सुचना, समाचार र मनोरन्जन
Tiger Cup

पेलेलाई: संझिरहने छ युगले

सम्पादकीय /

सन् १९५८ देखि १९७० का चारवटा विश्वकपमा भाग लिएका पेलेले आफ्नो खेलजीवनमा उत्कृष्ट गोल गर्दै दर्शकको मन जितेका छन् । २१ वर्षको खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेल्दा १ हजार २ सय ८१ गोल गरेर कीर्तिमान कायम गरेका छन् । फिफा विश्वकप १९५८ १९६२ र १९७० तीन पटक जित्ने पेले एक मात्र खेलाडी हुन् । उनी विश्वकपका दुईपटक सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

आज पनि ब्राजिल र फुटबल एकअर्काका पर्यायवाची मानिन्छन् । ब्राजिलियनहरूको नसामा रगतको कणसँगै फुटबल बग्छ भन्ने मान्यता स्थापित गरिदिए पेलेले । फुटबल मैदानमा एउटा भकुण्डो मार्फत् जादु देखाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरिदिए । यिनै विश्वका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा शुक्रबार ब्राजिलमा निधन भयो । क्यान्सर, मृगौला र प्रास्टेटको समस्याबाट पीडित पेलेको उपचारका क्रममा अल्बर्ट आइन्सटाइन अस्पतालमा अस्ताए । सन् १९७० को दशकमै पेलेले एउटा मृगौला गुमाएका थिए । सन् १९५८ देखि १९७० का चारवटा विश्वकपमा भाग लिएका पेलेले आफ्नो खेलजीवनमा उत्कृष्ट गोल गर्दै दर्शकको मन जितेका छन् । २१ वर्षको खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेल्दा १ हजार २ सय ८१ गोल गरेर कीर्तिमान कायम गरेका छन् । फिफा विश्वकप १९५८ १९६२ र १९७० तीन पटक जित्ने पेले एक मात्र खेलाडी हुन् । उनी विश्वकपका दुईपटक सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

पेलेको वास्तविक नाम ‘एडिसन एरेन्टस डो नासिमेन्टो’ हो यद्यपि उनी ‘कालो मोती’का रूपमा चिनिने विश्वविख्यात फुटबल खेलाडी हुन् । फुटबलका ‘किङ’ भनेर चिनिने पेलेका विभिन्न उपनामहरू छन् । विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पनि हुन् । फिफाले पेलेलाई सन् २००० मा शताब्दीकै उत्कृष्ट फुटबल खेलाडी घोषित गरेर सम्मान गरेको थियो । ब्राजिलियनहरू पेलेलाई फुटबलका राजा भन्छन् । हो उनी श्रीपेच विनाका महान् सम्राट हुन् । फुटबलका उनी सर्वस्वीकार्य आदर्श हुन् । समग्रमा उनी फुटबलका जादुगर नै हुन् । प्रेरणा र प्रेमका प्रतिमूर्ति साथै ब्राजिलको विजयमा लागि आधार स्तम्भ मान्छन् ।

पेलेको वास्तविक नाम ‘एडिसन एरेन्टस डो नासिमेन्टो’ हो यद्यपि उनी ‘कालो मोती’का रूपमा चिनिने विश्वविख्यात फुटबल खेलाडी हुन् । फुटबलका ‘किङ’ भनेर चिनिने पेलेका विभिन्न उपनामहरू छन् । विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पनि हुन् । फिफाले पेलेलाई सन् २००० मा शताब्दीकै उत्कृष्ट फुटबल खेलाडी घोषित गरेर सम्मान गरेको थियो । ब्राजिलियनहरू पेलेलाई फुटबलका राजा भन्छन् । हो उनी श्रीपेच विनाका महान् सम्राट हुन् । फुटबलका उनी सर्वस्वीकार्य आदर्श हुन् । समग्रमा उनी फुटबलका जादुगर नै हुन् । प्रेरणा र प्रेमका प्रतिमूर्ति साथै ब्राजिलको विजयमा लागि आधार स्तम्भ मान्छन् । १७ वर्ष कै उमेरमा पेले ग्लोबल स्टार बनिसकेका थिए । १५ वर्षकै कलिलो उमेरमा उनी ब्राजिलको लोकप्रिय फुटबल क्लव सान्टोसमा अनुबन्धित भएर निरन्तर फुटबलमा आफ्नो लगाव राखे । उनले फुटबललाई केबल भकुण्डो भन्दा माथि मात्रै उठाएनन् ब्राजिललाई जलस्रोतको धनी देशबाट फुटबलको देश हो भनेर समेत चिनाए ।

सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, गोल गर्ने, ह्याट्रिक गर्ने, फाइनलमा गोल गर्ने आदि रेकर्ड पेलेकै नाममा छ । फुटबलबाट सन्यास लिएपछि सन् १९९५ मा पेले ३ वर्ष ब्राजिलका खेलकुद मन्त्री समेत बनेका थिए । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर , १९४० मा जन्मिएका पेले सामान्य परिवारका थिए । कपडाको बल बनाएर वाल्यकालमै फुटबल खेल्नु सुरु गरेका उनले सडकबाटै फुटबलको कला सिकेको मानिन्छ ।

सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल प्रतियोगितमा ब्राजिलले ६ वटा संस्करणमा सहभागिता जनाए पनि सफलता पाएको थिएन् । सन् १९५८ को स्वीडेनमा आयोजित विश्वकपमा पेलेले नै ब्राजिललाई उपाधि दिलाएका थिए । सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, गोल गर्ने, ह्याट्रिक गर्ने, फाइनलमा गोल गर्ने आदि रेकर्ड पेलेकै नाममा छ । फुटबलबाट सन्यास लिएपछि सन् १९९५ मा पेले ३ वर्ष ब्राजिलका खेलकुद मन्त्री समेत बनेका थिए । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर , १९४० मा जन्मिएका पेले सामान्य परिवारका थिए । कपडाको बल बनाएर वाल्यकालमै फुटबल खेल्नु सुरु गरेका उनले सडकबाटै फुटबलको कला सिकेको मानिन्छ । उनको पार्थिब शरीरलाई उनकै क्लवको मैदान इस्टाडियो अर्बानो काल्डेइरामा राखिने छ जहाँ फुटबलप्रेमी र सर्वसाधारणले उनलाई अन्तिम श्रद्धाञ्जली दिनेछन् । पेले नेपाली फुटबल प्रेमीका बिच पनि लोकप्रिय नाम हो, हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।

कमेन्ट्स
Loading...