित र राजनीतिको ज्यामिति चलिरहेको छ । जस्केलोबाट राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति ल्याउने चर्चाले मिनपचासलाई तताइरहेको छ । यो खेल लोकतान्त्रिक शासन व्यवस्थामा शक्ति पृथकीकरणको मान्यता विपरित हो । रामशाहपथबाट सिंहदरबारको यात्रा तय गरेका पूर्वप्रधानन्यायाधीश एवम् तत्तकालीन मन्त्रीपरिषद्को अध्यक्ष भएका खिलराज रेग्मी त्यतिबेला आलोचित भए भने यतिबेला हटकेक बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले रेग्मीसँग बालुवाटारमा डेढघण्टा भेटघाट गरेपछि वहसको बतास चलेको हो । यस्तो प्रस्ताव अस्वीकार्य भएको टिकाटिप्पणी राजनीतिक बजारमा छाइरहेको छ ।

खिलराज रेग्मीले शिलत निवासको न्यानो चाहँदा भोलिका दिनमा प्रधानन्यायाधीशहरूलाई लोभ्याउने छ । जसले गतल नजिर स्थापित गर्छ । रेग्मी वा सो सरहका व्यक्तित्वलाई राष्ट्रपतिको भूमिकामा प्रस्तुत गर्नु विवेकी निर्णय होइन् ।

मुलकले सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेको छ । राष्ट्रपति पद र संस्था गणतन्त्रको आधार स्तम्भ हो । यस्तो गरिमामय व्यक्ति चयन गर्ने कार्यमा राजनीतिक दलका वरिष्ठ नेताहरूले सुझबुझ अप्नाउन अपरिहार्य छ । खिलराज रेग्मीले शिलत निवासको न्यानो चाहँदा भोलिका दिनमा प्रधानन्यायाधीशहरूलाई लोभ्याउने छ । जसले गतल नजिर स्थापित गर्छ । रेग्मी वा सो सरहका व्यक्तित्वलाई राष्ट्रपतिको भूमिकामा प्रस्तुत गर्नु विवेकी निर्णय होइन् । राष्ट्रपति पद आफैमा संविधानको पालक र संरक्षक हो । प्रक्रिया र पद्धति सम्मत जाँदा पहिला सरकार निर्माणको चिन्तन गर्नुपर्छ । प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति कसरी र कस्तो विधिबाट चयन गर्ने मनन गर्नु पर्छ ।

राजनीतिक दलमा क्रियाशील भएका व्यक्ति राष्ट्रपति बन्दा दलीय प्रभाव र झुकाव हुने खतरा आफ्नो ठाउँमा छ । राष्ट्रनायक चुन्ने बेलामा निमित्त नायक जस्केलोबाट ल्याउँदा तीनकोटी नेपालीको स्वाभिमानमा चोट लाग्न सक्छ । संवैधानिक निकायको नियुक्त गर्दा विवेक पुगेन भने भोलिका दिनमा मुलकलाई नै नोक्सान हुन्छ । राजनीतिक दलहरू जिम्मेवार र जवाफदेही भएनन् भने दलीय संस्कारको अन्त्य हुन्छ ।

खिलराज रेग्मी संविधानको मर्मअनुसार राष्ट्रपति बन्न मिल्दैन । नेपालको संविधानले कल्पना नै नगरेको विषयमा चासो र चिन्ता लिनु दलका शीर्ष नेताको सङ्कीर्णता हो । संविधानको धारा १३२ को २ मा ‘प्रधान न्यायाशीध वा सवोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकामा वाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुनेछैन’ भनिएको छ । यद्यपि राष्ट्रिय जीवनमा विशिष्ट योगदान दिएर आफ्नो प्रभाव र पहिचान बनाएका ‘टावर पसर्नालिटी’ लाई राष्ट्रपतिमा निर्वाचित गर्न बाधाअवरोध छैन् । राजनीतिक दलमा क्रियाशील भएका व्यक्ति राष्ट्रपति बन्दा दलीय प्रभाव र झुकाव हुने खतरा आफ्नो ठाउँमा छ । राष्ट्रनायक चुन्ने बेलामा निमित्त नायक जस्केलोबाट ल्याउँदा तीनकोटी नेपालीको स्वाभिमानमा चोट लाग्न सक्छ । संवैधानिक निकायको नियुक्त गर्दा विवेक पुगेन भने भोलिका दिनमा मुलकलाई नै नोक्सान हुन्छ । राजनीतिक दलहरू जिम्मेवार र जवाफदेही भएनन् भने दलीय संस्कारको अन्त्य हुन्छ ।

नेपथ्यमा बसेर आन्तरिक चलखेल र वाह्यशक्तिको इसारामा निर्णय लिनु नागरिक र मुलुकका लागि घातक सिद्ध हुन सक्छ । ऐन वखतमा चेतनशील शीर्ष नेताले चिन्तन गर्नु पर्छ ।

राजनीतिक दलहरूले समयमै होसियारी अप्नाइ गैरराजनीतिक व्यक्तिलाई राष्ट्रप्रमुखको पगरी गुथाउने कार्यको व्यापक भण्डारफोर गर्न आवश्यक छ । आलङ्कारिक पदका लागि यति ठूलो रडाको मच्चाउनु शीर्ष नेताका लागि शोभनीय कुरा पनि होइन । ऐन मौकामा आवाज नउठाउने हो भने भोलिका दिनमा पश्चतापको आगोमा सेकिनु पर्नेछ । नेपथ्यमा बसेर आन्तरिक चलखेल र वाह्यशक्तिको इसारामा निर्णय लिनु नागरिक र मुलुकका लागि घातक सिद्ध हुन सक्छ । ऐन वखतमा चेतनशील शीर्ष नेताले चिन्तन गर्नु पर्छ । मूलढोकाबाटै आउने राष्ट्रपतिको स्वागत गरौं, जस्केलोबाट आउनेलाई बहिष्कार गरौं । राष्ट्रपति सत्ताको कारिन्दा होइन न कि दलको दास । संविधानको पालक राष्ट्रपति खोजौं र रोजौं ।

कमेन्ट्स
Loading...